उमाशड्ढर द्विवेदी
माघ महिना शुक्लपक्ष पञ्चमीको दिनलाई श्रीपञ्चमी, बसन्त पञ्चमी तथा सरस्वती पूजा भनिन्छ । भीषण शीतलहरबाट मुक्ति पाएर दीनदुनियाँले यसै दिनदेखि बसन्त ऋतुको उष्णताको उपहार प्रकृतिबाट पाएर रमाउँदछन् । भीषण शीतलहरको कठोर प्रहारबाट ओइलाएका वनस्पति तथा प्राणीहरूमा यसै दिनदेखि नवप्राण सञ्चार भएर मुना तथा पालुवा पल्लवित हुन पुग्दछन् । नवसिर्जनाको क्रममा पुष्पित भई फल धारण गर्नलाई सम्पूर्ण प्रकृति आतुर रहेको अवस्था सुरु हुन्छ । मदनको पञ्चशरको आघातले प्राणीजगत् व्यथित हुन पुग्दछ । आँपको बगैंचामा नवप्रसवित मुजुराहरूबाट मधुरस प्रवाहित हुन थाल्दछ, जसमाथि भ्रमरहरू मडारिन थाल्दछन् । कोइली चरी कुनै अज्ञात वेदनाले व्यथित भई अचानक बेतोडले कराउन थाल्छे,‘कोहो..कोहो..’, मानौं भनिरहेकी होस् यस्तो मौसममा नवआगन्तुक को आयो.. को आयो...? बसन्त ऋतुसित
उसको पूर्वपरिचय छैन क्यार ?
सम्पूर्ण प्रकृति मदनमय मस्त भएको महसुस हुन्छ । कोपिलाहरू बसन्तको आगमनको सुअवसरमा घुम्टोभित्रबाट मुसुक्क हाँस्दछन्– स्वागतम् बसन्त..स्वागतम् । फूलहरू कोमलतापूर्वक विस्तारै फक्रेर बसन्तको स्वागतमा उदारतापूर्वक उत्सर्गको निम्ति हाँस्दै तयार हुन्छन् । यस्तो अवस्थामा कविकुलगुरु दीपक कालिदासले कुमारसम्भवम् महाकाव्यमा वर्णन गरे अनुसार–
तपस्विन: स्थाणुवनौकसस्तामाकलिकौं वीक्ष्य मधुप्रवृत्तिम ।
प्रयत्नसंस्तम्भितविक्रियाणां कथञ्चिदीशा मनसा. बभूवु: ।। (सर्ग ३, श्लोक ३४)
बसन्तको आगमनलाई देखेर तपस्वी पुरुषले पनि आफ्नो मनोविकारमाथि अङ्कुश लगाएर कठिनतापूर्वक मात्र वशमा राख्न सक्दछ । अर्थात् बसन्त आगमनकालमा कामजन्य मनोविकारमाथि बडो कठिनाइले नियन्त्रण गर्न सकिन्छ । गीतगोविन्दकार जयदेव कविले बसन्त आगमनकालमा मानिसहरूलाई रस निमन्त्रण गरेका छन् । त्यसैले होला नेपालका पूर्वराजाहरूद्वारा श्रीपञ्चमीका दिन हनुमानढोका दरबारको नासल चोकमा बसेर गुरुज्यूबाट बसन्त–श्रवण गर्ने परम्परा विद्यमान रहेको थियो । राधा–माधवबीचको प्रणयलीला उद्भाषित भएका शृङ्गार रसका पद्यहरू सड्ढलित रहेको ‘गीतगोविन्द’ को रसमय पद्यहरू गुरुजनबाट वाचन श्रवण गर्नुलाई बसन्त–श्रवण भनिन्छ । यसका रचयिता संस्कृत साहित्यका महाकवि जयदेव हुन् ।
