पूर्व–पश्चिम राजमार्गका पुल–पुलेसाहरू जीर्ण बन्दै गइरहेका छन्। लामो समयसम्म उचित रेखदेख नहुनु, निर्धारित क्षमताभन्दा बढी भारवहन गर्नु आदि कारणले ठूला–ठूला पुलहरूका ढलान भत्कन लागेका छन् जसले गर्दा बाहिरी हावा र पानीको सम्पर्कले फलाममा खिया देखा पर्न थालेको छ। ढलान विस्तारै भत्कँदै जानु र फलाममा खिया लाग्नुले पुलहरूको आयु निकै कम पारिदिन्छ। विभिन्न मित्रराष्ट्रहरूको सहयोगबाट तीस वर्षभन्दा पहिले निर्मित यी पुलहरू खसे भने राष्ट्रको वर्तमान हैसियतले तिनको निर्माण सम्भव छैन र मरम्मत र निर्माणका लागि पनि कुनै दाताकै मुख ताक्नुपर्ने बाध्यता आउन सक्छ। राष्ट्रको हैसियतको कुरा गर्ने हो भने त भत्केका सडक त मरम्मत गर्न सक्दैन भने पुल नै भत्कियो भने पुन: निर्माणको के अवस्था होला ? फेरि पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि ढल्केबरसम्म खण्ड बनाउने तत्कालीन सोभियत सङ्घ अब अस्तित्वमा पनि छैन । बाध्यतावश दातृ राष्ट्रले पुन: निर्माण अथवा मरम्मत गराइ नै दिने हो भने पनि जुन राष्ट्र अब छँदैछैन उसले कहाँबाट बनाइदिने ?
अङ्ग्रेजीमा एउटा उखान छ–स्टिच इन टाइम सेभ्स नाइन। कुनै काम बिग्रेपछि बनाउँदा दस रुपियाँ खर्च पर्छ भने त्यसको समयमा मरम्मत गरेर ९ रुपियाँ जोगाउन सकिन्छ। हामीकहाँ पनि भनिएकै छ कुनै काम समयमा गर्नुपर्छ। समय बितिसकेपछि गरेको कामको कुनै महत्त्व हुँदैन। राजमार्गका पुलहरूको अहिले नै मरम्मत नगरेर फलामहरू भित्रभित्रसम्म मर्किइसकेपछि जति गरे पनि केही सीप लाग्दैन। त्यो अवस्था भनेको पुन: निर्माण गर्नुपर्ने हुन्छ । कुरा राजमार्गसम्मको मात्र होइन। गण्डक नहरजस्तो अति संवेदनशील क्षेत्रको सर्भिस रोडमा रहेका पुललगायत साइफन र एक्वेडक्टहरूमा पनि चिरा परिसकेको छ, कंक्रिटका संरचनाहरू भत्किन लागको बर्सौं भइसकेको छ, तर जति कराउँदा पनि सम्बन्धित निकायको कानमा आजसम्म कुनै आवाज पुग्न सकेको छैन। मरम्मत गर्नु त कता हो कता स्थानीय जनताको हित हेर्न स्थापित स्थानीय निकाय जिल्ला विकास समितिले उल्टै गण्डक नहरको सर्भिसरोडमा बस, ट्रक, टयाक्टरलगायत हेभी सवारीसाधन चलाउन दिएर नहरको आयु समाप्त पार्न थालेको छ।
हामीकहाँ लापरवाही धेरै छ, तर यस्तो कुरामा लापरवाही हुनु भनेको लापरवाहीले हद पार गर्नु हो। देशप्रति पटक्कै माया नभएको हो। अझ मानिस नहुनुको विशेषता नै हो भने पनि हुन्छ। हामीले देखेका छौं भारतमा अङ्ग्रेजहरूले लामो समयसम्म शासन गरे। भारत उनीहरूको देश थिएन, तर पनि उनीहरूले भारतमा भौतिक संरचनाहरूको निर्माण गरे, मरम्मत–सम्भार गरे। किनकि उनीहरूलाई थाहा थियो यी संरचनाहरू भएनन् भने उनकै स्वार्थ सिद्ध हुन सक्दैनथ्यो । आफ्नै स्वार्थका भएपनि उनीहरूले भारतको निर्माणमा सहयोग त गरे। तर नेपाली नेता, कर्मचारीहरूमा अङ्ग्रेजले उपनिवेश भारतलाई गरेजतिको माया पनि आफ्नो देशप्रति छैन। यस्तोमा देशले उन्नति त गर्दैन गर्दैन, यी भनाउदा नेता तथा उच्च पदस्थ कर्मचारीहरू पनि मानिस सम्बोधन गरिने खालका प्राणी होइनन् भन्ने बुझिन्छ। जसले आफ्नो देशको, आफ्नो सन्ततिको स्वार्थ चिन्न सक्दैन जो आफैं कमाऊँ, आफैं खाऊँ, आफूले आर्जन गरेको मृत्युपछि आफैं लग्छौं भन्ने भ्रममा परेका छन् तिनबाट देश र जनताले के आश गर्ने ? मानिसको पुरुषार्थ आफ्नो समाज, देशका योगदान दिनुमा छ। अन्यथा भोलि उनकै सन्ततिले सत्तोसराप गर्नेछन्।