आधुनिकताले गाँज्दै ल्याएपछि हामीले आफ्ना चाडपर्वहरूको महत्त्वलाई कम पार्दै लगेका छौं । चाडपर्व भनेपछि रमाइलो गर्ने, आफन्तसँग भेटघाट गर्ने, एक छिनको लागि भएपनि दु:ख बिर्सेर आनन्दको साँस फेर्ने अवसर हो । तर चाडपर्वमा विकृति मिसिएपछि, पश्चिमा शैलीको अनुकरण गरेपछि निश्चय नै चाडपर्वप्रति मानिसमा वितृष्णा उत्पन्न हुन्छ । आफ्नो परम्परा र संस्कृतिलाई त्यही रूपमा मनाउँदा चाडपर्वले आनन्द र मनोरञ्जनमात्र दिन्छ भन्ने कुरा अहिले पर्सा जिल्लाको सुवर्णपुरमा देखिएको छ । तामाङ जातिको नयाँ वर्ष ल्होसार अहिले सुवर्णपुरमा मनाइँदै छ । यसो त ल्होसार प्रत्येक वर्ष मनाइन्थ्यो तर यसपटक विशेषरूपमा मनाइँदै छ किनकि सुवर्णपुरका छोरा नेपालका प्रसिद्ध पप गायक निमा रूम्बा ल्होसार पर्व मनाउन अहिले सुवर्णपुर आएका छन् । उनका साथ उनका सहकर्मी गायकहरू भरत सिटौला, अविनाश घिमिरे, इन्द्रा गोलेलगायतले सुवर्णपुर, निर्मलबस्ती तथा ठोरी क्षेत्रलाई ल्होसारमय बनाएका छन् । सुवर्णमा जन्मे–हुर्केका निमा रूम्बा आफ्ना स·ी–साथीका साथ ल्होसार मनाउन आएका छन् । यसबाट सो क्षेत्र मनोरञ्जनमय बनेको छ, त्यसले गरिमा पाएको छ ।
चाडपर्वमा आफ्नो गाउँ–घर आउनु स्वाभाविक कुरा हो । तर निमाजस्ता लोकप्रिय तथा व्यस्त कलाकार राजधानीको सुख–सुविधा छाडेर अनकन्टार गाउँमा पुग्दछन् भने त्यसले विशेष महत्त्व राख्दछ । चाडपर्व मनाउने मानसिकता नहुँदो हो भने स्टार बनेका निमाको स·त गाउँलेले पाउन सक्दैनथे । यो त भयो निमाको आफ्नो गाउँघरमा बालपनका स·ी–साथी तथा परिवारजन तथा आफन्तका साथ पर्व मनाउने चाहना । साथै निम्बाले आफू गाउँप्रति ऋणि रहेको भन्दै गाउँका लागि धेरै थोक दिन खोजेका छन् । उनले गाउँलाई स·ीतमय बनाइदिएर, गाउँलेलाई छमछमी नचाएको कुरा त छँदैछ, गाउँको विद्यालयमा पुस्तकालय खोल्ने पनि वचनबद्धता गरेका छन् । गाउँले पाएको यस उपलब्धिका लागि चाडपर्वलाई श्रेय दिन सकिन्छ । निम्बाले गर्दा नै होला यस पालि ल्होसार साताभरि मनाउने अठोट गर्दै गाउँले तामाङहरूमा ‘तामाङ भाषा, वेशभूषा र संस्कृतिको संरक्षण गरौं’ भन्ने नारा लगाएर आफ्नो परम्परा, संस्कृति, भाषा, पहिरनको विशिष्टताको जर्गेना गर्ने मानसिकता जाग्यो ।
आफ्नोपन सबैलाई प्रिय हुन्छ । नेपालमा बस्ने भारतीयहरूले मनाएको गणतन्त्र दिवस होस् अथवा सुवर्णपुरमा तामाङहरूले मनाएको ल्होसार होस् । यस्ता चाडपर्वहरूको मौलिकतालाई हराउन नदिने हो, विकृति आउन नदिने हो भने सांस्कृतिक क्षण मानिसलाई जहिले पनि नयाँ ऊर्जा दिने अवसर हो । तर यसका लागि चाडपर्वलाई भार नबनाएर, सकी नसकी हैसियतभन्दा बढी आडम्बर देखाउने अवसरका रूपमा नलिएर, स्वाभाविक उत्साह तथा हर्षका साथ सम्पन्न गर्ने हो भने मानिस मनोग्रन्थिमुक्त हुन्छ । नेपाली भूभागमा मनाइने दशैं, तिहार, होली, छठ आदि पर्वहरूले दिन खोजेको सन्देश यही हो । सक्नेले यस्ता अवसरहरूमा समाज, गाउँ र शहरका लागि केही दिन सक्नु, नसक्नेले सार्वजनिक उपलब्धिका लागि होस्टेमा हैंसे गर्नु नै संस्कृति हो । संस्कृति आपसी हितअहितको कुरामा सबैको सरोकार हुनुको नाम हो । जोसँग जे छ, त्यसलाई समाजमा मिलीबाँटी उपभोग गर्नुको नाम नै संस्कृति हो । आफ्नो सुख र अरूको दु:ख बाँड्नु नै संस्कृति हो ।