प्रस, वीरगंज, १४ पुस/
नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले जनताको हक अधिकार र प्रजातन्त्रसँग माओवादीले खेलवाड गरे ऊपनि राणा र राजाजस्तै समाप्त भएरजाने बताएका छन्।
नेपाल टेलिकम वर्कर्स युनियनको दोस्रो केन्द्रीय परिषद्को आज वीरगंजमा उद्घाटन गर्दै सभापति कोइरालाले
नेपाली काङ्ग्रेस सदैव जनता र प्रजातन्त्रको लागि लड्दै आएको र जनताको लागि १०४ वर्षको जहानियाँ राणा शासन र २४० वर्षको राजशाही शासनको अन्त गरेको हुँदा माओवादीले जनता र प्रजातन्त्रविरुद्ध कार्य गरे
उसको पनि अवसान हुने चेतावनी दिए।
सभापति कोइरालाले माओवादीको बोलीमा विश्वास नभएको र उसले बोलेको कुरा कार्यान्वयन गराउन नसकेको बताए। उनले माओवादी १२ बुँदे सहमति पालना गर्नेतर्फ इमानदार नरहेको बताए । नेपाली काङ्ग्रेस जे बोल्झ सो गर्छ त्यसैले बोल्दाखेरी सोचेर बोल्झ भन्दै
सभापति कोइरालाले काङ्ग्रेसलाई सङ्घीयता विरोधी भनेर प्रचार
गरिएपनि वास्तवमा काङ्ग्रेस
सङ्घीयता विरोधी नभएको बताए। उनले मुलुकले अमन चयन र शान्ति र लोकतान्त्रिक संविधान तथा सङ्घीयता खोजेको हुँदा कति प्रान्त बनाउँदा
आर्थिक व्यवहार वहन गर्न सकिन्छ भन्ने विषयमा गम्भीर विचार गरिरहेको
बताए।
उद्घाटन सत्रमा नेपाली
काङ्ग्रेसका केन्द्रीय सदस्य डा.
मीनेन्द्र रिजालले शान्ति प्रक्रिया माओवादीको कारण अल्मलिएको
बताए। उनले माओवादी पार्टीभित्रको नाटकीय झगडाले अल्मलाउने काम मात्र भएको बताउँदै नेपाली काङ्ग्रेस शान्ति प्रक्रियामा हस्ताक्षरको लागि तयार रहेको बताएका थिए।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसिया, महम्मद आफताब आलम, कृष्णा यादवले नेपाल टेलिकमले आफ्नो विश्वास जोगाउने काम गर्नुपर्ने सुझाएका थिए। उनीहरूले गुणस्तरमा सुधार गरेर ग्राहकलाई सेवा प्रदान गर्ने कार्यमा टेलिकमले अझ बढी सोच्नुपर्ने बताए। त्यस्तै नेपाली काङ्ग्रेस पर्साका सभापति सुरेन्द्र चौधरीले राष्ट्रिय नीतिमा ध्यान नदिएको कारण टेलिकमजस्तो मुनाफा हुने संस्था डुब्दै गएकोतर्फ ध्यानाकर्षण गराएका थिए।
उद्घाटन सत्रमा सभासद् अजय द्विवेदी, ओमप्रकाश शर्मा, रामेश्वर रौनियार, नेपाली काङ्ग्रेसका पूर्व केन्द्रीय सदस्य फरमुल्लाह मंसुरले टेलिकमको सुधारको लागि सुझाव दिएका थिए। टेलिकमका नायब महाप्रबन्धक रामेश्वर कर्माचार्यले टेलिकम प्रतिस्पर्धामा रहेको भएपनि हालको दिनसम्म वार्षिक १३ अर्ब मुनाफामा रहेको र यसले आफ्नो सेवा अझै विस्तार गर्दै गए भविष्यमा पनि मुनाफा गर्ने बताएका थिए। कर्माचार्यले टेलिकमको मात्र ७५ जिल्लामा सेवा रहेको र हाल ७८ लाख ग्राहक रहेकामा आगामी तीन वर्षमा सेवा विस्तार गरेर दोब्बर गर्ने योजना रहेको बताएका थिए।
उद्घाटन सत्रमा विभिन्न ट्रेड युनियनका पदाधिकारीहरूले टेलिकमको प्रगतिमा नेता, मन्त्रीहरूले बाधा पुर्याइरहेका टिप्पणी गरेका थिए। उनीहरूले अन्य प्रतिस्पर्धीलाई सघाउ पुग्ने र टेलिकमलाई घाटा हुने कार्यमा मन्त्रीहरू लागेका आरोप लगाएका थिए । युनियनका अध्यक्ष मनिल ओझाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा क्षेत्रीय समितिका अध्यक्ष सुरेश रौनियारले स्वागत गरेका थिए। दुई दिनसम्म चल्ने कार्यक्रममा देशभरिका करिब एक हजार प्रतिनिधि पर्यवेक्षक सहभागी रहेको बताइएको
छ।