उपेन्द्र यादव, बारा, ११ पुस/
शिक्षामन्त्री दिनानाथ शर्माले केही दिन पहिले पौष महिनाको ‘शिक्षक’ मासिक पत्रिकामा पिसिएफ शिक्षकहरूलाई बुल्डोजर लगाएर वा पेट्रोल हालेर नष्ट गर्नुपर्ने दिएको अभिव्यक्तिको विरोधमा पिसिएफ शिक्षकहरू आन्दोलित भएका छन्।
मन्त्री शर्माको विरोधमा बारामा सोमवार निकालिएको विरोधर्याली भरत चोकमा पुगी कोणसभामा परिणत भएको थियो। नेपाल शिक्षक युनियन बाराका अध्यक्ष देवेन्द्र गिरीले राजनीतिक दलहरूको दोहोरो नीतिका कारण देशमा शिक्षकहरूमाथि अन्याय हुँदै आएको बताएका थिए।
गिरीले मन्त्री शर्मा आफैं शिक्षकबाट राजनीतिमा आएको हुनाले उनले शिक्षकहरूबारे दिएको अभिव्यक्ति गैरजिम्मेवार भएकोले उनले
राजीनामा दिनुपर्छ बताए। सरकारी नीतिका कारण शिक्षकहरू सधैं कुनै न कुनैरूपले आन्दोलनमा रहेपनि
उनीहरूले इमानदारी साथ विद्यार्थीहरूलाई अध्यापन गराउने काम गर्दै आएको
बताए।
कोणसभामा नेपाल राष्ट्रिय शिक्षक परिषद्का ब्रजकिशोर मिश्र, शैक्षिक गणतान्त्रिक मञ्चका पवनकुमार सिंह, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङगठनका प्रतिनिधीहरूले शर्माको गैरजिम्मेवार अभिव्यक्तिको विरोध गरेका थिए।