रोम, ३ माघ/एएफपी
इटलीको एक द्वीपनजिकै गत शुक्रवार पर्यटक जहाज डुब्दा हराएका यात्रुको खोज जारी रहेको इटलीका अधिकारीहरूले जनाएका छन् ।
करिब चार हजार यात्रुको उद्धार गरिएको भएपनि जहाज डुब्दा हराएका अझै २९ जनाको अवस्था भने अज्ञात नै रहेको समाचारमा जनाइएका छ । उद्धार कार्यमा खटेका अधिकारीका अनुसार आज थप दुईजना यात्रुको शव भेटिएको छ । यसपछि सो विमानमा हराएका नागरिकमध्ये सातजनाको मृत्यु भएको पुष्टि भएको छ ।
सो जहाजमा डुबेर सोही दिनमात्र तीन व्यक्तिको मृत्यु भएको थियो । उद्धारकर्मीले अहिलेसम्म २९ जना हराएको जनाएका छन् । तर अझैपनि हराइरहेका पर्यटकको सङ्ख्याबारे निश्चित नभएको उनीहरूको भनाइ छ ।
ग्रोसेटोका एक उच्च अधिकारी गुइसेपे लिन्दार्दीले सात व्यक्तिको मृत्यु भएको पुष्टि भएको बताए । यात्रुको उद्धार कार्य सञ्चालन भइरहेको अवस्थामा मृतकको सङ्ख्या यकिन हुन कठिनाइ भएको उनले बताए ।
कोस्टा कोनकोर्डिया नाम गरेको उक्त जहाज भूमध्यसागरीय यात्रामा रहेको र इसोला डेल गिग्लियो नजिकै शुक्रवार मुगाको पहाडमा ठक्कर खाएको बताइएको छ ।
जहाज दुर्घटनामा परेको थाहा भएपछि धेरै व्यक्ति समुद्रमा हाम फालेको र यसैले केहीलाई उद्धार गर्न नसकिएको हुन सक्ने उल्लेख गरे । हामफालेकामध्ये नै धेरै हराइरहेका हुन सक्ने उद्धारकर्मीहरूको भनाइ छ ।
उक्त जहाजमा इटलीका करिब एक हजार यात्रु, जर्मनीका ५०० यात्रु तथा फ्रान्सका १६० यात्रु रहेको बताइएको छ । जहाजमा ५८ वटा बाल्कोनी भएका कोठा छन् । इटलीका समुद्री सुरक्षासम्बन्धी निकायका प्रमुख म्याक्रो बु्रसकोले हराएका पर्यटक भेटिने निकै क्षीण सम्भावना रहेको आज जानकारी दिएका छन् । उनका अनुसार हराएका २९ जनामा चारजना जहाजका कर्मचारी र २५ जना पर्यटक रहेका छन् । पर्यटकमा सबैभन्दा बढी जर्मनीका रहेका छन् ।
जर्मन अधिकारीहरूले सो जहाजमा अझैपनि १० जना जर्मन नागरिक हराएका बताएका छन् । साथै सो दुर्घटनामा २ जना अमेरिकाली नागरिक पनि रहेको जानकारी दिइएको छ । रासस