दाभोस, १५ माघ/एएफपी
विश्वका देशहरूमा भइरहेको खर्चको अनुचित कटौतीबाट विकासमा अवरोध उत्पन्न हुन सक्ने भन्दै त्यसो नगर्न अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख क्रिस्टिन लागार्दले सुझाव दिएका छन् ।
अन्तर्राष्ट्रिय मुद्राकोषका प्रमुख क्रिस्टिन लागार्दका अनुसार यस प्रकारको कडा नियम प्रत्येक मुलुकको अर्थतन्त्र र उनका आवश्यकताहरूलाई ध्यानमा राखेर बनाउनुपर्ने भन्दै एकै प्रकारको नियम सबैमाथि समानरूपमा लागू गर्न नहुने बताए ।
विश्वका कतिपय राष्ट्रहरूले आर्थिक मन्दीको डरले हालका केही दिनमा खर्च कटौतीका आयोजनाहरू अघि सारेका छन् । यो प्रस्तावपछि प्रमुख लागार्दको यो प्रतिक्रिया आएको हो ।
उनका अनुसार केही मुलुकले राजस्व एकीकरण गर्न सक्थे तर केही यस्तो गर्न सक्ने स्थितिमा छैनन्, यसैले राजस्व एकीकरण गर्न नसक्ने मुलुकहरूले अर्को बाटो खोज्नुपर्न उनले बताए ।
अमेरिकाली वित्तमन्त्री टिमोथी गेइटनरले पनि यस्तै प्रकारको चिन्ता व्यक्त गर्दै यी खर्च कटौतीहरूको कारण मन्दीको एक अर्कै सिलसिला सुरु हुन सक्ने बताए ।
मन्दीसँग गुज्रिरहेको ग्रीस र स्पेनजस्ता मुलुक एकातिर सरकारी खर्चहरूमा कटौती गरिरहेका छन् भने अर्कोतर्फ नागरिकबाट असुल गर्ने करमा वृद्धि गरिरहेका छन् ।
आउने लामो समयसम्म युरोजोन सङ्कटमैं गुज्रिने र केही मुलुकहरूसँग यसविरुद्ध लड्ने अर्को कुनै उपाय नहुने पनि बताइएको छ । यो अवस्थालाई अन्तर्राष्ट्रिय मुद्रा कोषले निकै नै गम्भीरतापूर्वक हेरिरहेको पनि बताएको छ । रासस