निजी क्षेत्रमा बढ्दै गएको शैक्षिक व्यापारीकरण र सरकारी विद्यालयहरूमा खस्कँदै गएको शैक्षिक गुणस्तरले नेपालको शिक्षा क्षेत्र उपचार नपाएको बिरामीजस्तै बनेको छ । एकातिर सर्वसाधारण, मध्यमस्तरका जनता आधुनिक शिक्षाको नारामा रुमलिएर महँगो शुल्कको मारमा परेको छ भने अर्कोतिर निम्न स्तरको जनता आफ्नो छोराछोरी पढाउन नसकेर नारकीय र शोषणयुक्त जीवन व्यतीत गरिरहेको छ । जेनतेन कुटो, कोदालो चलाएर, ज्याला मजदुरी गरेर बालबच्चा पढाइरहेका अभिभावकहरू गुणस्तरीय शिक्षा नपाएर ठगिइरहेका छन् । लौरो जताबाट घुमाएपनि सोझै खप्परमा भनेझैं शैक्षिक व्यवस्थापनको कमीको मारमा गरीबीको रेखामुनिको जनता नै परिरहेछ ।
एक्काइसौं शताब्दीको विकसित युगमा हामीकहाँ दिइने सरकारी शिक्षा पुरानै शैलीको छ । यसले शैक्षिक बेरोजगारी बढाउनेबाहेक कुनै गतिशील उपलब्धि हासिल गर्न सकेको छैन । देश विकासमा उद्योग धन्धाको स्थापना एवं सञ्चालनबाट रोजगारी सिर्जना गरेर अत्यधिक शिक्षित बेरोजगारीहरूलाई रोजगार दिलाई देश विकासमा टेवा पुर्याउन, अर्थतन्त्र सुदृढ पार्न र बढ्दै गइरहेको सामाजिक, आर्थिक, राजनीतिक विकृति कम गरेर शान्त र समृद्ध नेपाल निर्माणका लागि हालको शिक्षा असफल देखिन्छ ।
यहाँ अध्ययन गर्नुको मुख्य उद्देश्य सरकारी जागीर खानका लागि मात्र हो भन्ने मानसिकता व्याप्त छ । पढेलेखेका युवाहरूले सरकारी जागिर नपाउनुको अर्थ यिनको पढाइ बेकम्मा भएको मानिन्छ । समाजमा पढ्नुको अर्थ जागिर खानका लागि मात्र नभई कुनै एक कार्यक्षेत्र रोजेर त्यसमा एकत्रितरूपले संलग्न भई सफलता हासिल गर्नु र त्यस विषयमा विज्ञ हुनुपर्छ भन्ने सामाजिक चेतना र सन्देश विद्यमान शिक्षाले प्रदान गर्न सकेको छैन । कुनै पनि अभिभावक आफ्ना छोराछोरीलाई खरदार, सुब्बा, अधिकारीबाहेक ‘कर्मशील शिक्षक’ भएको हेर्न रुचाउँदैन । उनीहरूलाई एउटा शिक्षकको जागिरभन्दा सुब्बाको जागिर ठूलो हुन्छ किनभने त्यहाँ आम्दानीको प्रशस्त अनियमित स्रोत छ । यसर्थ यहाँको हालको शिक्षाक्षेत्र सङ्कुचित र सरकारी जागिरमुखी छ । परिणामस्वरूप दक्ष युवाशक्ति विदेश पलायन भइरहेको छ ।
शिक्षित जनशक्ति बेरोजगारी हुनु, काम गर्ने प्रेरणा नपाउनु, अवसर पाएकाहरूको जीवनस्तर अनियमित र भ्रष्टाचारबाट प्रतिष्ठित हुनुले युवा पीढीमा शिक्षाप्रति नैराश्य र दिग्दारी बढ्दै गएको छ । वास्तवमा उनीहरूलाई शिक्षा ‘नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार’ जस्तो भएको छ । प्रत्येक अभिभावकमा छोराछोरीलाई पढाएर के हुन्छ भन्ने वितृष्णा फैलिन थालेको छ । यस्तो नकारात्मक भावनाले हाम्रो ऊर्जा नष्ट गर्ने काम गर्छ । यसले प्रतिभावान र कलिला नागरिकको घाँटी अद्र्धचेतनामा नै निमोठिने छ, किनभने यसको चपेटामा गरीबीको रेखामुनि जीवनयापन गर्ने आम जनता नै परिरहेको छ ।
देशमा सरकारी विद्यालयले दिने शिक्षा सोचे अनुरूप फस्टाउन नसक्नु र सरकारी विद्यालयले आम नागरिक समाजलाई सीपमूलक एवं गुणस्तरीय शिक्षा दिएर आफूतिर आकर्षित गर्न नसक्नु पछाडि के कारण छन्, यसमा दोषी को–को छ ? यो खोजी र तुरुन्त सुधार गर्नुपर्ने विषय हो । यसो गरिएन भने देश उँभो लाग्ने छैन । हाम्रो देशमा विद्यालयको शैक्षिक स्तर मापनको आधार प्रवेशिका परीक्षालाई मानिंदै आएको छ । प्रवेशिका परीक्षामा धेरै विद्यार्थी उत्तीर्ण भएमा स्तर राम्रो र नभएमा स्तर नराम्रो भनिने चलनले पनि सरकारी विद्यालयहरू चपेटामा परेका हुन् । जुन बेला सरकारी विद्यालयहरू प्रवेशिका परीक्षामा धेरै विद्यार्थीलाई उत्तीर्ण गराउन असफल