इस्लामाबाद, २ माघ/एपी
आतड्ढवादबाट मुलुकलाई शिथिल बनाउन प्रयासरत पाकिस्तानी तालिबानी उच्चस्तरीय नेताको अमेरिकाद्वारा हालै गरिएको हवाई आक्रमणमा मृत्यु भएको गुप्तचर अधिकारले आइतवार जनाएको छ ।
पूर्वी पाकिस्तानको मध्यभागमा आइतवार शिया मुसलमान धार्मिक समूहको यात्रामा एक बम विस्फोट गराई १४ व्यक्तिको हत्या भएको दिनमैं यस हवाई आक्रमणको समाचार प्राप्त भएको उल्लेख गरिएको छ ।
तालिबानीले गोप्यरूपमा वायरलेस सेटबाट एक आपसमा कुरा गरी उनका नेता हाकिमुल्लाह महसुद कसरी मारिए भन्ने चर्चा गरेको पाकिस्तानी गुप्तचर अधिकारीहरूले सुनेको समाचारमा उल्लेख छ ।
तालिबानीको यस कुराकानीमा नेता महसुद अफगानिस्तान सीमानजिक पर्ने उत्तरी वजिरिस्तानमा जनवरी १२ का दिन मारिएको चर्चा भएको समाचारमा उल्लेख गरिएको थियो ।
महसुद वजिरिस्तानमा एक बैठकलाई सम्बोधन गर्न वेश बदलेर यात्रा गरिररहेका बखत मारिएका जनाइएको छ ।
वायरलेस सेटको कुराकानीमा केही तालिबानी आतड्ढकारीले पनि महसुद मारिएका पुष्टि गरेको तर एकले यसलाई छोप्न खोजेको पनि गुप्तचर स्रोतले प्रस्ट पारेको छ ।
गुप्तचर अधिकारीहरूले आफ्नो नाम नबताउने शर्तमा महसुद मारिएको संवाददातालाई जनाएका थिए ।
पाकिस्तानी तालिबानी प्रवक्ता आसिमुल्लाह महसुदले आफ्ना समूह नेता मारिएको अस्वीकार गर्दै हवाई आक्रमण भएको क्षेत्रमा महसुद नभएको दाबी गरेका छन् । रासस