$type=ticker$count=12$cols=4$cate=0

हिरण्यक ताम्रचूड

SHARE:

उमाशड्ढर द्विवेदी  
चित्रग्रीव परेवाको बन्धन हिरण्यक मुसाको जहान परिवारका सदस्यहरूले सजिलैसित काटी मुक्त गरिदिएको घटना हेरेर लघुपत्तनक काग छक्क पर्‍यो । उसले मनमनै विचार गर्‍यो–हिरण्यक मुसो आपत आइपरेको बेला धेरै उपयोगी छ । अत: जसरी भए पनि यस मुसासँग मैत्री गर्नु आवश्यक छ । यो कुरा विचार गरेर लघुपत्तनक काग चित्रग्रीवझैं मुसाको दुलोको ढोकामा गएर कराउन थाल्यो–हे मित्र हिरण्यक मुसो, तपाईं छिटो दुलोबाट बाहिर निस्कनुस्, तपाईंसित काम छ । कागको आवाज सुनेर हिरण्यकले दुलो भित्रबाट सोध्यो–होइन, तपाईं को हो महाशय ? मैले तपाईंलाई चिनेको छैन । कागले आफ्नो परिचय दिंदै भन्यो–म तपाईं र तपाईंको परिवारद्वारा चित्रग्रीव परेवाको बन्धन काटेर स्वतन्त्र पारेको कुराले प्रभावित भई तपाईंसित मित्रता गर्न तपाईंलाई बोलाएको हुँ । कृपया बाहिर आउनुस् १ कागको कुरा सुनेर हिरण्यक मुसाले भन्यो–महाशय, तपाईं काग जातिका लागि हामी भक्ष्य प्राणी हौं । अत: म कसरी तपाईंसित मित्रता गर्न सक्दछु । तपाईंसँग मित्रता असम्भव छ । तपाईं जानूस् । काग र मुसाबीच ठूलो तर्क वितर्क चल्यो । अन्त्यमा मुसा दुलोसम्म आउने र काग दुलोभित्र प्रवेश नगर्ने शर्तमा मित्रता स्वीकार भयो । मित्रता भए पछि काग र मुसा दिनहुँ एक साथ बसेर विभिन्न रमाइला गफ गरेर सुखपूर्वक समय बिताउन थाले । कागले पाकेका फलफूल तथा पक्वान्न ल्याएर मुसोलाई दिन्थ्यो तथा मुसो पनि विभिन्न अन्नका दानाहरू ल्याएर कागलाइ दिन्थ्यो किनकि शास्त्रमा भनिएको छ–तावत्प्रीतिर्भवेल्लोके यावद् दानं प्रदीयते । वत्स: क्षीरक्षयं दृष्टवा परित्यजति मातरम् ।। अर्थात् यस संसारमा कसैलाई केही दियो भने मात्र उसले प्रेम गर्छ । गाईको दूध सुकेपछि बाच्छाले पनि आमाको साथ छाडिदिन्छ । यस प्रकार ती दुईबीच मित्रता प्रगाढ हुन पुग्यो ।
    एक दिन काग अश्रुपूर्ण आँखा पारेर हिरण्यकछेउ आएर उदास मुद्रामा उभियो । कागको यो अवस्था देखेर दु:खित हुदै हिरण्यकले सोध्यो–मित्र आज किन यति दु:खी तथा निराश देखिनुहुन्छ ? मलाई भन्नुस्, म केही गर्न सक्छु कि ? कागले भन्यो–मित्र, लामो समयको खडेरी पछि यस क्षेत्रमा भीषण अनिकाल परेको हुँदा मान्छेलाई नै खाने अन्न छैन, चराहरूलाई कसैले पनि चारो दिइरहेको छैन । अन्नको अभावले चरा समात्न मान्छेले ठाउँ–ठाउँमा पासो थापेका छन् । आज म धेरै कठिन स्थितिबाट जोगिएर प्राणरक्षा गर्न सफल भएको छु । यस्तो स्थितिमा कुन बेला के हुन्छ भन्न सकिन्न । अत: यस्तो स्थितिमा म यहाँबाट अन्यत्र जाने सुरमा छु । कागको कुरा सुनेर मुसोले भन्यो–मित्र, यदि त्यसो हो भने म पनि तपाईंसित हिंड्न तयार छु । हामी जहाँ भए पनि साथ बस्नु बेस हुनेछ । मलाई पनि यहाँ निकै कष्ट छ । कागले सोध्यो–मित्र, तपाईंलाई केको कष्ट छ ? मुसाले भन्यो–कष्टबारे तपाईंसित लामो कुरा गर्नुछ अत: पछि कुरा गर्न बेस हुनेछ । कागले भन्यो– म आकाशगामी जीव हुँ, तपाई स्थलगामी । अत: हामी साथै कसरी जान सक्छौ ? मुसाले भन्यो–मित्र, तपाईं चाहनुहुन्छ भने मलाई आफ्नो पिठ्यूँमा बोकेर लैजान सक्नुहुन्छ । मुसाको कुरा कागलाई घत लाग्यो । उसले मुसालाई पिठ्यूँमा बोकेर एउटा पोखरीको डीलमा उत्रियो । मुसालाई पिठ्यूँमा बोकेर आइरहेको काग देखेर मन्थरक नाम गरेको कछुवा पानीभित्र लुक्यो । मित्र मन्थरकलाई यस प्रकार भयभीत लुकेको देखी काग कराउन थाल्यो–मित्र मन्थरक, म लघुपत्तनक काग, तपाईंको मित्र हुँ । तपाईंलाई भेट्न आएको हुँ । तपाईं न तर्सेर बाहिर आउनुस् । कागको बोली चिनी कछुवा पानीबाट बाहिर आई यथोचित स्वागत गरेर सोध्यो–मित्र तपाईंसित रहेका यी मुसा को हुन् ? आफ्नो भक्ष्य प्राणीलाई के कति कारणले तपाईं साथ लिएर हिड्नुभएको हो ? यसबारे जान्न मलाई सार्‍है खुल्दुली लागिरहेको छ । कृपया बताउनुस् । कछुवाको कुरा सुनेर कागले भन्यो–मित्र, उहाँ हिरण्यक नाम गरेका मेरा मित्र हुनुहुन्छ । हामी दुवैजना विशेष स्थितिको कारण आफ्नो स्थान परित्याग गरेर तपाईंसँगै बस्न आएका हौं । मेरा मित्रको समस्या ठूलो छ, जसबारे सोध्दा पछि बताउने भनेका छन् । अब हामी तीन मित्र साथ छौं । अत: मित्र हिरण्यक, कृपया आफ्नो समस्या बयान गर्नुस् १ कागको आग्रह सुनेर हिरण्यक मुसा आफनो वृत्तान्त सुनाउन थाल्यो– दक्षिणको कुनै राज्यमा महिलारोप्य नामक नगर थियो । त्यस नगरको छेउमा भगवान शड्ढरको मन्दिर (मठ) थियो । त्यस मठका पुजारी ताम्रचूड नामक संन्यासी थिए । उनी नगरमा भिक्षाटन गरेर जीविका चलाउँथे । भोजनबाट उब्रेको अन्न एउटा भाँडोमा राखेर भित्तामा झुन्ड्याएर राख्दथे । बिहान  भाँडोबाट अन्न झिकेर मठको सफाइ, लिपपोत तथा सजावट गर्ने ज्यामीहरूलाई ज्यालाको रूपमा बाँडिदिन्थे ।
    एक दिन मेरा परिवारका सदस्यहरू मसित भने–स्वामिन्, भोजनको लागि अन्न झुड्याएर राखिएको छ, हाम्रो लागि त्यो ठाउँ अगम्य छैन । हजुरको आज्ञा पाए पेटभरि खाना खान सक्नेछौं । उनीहरूको यस्तो आग्रह सुनी हामी त्यहाँ गयौं र मनग्य भोजन गरेर फक्र्यौं । यस प्रकार हामीहरू त्यहाँ दिनहुँजसो गएर भाँडोको अन्न खान थाल्यौं । अन्नलाई जोगाउन मठको संन्यासी निकै प्रयास गर्दथे तर राति उनी सुतेको मौका छोपी हामीहरू भाँडोको अन्न रित्याइदिन्थ्यौं । यो देखेर संन्यासीले हामीलाई धपाउन बाँसको एउटा लौरो लिएर आए तथा राति सुतेको अवस्थामा पनि लौरोले भाँडोलाई रातभरि ठकठकाइ रहन्थे । उनको यस प्रकारको चेष्टा देखेर हामीहरू भाँडोमाथि चढ्ने आँट गर्न सकेनौं । भोक भोकै हामीहरूले फर्किनुपर्‍यो । यस प्रकार उक्त संन्यासी र हामीबीच सङ्घर्ष गर्दागर्दै सम्पूर्ण रात बित्दथियो ।