हुन्छन्, त्यसबेला सरकार, सरकारी कर्मचारी, शिक्षक, नीति निर्माताहरू, विद्यार्थी, अभिभावक सबैबीच केही बेरका लागि मात्र जुहारी चल्छ । एकले अर्कालाई हिलो छ्याप्ने काम गर्छ । तर कसैले पनि आफूलाई, कतै मपनि दोषी छुँ कि भनी मान्दैन । हाम्रो आफ्नै कमी–कमजोरीले कतै ठूलो नकारात्मक असर त पारिरहेको छैन भन्ने तर्फ ध्यान दिंदैनौं । निर्णय प्रक्रियामा भएको गल्तीले केही बिग्रि पो रहेको छ कि भन्ने कुरा छातीमा हात राखेर इमानदारीपूर्वक सोच्ने र मनन गर्ने सत्प्रयास कसैबाट हुन सकेको छैन । कुराको भरमा जिन्दगी चलाउने र राष्ट्र हाँक्ने मन:स्थिति भएकाहरूको अगाडि कसैको केही जोर नचलेपछि जब कुनै काम बिग्रन्छ अनि दोषारोपण र हिलो छ्यापछ्याप गर्ने काम सुरु हुन्छ । यस्तै छ यहाँको शैक्षिक जगत् । पदमा बस्ने र नीति बनाउनेहरू असफलताले ओतप्रोत भई एक आपसमा हिलोमैलो छ्याप्ने गर्दछन् र नेताहरू त्यो धरापमा माछा मारेर सिद्राको व्यापार गर्दै देशमा राजनीतिक चलखेलको राजमार्ग बनाउँछन् ।
यस्तो किन भइरहेको छ ? नयाँ नेपालको परिकल्पना साकार गर्ने क्रममा लागेकाहरू मध्ये दोषी को–को हो ? के सधैंभरि सरकारी शिक्षा र शिक्षालयलाई यस्तै छाडापनको सिकार भइरहन दिने ? साँच्चि भन्ने हो भने अवस्था बिरालोको घाँटीमा घन्टी झुन्ड्याउने सम्बन्धमा बसेको मूसाहरूको बैठकजस्तै भएको छ । यसमा हामी सबै सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक र सम्बन्धित निकाय दोषी छौं । मेरो दृष्टिमा सबैभन्दा बढी सरकार, त्यसपछि क्रमश: शिक्षक, विद्यार्थी र अभिभावक दोषी छन् ।
यस प्रकार समग्रमा सरकारी विद्यालयको शैक्षिक स्तर खस्कनुमा दोष थोरबहुत सबैको छ । त्यसैले शहीद दिवसको अवसरमा शैक्षिक निकाय, शिक्षक, विद्यार्थी र अभिभावक सबैले नेपाल आमाको दूधको मूल्य राखेर राष्ट्र र राष्ट्रियताको खातिर आआफ्नो पक्षबाट भएका कमी–कमजोरी स्विकार्दै यसलाई आत्मानुभूति गरी आउने दिनहरूमा सुधार गर्ने व्यावहारिक प्रण गर्नुपर्दछ । साथै देशमा सरकारी शिक्षामा सुधार ल्याउन सरकारले त्यस्तै प्रकारको नेपाली धरातल सुहाउँदो हावापानी र माटो सुहाउँदो शैक्षिक कार्यक्रम र पाठ्यक्रम ल्याउनुपर्दछ ।
प्रजातन्त्रमा राष्ट्रको आत्मा भनेको जनता हो । जुन राष्ट्रको जनता आफ्नो गौरवमय परम्पराको सम्मान गर्दै शान्ति र उन्नतिको मार्गमा द्रुतगतिले अग्रसर हुँदैन, त्यस राष्ट्रको भविष्य अन्धकारमय हुन्छ । सबैको हितमा आफ्नो र राष्ट्रको हित सम्झनुपर्छ । नेपाल प्राकृतिक र सांस्कृतिकरूपले विश्वको सबभन्दा शान्तिपूर्ण र सम्पन्न राष्ट्र बन्न सक्छ । यो बनाउने हामी नेपाली हौं । यस कारण नेपालको सरकारी शैक्षिक धरातललाई बलियो बनाउन शिक्षक र विद्यार्थीहरू इमानदार भई अगाडि आउनुपर्छ । तर बहस गुणात्मकता र स्तरीयताको गर्ने र व्यवहारमा व्यावसायीकरणलाई बढावा दिने विद्यमान सन्दर्भले गर्दा नै सरकारी शिक्षाले गति लिन सकिरहेको छैन ।
युरोप, अमेरिका, जापान र भारतको शैक्षिक नक्कल गरेर देशलाई विकास मार्गतिर डोर्याउन नसक्ने कुरालाई समय छँदै आत्मसात गरी स्वदेशकै शिक्षाविद्हरूको मस्तिष्कको उपयोग गर्नुपर्दछ । यसका अतिरिक्त शिक्षामा विश्वासिलो वातावरण तयार पार्न सर्वप्रथम निजामती सरकारी सेवामा रहेका कर्मचारीहरूले र विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा त्यहाँका कर्मचारीहरूले आफ्ना विद्यार्थीलाई आफ्नै छोराछोरी सरह ठानेर पढाउनुपर्छ । परिणामस्वरूप सबैको ध्यान सामुदायिक विद्यालयमा पर्न गई शैक्षिक स्तरमा सुधारको सुरुआत हुन सक्नेछ ।