प्रस, कलैया, १३ पुस/
बारा, सिमरा–६ औराहामा मङगलवार अज्ञात हतियारधारी डाँका समूहले तीन लाख रुपियाँ लुटेर लगेको छ। डाँका समूहले स्थानीय मुकुन्द पौडेलको नगद रु. दुई लाख र तिलक सुवेदीको नगद रु. १ लाख लुटेर लगेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ। डाँका समूहको प्रतिकारमा स्थानीय आधा दर्जन व्यक्ति घाइते भएका छन्। जसमध्ये दुईजना गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा २२ वर्षीय बिन्दु सुवेदी, १६ वर्षीय मदन सापकोटा, २० वर्षीय गोकुल पौडेल, १८ वर्षीया यशोदा पौडेल, ३० वर्षीया मञ्जु सुवेदी, ८७ वर्षीया वृद्धा हरीकला सुवेदी र ४५ वर्षीय मुक्ति पौडेल रहेका छन्। घाइतेहरूको उपचार नेशनल मेडिकल कलेज वीरगंजमा भइरहेको छ। घाइतेमध्ये मञ्जु सुवेदी र मुक्ति पौडेललाई थप उपचारका लागि काठमाडौं लगिएको छ। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
१५/२० जनाको सङ्ख्यामा आएको हतियारधारी डाँका समूहले उनीहरूको घरमा लुटपाट गरेको प्रहरीले
जनाएको छ। डाँकाहरूले खुकुरी, बन्दूक, बन्चरो प्रहार गरेका थिए। गोलीको छर्रा लागी चुडामणि पौडेल घाइते
भएका छन्। प्रहरीले अनुसन्धानका
लागि स्थानीय १० जनालाई पक्राउ गरेको छ।