    एक दिन संन्यासीका गुरुभाइ तीर्थयात्राबाट फर्केर त्यस मठमा पाहुना बनेर आयो । गुरुभाइको मठमा आगमनको कुराले खुशी भई त्यस संन्यासीले यथोचित आदर सत्कार गरे । राति खानपानपछि दुवै गुरुभाइहरू कुशको एउटै ओछ्यानमा सुते । निद्रा आउनु पहिले उनीहरूले समसामयिक विषयमा गफ गर्न थाले । संन्यासी गुरुभाइसित कुरा गरिरहँदा पनि मुसाहरूको भयले हाथको लौरो भाँडोमा ठोकिइरहेकोले गुरुभाइको कुरामा अँ..अँ मात्र गर्न भ्याउँथे । आफ्नो प्रश्नको जवाफ नपाएर अर्का संन्यासी क्रोधित भए र भने– हेर ताम्रचूड, आज मैले थाहा पाएँ तिमी मेरा सच्चा मित्र होइन रहेछौ । मैले यति कुरा गर्दा पनि तिमी स्पष्ट कुरा गर्दैनौ । अत: रात्रिको समय भए पनि म तिम्रो मठ छाडेर अन्यत्र जान्छु । संन्यासीको कुरा सुनेर भयभीत हुँदै ताम्रचूडले भने–त्यसो न भन्नुस् मित्र, तपाईंजस्तो मित्र मैले कहाँ पाऊनू ? तपाईंसित वार्तालापमा मेरो अन्यमनस्कताको कारण यी दुष्ट मुसाहरू हुन् जसले जतिसुकै अग्लो ठाउँमा पनि भिक्षाबाट प्राप्त अन्न झुन्ड्याउँदा त्यसमाथि चढेर रित्याइदिन्छन् । तिनीहरूलाई तर्साउन यस लौरोले भिक्षापात्रलाई बारम्बार ठोकिरहनुपर्ने हुँदा वार्तालापमा विघ्न उत्पन्न हुन गएको हो । कृपया माफ पाऊँ ।
    ताम्रचूडको कुरा सुनेर संन्यासीले सोधे–ए, तपाईंलाई यी मुसाहरू बस्ने दुलो कहाँ छ, थाहा छ ? मुसाहरू बस्ने दुलो निश्चय नै कुनै खजानामाथि हुनुपर्छ । त्यसै खजानाको धनको गर्मीले मुसा यति अग्लो ठाउँसम्म हाम फाल्न सकेका हुन् । अर्को दिन बिहानै संन्यासीले दुलो पत्ता लगाई हाम्रो बास बिगारिदिएको हुनाले अब हाम्रो कुनै निश्चित बासस्थान न भएकोले म ज्यादै दु:खी बनेको छु ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : हिरण्यक ताम्रचूड
हिरण्यक ताम्रचूड
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhnI2f6wFdlN5TInoBxYir1FeYAhbzomddLYc3XU3I5sI722qmNCgVMriH1ip7TBg9gHJRnTXl0aM2gM4WVJkgp5MakIEDKQCaxkI1JrLzbLRE2faB2qsrPyaGQe3mXPI2BZim1QX3btQY/s1600/uma.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhnI2f6wFdlN5TInoBxYir1FeYAhbzomddLYc3XU3I5sI722qmNCgVMriH1ip7TBg9gHJRnTXl0aM2gM4WVJkgp5MakIEDKQCaxkI1JrLzbLRE2faB2qsrPyaGQe3mXPI2BZim1QX3btQY/s72-c/uma.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/01/blog-post_5775.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/01/blog-post_5775.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy