उपेन्द्र यादव, बारा, १२ पुस/
जिल्ला विकास समिति बारामा आठ राजनीतिक दलका युवा सङगठनले बितेको शुक्रवारदेखि गरेको तालाबन्दी बुधवारदेखि खोल्ने सहमति भएको छ।
आठ युवा सङगठनका प्रतिनिधिहरू र बारा प्रमुख जिल्ला अधिकारी वसन्तकुमार उपाध्यायबीच प्रजिअकै कार्य कक्षमा आज बेलुकी भएको छलफलपछि ताला खोल्ने सहमति भएको हो।
युवा सङगठनहरूले अगाडि सारेका पाँच सूत्रीय माग पूरा गराउनेबारे प्रजिअ उपाध्यायले प्रतिबद्धता जनाएपछि ताला खोल्न युवाहरू राजी भएका हुन्। युवा सङगठनहरूले शुक्रवार बुझाएको पाँच सूत्रीय मागमा निलम्बनमा परेका जिविस बाराका मेघु जयसवाललाई जिविसमा प्रवेश निषेध गर्नुपर्ने, निजको कोठामा भएका सम्पूर्ण कागजपत्र जफ्त गर्ने, जिविस सुचारु सञ्चालन हुनुपर्ने तथा जिविसका अन्य कर्मचारीलाई भयरहित वातावरणमा काम गर्न पाउनु पर्ने माग समेटिएका थिए।
सरकारी तलब भत्ता खाएका कुनै पनि कर्मचारीले राष्ट्र र जनताको सेवकको रूपमा काम नगरी लापरवाही गरे कडा कारबाई गर्न पछि नपर्ने प्रजिअ उपाध्यायले छलफलका क्रममा बताएको सहभागी युवा नेता ध्रुव यादवले बताएका छन्।