$type=ticker$count=12$cols=4$cate=0

प्राविधिक शिक्षा : सेवा कम मेवा बढी- बैद्यनाथ ठाकुर

SHARE:

    २१ औं शताब्दी ज्ञान, विज्ञान र प्रविधिको युग हो । मानव समाजलाई कसरी बढीभन्दा बढी सुविधासम्पन्न बनाउनुको साथै दीर्घजीवी तथा स्वस्थ राख्ने भन्ने अवधारणाको पछाडि भौंतारिंदै जाँदा आजको अवस्थासम्म आइपुगेको हो भन्दा कुनै फरक नपर्ला । वास्तवमा आवश्यकताले तै आविष्कार गर्न बाध्य बनाउँछ । आवश्यकता मानिसको जीवनवृत्तिसँग गाँसिएको विषय हो । प्रत्येक समाजको मेरुदण्ड उसले अँगालेको अर्थ व्यवस्था नै हो । अर्थात् उत्पादनका साधनहरूको वितरण कसरी भएको हो र उत्पादन प्रणालीमा उत्पादन शक्तिहरूबीचकै कस्तो सम्बन्ध छ । यसले नै मूलत: आवश्यकताको निर्धारण गर्ने जगको कार्य गर्दछ । पृथ्वीमा, ब्रह्माण्ड सबै चीज गतिशील छ । गतिहीनता प्रकृतिको प्रतिकूल हो । हामीले हेर्ने गरेको निर्जीव ठोस, तरल वा ग्याँस पदार्थहरू जो बाहिरीरूपमा स्थिर वा गतिहीन जस्तो देखिन्छ तर वास्तवमा ती पनि अत्यधिक गतिशील छन् । प्रत्येक वस्तु (पदार्थ) भित्रको परमाणविक संरचनाभित्र इलेक्ट्रोन, प्रोट्रोन अत्यधिक वेगका साथ चलायमान (गतिशील) हुन्छन् । वस्तुअनुसार परिवर्तनको समय पनि फरक–फरक हुने गर्दछ । एउटा बालकमा देखिने शारीरिक परिवर्तन तथा एउटा ढु·ामा हुने भौतिक परिवर्तन निस्सन्देह एकै प्रकारको अथवा एउटै समयसीमा भित्र हुँदैन । रूपान्तरणको प्रक्रिया वस्तुअनुसार घटबढ हुने गर्छ ।
    यस लेखमा प्राविधिक शिक्षाको अवस्थाबारे चर्चा गर्न खोजिएको हो तर विषय र प्रस·ले विषयान्तर भएजस्तो लागेको हुन सक्छ । जे होस् आजभोलि आम नेपालीको इच्छा आफ्नो सन्तानलाई युगअनुसार सहज सेटलमेन्टका लागि प्राविधिक शिक्षा दिनेप्रति नै केन्द्रित रहेको देखिन्छ । ग्रामीण इलाकादेखि शहरी इलाकासम्म सर्वत्र  सबैको रहर प्राविधिक शिक्षा नै हो । यसो हुनुको पछाडि मूलत: अर्थोपार्जन नै हो । प्राविधिक शिक्षा हासिल गरेपछि निकै पैसा कमाउन सकिन्छ, अथवा प्राविधिक शिक्षा प्राप्त गरेका व्यक्तिले पैसा कमाइरहेको देखिन्छ त्यसले गर्दा मानिसमा प्राविधिक शिक्षा आर्जन गर्न आकर्षण बढेको छ ।
    प्राविधिक शिक्षामा यतिखेर सबैभन्दा बढी चर्चित डाक्टर तथा इन्जिनियरहरू नै छन् । पैसाको समस्या नहुँदो हो भने सबका सब आफ्नो सन्तानलाई डाक्टर, इन्जिनियर नै पढाउँथे होला । तर के डाक्टर, इन्जिनियर पढेर आएका व्यक्तिहरू हाम्रो समाजमा सेवाको भावले आफ्नो उत्तरादायित्व पूरा गरिरहेका छन् ? चित्त नदुखाउने हो भने आजभोलि चिकित्सकहरूमा ल्याब तथा औषधि कम्पनीहरूसँग कमिशन र गिफ्ट लिने जुन अस्वस्थ प्रतिस्पर्धा चलेको छ त्यसलाई हेर्दा त बडो दुविधाको अवस्था खडा भएको छ । डाक्टरलाई पृथ्वीमा प्राय: मानिसले जिउँदो भगवान् ठान्ने गर्छन् । हुन पनि मानव जीवनलाई मृत्युको मुखबाट खोसेर ल्याइदिने यदि कोही छ भने त्यो डाक्टर नै हो । यस्तो महान् काममा लागेका व्यक्तिहरूको हेराइ जब पेसेन्टको गोजीमा गएर अड्किन थाल्छ फगत केही कमिशनको लोभले स्तरहीन ल्याबहरूमा परीक्षण गराउने सिफारिस तिर बानी ढल्कन्छ तथा कमिशन र गिफ्टको लालचमा घटिया कम्पनीका कमसल औषधि लेख्न कलम सोझिन्छ अनि भन्नैपर्छ डाक्टर भनेको पृथ्वीमा भगवान् हुन् कि शैतान । आजभोलि डाक्टरहरूको पैसामुखी चिन्तनले गर्दा डाक्टर जस्तो सेवाभावले सम्मानित पेशामाथि अनावश्यक चोर औंला ठडिन थाल्छ । कतिपय अवस्थामा त व्यक्तिगत फाइदाका लागि डाक्टरले रोगीको शरीरबाट विभिन्न आन्तरिक अ·हरू झिकिदिंदा बिरामीको मृत्युसमेत हुनपुगेको घटनाहरू यतिखेर समान्य भइसकेका छन् ।
    के डाक्टर पेशा लाभको मात्रै पेशा हो ? एउटा चिकित्सकको लागि मानवता कुनै विषय होइन ? उनीहरूले पैसा तिर्न सक्नेलाई मात्र राम्रो उपचार सेवा दिने हो ? हाम्रोजस्तो विश्वकै दोस्रो गरीब देशको जनताले कसरी उपचार सेवा पाउने ? सरकारी अस्पतालमा गयो दुई घण्टा पनि डाक्टर भेटिंदैनन् । हकारपकार गरेर कुरा गर्छन् र क्लिनिककै बाटो देखाइदिन्छन् । डाक्टर भएपछि नरम हुनुपर्ने, आँखामा राख्दा पनि  नबिझाउने खालको हुनुपर्नेमा ठीक विपरीत एकपटकबाहेक अर्कोपटक कुरा राख्न नपाउने, नबुझेको कुरा सोध्न नपाउने अवस्थाले चिकित्सक पेशालाई सेवामुखी बनाएको छ कि मेवा (पैसा)मुखी सहजै अनुमान गर्न सकिन्छ ।
    प्राविधिक ज्ञान भएका अन्य पेशामा व्यक्तिहरू पनि मेवालाई प्रमुखता दिएर कार्य क्षेत्रमा अग्रसर भएको सबैले अनुभव गरेको विषय हो । एउटा जमिन नाप्ने अमिन होस् वा नक्सा ट्रेस गर्ने व्यक्ति वा सडक घर बनाउने इन्जिनियर, यी सबैको प्राथमिकता सूचीमा नगद नारायण नै रहेको देखिन्छ । जाबो एउटा मोबाइल बनाउने प्राविधिक (मिस्त्री) उपभोक्तालाई मनमौजी लुटिरहेको हुन्छ । टिभी, क्यामराजस्ता इलेक्ट्रानिक सामग्री मरम्मत गर्नुपर्‍यो भने उपभोक्ताको सजिलै ढाड सेक्ने काम भइरहेको छ । सामान्य खालको गडबडी भएपनि विशेष अवस्था बताएर पैसा ठटाउने मात्रै नभई भएको ओरिजनल सामानसमेत हेरफेर गरिदिने अवस्था कसैबाट लुकेको छैन । खासगरी प्रविधिको सामान्यज्ञान (मिस्त्री सडकछाप) भएकादेखि विशेष ज्ञान
(प्रमाणपत्रधारी) भएकाहरू सबैमा एउटै चिन्तन रहेको पाइन्छ । जसरी भएपनि उपभोक्तासँग मोटो रकम असुल गर्ने । यस्तो प्रवृत्तिलाई राम्रो मान्न सकिंदैन । सामन्ती व्यवस्थाको विभिन्न दुर्गणहरूमध्ये अरूलाई ठगेर मात्रै होइन, बरु लुटेर खाने प्रवृत्तिकै लाक्षणिक मोडेलहरूमध्ये पूँजीवादको पछिल्लो चरणमा प्राविधिकहरू देखिएका छन् । सामन्तवाद समाप्त भएपनि पूँजीवादमा अझ यस्ता प्रवृत्तिहरू झाँगिएर हुर्कने र मौलाउने सम्भावना रहँदै आएको हुनाले वास्तवमा व्यक्तिमा सचेततापूर्वक समाजप्रति जिम्मेवारीबोध हुन जरुरी छ । जिम्मेवारीहीनताले गर्दा नै पक्की सडकहरू बनेको भोलिपल्टदेखि नै उप्किन थाल्छ । भवन तथा पुलहरू उद्घाटनपूर्व क्रेक हुने तथा भत्किने गरेका छन् । पैसा खान पाएपछि जेजस्तोमा पनि ठीक भनी सही ठोक्ने प्राविधिकहरूले गर्दा मुलुकभित्र खर्बौं लगानी, अनुदान र ऋण बालुवामा पानी खन्याएको जस्तो भएको छ । लामो समयसम्म सामन्तवादमा हुर्केको नेपाली समाजभित्र जबसम्म ‘म’ को ठाउँमा ‘हामी’ भन्ने भावनाले व्यापकता पाउँदैन तबसम्म प्राविधिक मानिसबाट समाज सेवाको आशा गर्नु गोरु ब्याउला र दूध–दही खाउँला भन्ने जस्तै सपना देख्नु मात्रै हो । समाजभित्र शिक्षित, रोजगारी, धनी व्यक्ति अल्पसङ्ख्यक हुनु तथा विवेकसम्मत निर्णय गरी अगाडि बढ्ने नैतिकवानहरूको सङ्ख्या न्यून भएमा देश पक्कै अगाडि बढ्दैन । अल्पसङ्ख्यकको अवस्था सदैव राम्रो थियो र यदि व्यवस्था यही रहने हो भने पछि पनि राम्रै रहने छ । वास्तवमा आवश्यकता बहुसङ्ख्यलाई शिक्षित तथा सुविधासम्पन्न बनाएर रोजगार दिलाउनु हो । बहुसङ्ख्य राम्रो भएमात्र देश र समाजले वास्तविक अर्थमा विकास गरेको ठहरिन्छ । यसका लागि मानिसभित्र मर्दै गएको नैतिकता जाग्नु जरुरी छ । त्यसैले रूपचन्द बिष्टले भनेका थिए–“मान्छेले गर्छ विवेकको सोझो, कुकुरले गर्छ निमकको सोझो ।”
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : प्राविधिक शिक्षा : सेवा कम मेवा बढी- बैद्यनाथ ठाकुर
प्राविधिक शिक्षा : सेवा कम मेवा बढी- बैद्यनाथ ठाकुर
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiuRii9hlsmQSnbjgE2ZOviZKN-slKTdWIl8vsfSU98SZA5Q55gNaKgmzi9E9YMnCyHYHkQuw5HnxL0RYJiuLejjoXOljutWW79C75Iag_FozeCMwE4KEOMc_6zG-IRvi67f2e3PU-2PEU/s1600/baidh.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiuRii9hlsmQSnbjgE2ZOviZKN-slKTdWIl8vsfSU98SZA5Q55gNaKgmzi9E9YMnCyHYHkQuw5HnxL0RYJiuLejjoXOljutWW79C75Iag_FozeCMwE4KEOMc_6zG-IRvi67f2e3PU-2PEU/s72-c/baidh.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/01/blog-post_4550.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/01/blog-post_4550.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy