जीतलाल श्रेष्ठ, निजगढ, ११ पुस/
लोकमार्ग अन्तर्गतका पुलहरूको अवस्था जीर्ण हुँदै गएको पुलको हालको अवस्थाले देखाउँछ । ढलान गरिएका पुलहरूको बिमहरूमा फलामे छड देखिने क्रम केही वर्ष यता बढ्दै गएपछि पुल सड्ढटको घेरामा पर्दै गएको हो ।
पुलहरूको भारवहन गर्न सक्ने क्षमताभन्दा बढी भार बोकेका टिपर, लहरी, मालवाहक ट्रकहरू पुलबाट ओसारपसार गर्ने गरेपछि पुलको सिमेन्टेड ढलान फुट्दै बिमका छडहरू देखिएका छन् । कुनै पनि निर्माण कार्य भवन, पुल वा अन्य ढलान निर्माण कार्यमा प्रयोग गरिएका फलामे छडहरू देखिनु र यतिकै छोडिनु त्यस संरचनाको आयु समयभन्दा चाँडै घटाउनु रहेको सिभिल प्राविधिकहरू बताउँछन् । यदि यस्तो देखिए वा पाइए सकभर चाँडै नै ढलान नभए पनि प्लास्टर गरी छोपिदिंदा हावाले फलाम वा छड खिइनबाट बचाउन मदत पुग्ने प्राविधिकहरू बताउँछन् ।
लोकमार्ग अन्तर्गत सडकखण्डमा रहेका अधिकांश पुलहरू झण्डै ८/१० वर्ष यतादेखि क्रसर उद्योगको रोडा, गिट्टी सरकारले तोकेको क्षमताभन्दा बढी लोड गर्दै दैनिक सयौं टिपरको प्रयोग हुँदै आएपछि पुल सड्ढटमा परेको जानकारहरू बताउँछन् ।
वन–वे रूपमा पुल पार गर्नुपर्ने मापदण्ड अनुसार डिजाइन गरिएका पुलहरूमा ४० देखि ७० टन भार भएको दर्जनौं टिपर एवं १०/१२/१४ चक्के मालवाहक ट्रकहरू गुड् थालेपछि पुलहरू जीर्ण बन्दै गएको हो । पुलको बेलैमा मर्मतसम्भार नगर्दा, खाल्टाखुल्टी नपुर्दा थर्किएर पुलको तल्लो भागहरूमा रहेका बिम, स्ल्याबको ढलान उप्किंदै झर्ने क्रम बढेको हो ।
सम्बन्धित निकायले बेलैमा ध्यान नदिए र कार्य अघि नबढाए लोकमार्गमा रहेका अधिकांश छोटा वा लामा
पुलहरू भत्किने सम्भावना नजिकिंदै जाने देखिन्छ ।