विद्यार्थीहरूको निम्ति यो दिन वाग्देवी भगवती महासरस्वतीको पूजा आराधनाको लागि विशेष महत्त्व राख्दछ । प्राय: प्रत्येक पाठशाला तथा गाउँका अन्य स्थानहरूमा पनि सरस्वती पूजाको आयोजना गरेको पाइन्छ । जसको लागि पाठशाला तथा गाउँघरका विद्यार्थीहरूद्वारा पूजाको लागि राशि जुटाउनका निम्ति हप्तौंदेखि चन्दा उठाउने काम भएको हुन्छ । श्रीपञ्चमीको दिन बिहानै नुहाइध्वाइ गरी सकभर नयाँ तथा सुकिला लुगा लगाइ हातमा पूजा सामग्रीका साथ पूजास्थलमा झुम्मिएका पाइन्छन् । माटोद्वारा निर्मित सरस्वतीमाताको श्रीविग्रहको भक्तिपूर्वक पूजा आराधना गरेर आरती तथा प्रसाद लिई आफ्नो लागि अभिष्ट विद्याको
याचना गर्दछन् ।
अभिष्ट विद्याप्राप्तिका लागि माता सरस्वतीको प्रार्थना निम्नानुसार छ–
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माच्युतशड्ढरप्रभृतिभिर्देवै: सदा वन्दिता
सा मां पातु सरस्वती भगवती नि:शेषजाडयापहा ।।
शुक्लां ब्रह्मविचारसारपरमामाद्यां जगद्व्यापिनीं
वीणापुस्तकधारिणीमभयदां जाडयान्धकारापहाम् ।
हस्ते स्फाटिकमालिकां च दधतीं पद्मासने संस्थितां
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदां ।।
जसलाई प्रत्येक विद्याकाङ्क्षी विद्यार्थीले पाठ गर्न आवश्यक छ । यस प्रार्थनाले भगवती सरस्वती देवी प्रसन्न भएर विद्या प्रदान गर्दछिन् । वस्तुत: विद्याकी देवीले जिज्ञासु तथा मेहनती र जेहेन्दार विद्यार्थीहरूलाई विद्या प्रदान गर्दछिन् ।
श्रीपञ्चमी किसानहरूका लागि पनि धेरै महत्त्वपूर्ण दिनको रूपमा रहेको छ । जनविश्वास अनुसार पुस महिनामा धर्तीमाता सुषुप्त अवस्थामा रहेकी हुन्छिन् । त्यस्तो अवस्थामा खेतको खनजोत तथा बीउक्षरणलाई अनैतिक तथा अपमानजनक मानिन्छ । अटेर गरेर कसैले त्यस्ता दिनहरूमा खेतको खनजोत वा बीउ छर्ने गरेको पाइए पनि जमीनको निष्क्रियताले बीउको अङ्कुरण नै नभएको पाइन्छ । श्रीपञ्चमीको दिन धर्तीमातालाई विधिवत् पूजा गरेर निद्राबाट ब्यूँताइन्छ, जसलाई भोजपुरी भाषामा ‘हरवत’ भनिन्छ । हरवत भूमिपूजाको नै एक रूप हो । हरवतको दिन हलोगोरुले मुख्यत: खलिहान जस्तो ठाउँमा जोतिन्छ तथा धर्तीमाता ब्यूँतेको खुशियालीमा सिर्नी (भिजाएको चामलमा गुड मिसाइ तयार पारिएको प्रसाद विशेष) बाँडिन्छ । यसै दिन कृषि ज्यावलहरूलाई कामीको आरनमा लगेर तीखो तथा धारदार बनाइन्छ । गर्मीयाममा लगाइने बालीहरूका लागि खेतलाई खनजोत गर्नका लागि ज्यावलहरू तम्तयार राख्नै पर्दछ । यस कामका लागि कामीलाई ज्यालाबाहेक दक्षिणा पनि दिन आवश्यक हुन्छ । श्रीपञ्चमीकै दिन गृहस्थहरूले बसन्त आगमनको सुखद उपलक्ष्यमा आफ्ना कुलदेवतालाई अबिर, मसालाहरू चढाउने परम्परा रहेको छ । बसन्त आगमनका साथै सुख, शान्ति तथा समृद्धिका लागि देवीदेउताहरूलाई आह्वान, निमन्त्रण पनि गर्न आवश्यक छ ।