समाजमा सद्भाव, सहयोगको स्थापना र समाजोन्नतिका लागि दण्ड र पुरस्कारको व्यवस्था अति नै आवश्यक मानिएको छ। यसको निरन्तर अभ्यासले साधन–स्रोतविहीन समाजलाई पनि सानो अवधिमा उन्नतिको चुचुरोमा पुर्याउन सकिन्छ। किनकि मानवको स्वभाव हो गल्तीप्रति शीघ्र लहसिनु र असल आचरण पन्छाउँदै जानु। यसरी एउटा गल्ती गर्ने बित्तिकै यथायोग्य दण्डको व्यवस्था र कसैले कुनै राम्रो काम गरेको छ भने त्यसलाई पुरस्कृत गर्दा समाजमा गलत कामप्रति भय हुन्छ भने असल कामका लागि प्रेरणा प्राप्त हुन्छ। हामीले देखेको र भोगि पनि रहेको कुरा के हो भने हाम्रो समाज आज दुई दशकदेखि सङ्क्रणकालबाट गुज्रिरहेको छ । लामो सङ्क्रमणकालले समाजको रीतिथीति र मर्यादा भङग गरिदिएको छ, जहाँ पनि जता पनि जसमा पनि अराजक सोच हावी छ। यसो हुनुमा विभिन्न कारणले सङ्क्रमणले प्रोत्साहन पाउनु नै हो । गलत गर्नेलाई समाज, राज्य वा कानुनको भय रहँदैन, राज्यले उसलाई दण्डित गर्न सक्दैन भने सबैमा व्यक्तिगत वा साङगठनिक शक्तिको भरमा अराजकता फैलाउने मानसिकता उत्पन्न हुन्छ।
अर्को कुरा के पनि छ भने मानिस जति छिटो नराम्रो काम सिक्छ असल काममा प्रवृत्त हुन उसलाई समय लाग्छ । असल कामको अर्थ हो केही न केही मात्रामा व्यक्तिगत स्वार्थको त्याग र सार्वजनिक हितको रक्षा। जब समाजसँग व्यक्तिलाई कुनै हानि वा लाभ (दण्ड र पुरस्कार) प्राप्त हुँदैन भने उसले किन सार्वजनिक हितका लागि व्यक्तिगत लाभ त्याग्ने ? मानिस अल्पकालीन भएपनि लाभ नै खोज्दछ । तसर्थ उसलाई सार्वजनिक हित पनि प्रकारान्तरले व्यक्तिगत हित साधनको बलियो उपाय हो भन्ने ज्ञान हुँदैन। एउटा सानै उदाहरण लिउँ। हामीकहाँ सार्वजनिक स्थलमा दिसा–पिसाब गर्ने बानी छ। मानिसले घरमा चर्पी बनाउँदैन किनकि उसलाई लाग्दछ, जब सित्तैमा काम चलिरहेको छ भने किन चर्पी बनाएर पैसा नाश गर्ने ? तर उसमा यो ज्ञान भइदिएको भए कि आज व्यक्ति–व्यक्तिले सार्वजनिक स्थल सफा पार्ने दायित्व लिने हो भने समाजको जनस्वास्थ्य धेरै उच्च रहन्छ। यसले व्यक्ति र राज्यको उपचारमा लाग्ने खर्च कम हुन्छ।
ज्ञान स्वत:स्फूर्त हुन्छ र कहिले सिकाउनु पनि पर्छ। सिकाएर मान्दैन भने दण्डित गर्नुपर्छ । जसले सार्वजनिक हितका लागि आफ्नो स्वार्थ त्याग गरेको छ त्यस्तालाई बेला–बेलामा पुरस्कृत पनि गर्नुपर्छ जसले उसको मनोबल त उच्च हुन्छ नै अरूलाई पनि त्याग गर्ने उत्प्रेरणा प्राप्त हुन्छ । चर्पी नबनाउनु, खुला ठाउँमा दिसा–पिसाब विसर्जन गर्नु हाम्रो समाजमा सामान्य कुरा हो। यसमा अज्ञानता र उद्दण्डता दुवै सामेल छ। जसमा ज्ञान छैन उसलाई सिकाएर र जसमा उद्दण्डता छ, उसलाई दण्डित गरेर तथा सजग नागरिकलाई पुरस्कृत गरेर यस बानीमा सुधार ल्याउन सकिन्छ। अचेल थुप्रै गाविसहरूले आफ्नो क्षेत्रलाई खुला दिसा–पिसाब मुक्त क्षेत्र घोषित गरेका छन्। केही जिल्लाहरू पनि खुला दिसा–पिसाबमुक्त क्षेत्र घोषित गरिएका छन्। त्यहाँको वस्तुस्थितिको अध्ययन गर्दा सिकाइ र दण्ड व्यवस्थाले सो अवस्था सिर्जना भएको स्पष्ट देख्न सकिन्छ। बाराको धर्मपुर गाविसमा चर्पी बनाउने ३० जनालाई पुरस्कृत गरेर सार्वजनिक हितमा अग्रसर रहन प्रोत्साहित गरिएको कार्यले निश्चय नै त्यो गाउँ सफा र सभ्य बन्नेछ।