शत्रुघ्न नेपाल
पर्सा प्रहरीले भिओआइपी (भ्वाइस ओभर इन्टरनेट प्रोटोकल) कल बाइपासमा हालै चारजनालाई पक्राउ गरेपछि अहिले यो घटनाले वीरगंजलगायत देशभरमा चर्चा पाएको छ।
नेपाल टेलिकम, एनसेल र युटिएल नेपालका आधिकारिक नेपाल टेलिकम कम्पनीले सरकारलाई राजस्व तिरेर दिने सेवालाई इन्टरनेटमार्फत् छली गरेर आम्दानी गर्ने कार्यमा सक्रिय रहेका गिरोहहरूलाई राजधानीपछि वीरगंजमा मोबाइल सेवाको प्रयोग भएपछि पहिलोचोटी पक्राउ गरिएको हो। पक्राउ पर्नेमा वीरगंजमा चर्चित वीरगंज–४ का रञ्जीव पराजुलीसमेत आन्तरिक राजस्व कार्यालयका अस्थायी कर्मचारी त्रिजल सिंह, युवराज भट्टराई र कलैया नगरपालिका–५ का दिपेन्द्र यादव रहेका छन्।
वीरगंज–१० ब्यारेकपछाडि यो गिरोहले आजभन्दा तीन–चार वर्ष अगाडिदेखि कल बाइपासको काम गर्दै आएको थियो। वीरगंजमा कल बाइपासबारे व्यापक चर्चा–परिचर्चा भएपछि गिरोहका रञ्जीव पराजुली राजधानीबाट र दिपेन्द्र यादव, युवराज भट्टराई र त्रिजल सिंहले सीमावर्ती रक्सौल डङकन नजिकबाट यो अवैध सेवालाई निरन्तरता दिंदै आएका थिए । यसै क्रममा नेपाल नेपाल टेलिकमले खडा गरेको कल बाइपास इन्क्वायरी टोलीले वीरगंज क्षेत्रबाट कल बाइपासको काम भइरहेको ठम्याइ गरेपनि भारत, रक्सौल डङकनबाट सो सेवा प्रभावित भएको कारण टोलीले निर्धारित स्थानको पहिचान गर्न सकेको थिएन।
नेपाल टेलिकम क्षेत्रीय कार्यालय वीरगंजका प्रबन्धक देवनारायण यादवले एक वर्षअगाडि कल बाइपासबारे अनुसन्धान भइरहेको र हाल पर्सा प्रहरीको सहयोगमा यो गिरोहलाई पक्रन सफल भएको बताएका छन्। उनले आन्तरिक राजस्व कार्यालयका त्रिजल सिंह नेपाल टेलिकममा सिम खरिदको लागि आएपछि उनलाई निर्धारित रकम दिएर २ सयवटा सिम उपलब्ध गराएको र प्रहरीको सहयोगमा निगरानी बढाएपछि रक्सौलमा र राजधानीबाट सञ्चालित कल बाइपास सेवा रोक्न सकेको बताए । उनले कल बाइपासमार्फत् नेपाल टेलिकमलाई मात्र करोडौंको वार्षिक घाटा बेहोर्नुपरेको हुँदा यसको निगरानीको लागि छुट्टै युनिट बनाएर काम गरिरहेको बताए। कल बाइपास गर्ने समूहले नेपाल टेलिकमलाई लोकल कलबापतको रकम रिचार्जमार्फत् रकम बुझाउने र विदेशबाट आउने आइएसटिडीबापतको रकम आफूले बुझ्ने गरेको हुँदा टेलिकमलाई घाटा भइरहेको बताएका छन्।
के हो कल बाइपास ?
भिओआइपी (भ्वाइस ओभर इन्टरनेट प्रोटोकल) कल बाइपासलाई आजको दिनमा आइपी फोन पनि भनिन्छ । नेपाल टेलिकम, एनसेल र युटिएलले आफ्नो गेटवेमार्फत् विदेशमा र विदेशबाट नेपालमा कुरा गराउने गर्छन् । नेपालमा यी संस्थाहरूमात्र आधिकारिक हुन्। तर विदेशमा भिओआइपी सेवा जोकोहीले प्रयोग गर्न इजाजत पाएको हुन्छ। खासगरी नेपालमा कल बाइपास गर्नेहरूले सिङगापुर, बैङगक गेटवेबाट यस सेवाको दुरुपयोग गर्ने गरेको पाइएको छ।
एनटिसी, एनसेल र युटिएलको सिमकार्ड लिएर राउटरबाट कोडिङग गरी नेपालमा अवैधरूपले भिओआइपी सञ्चारकर्ताहरूले आफ्नो सिमकार्डलाई सिङगापुर वा बैंककमा सो सेवा प्रयोग गर्नेलाई दर्ता गराउँछन् र सिङगापुर, बैंकक गेटवेबाट विदेशी फोनहरू नेपाल आउँदा नेपालमा अवैधरूपले यो सेवा सञ्चालनकर्ताहरूले एनटिसी, एनसेल र युटिएललाई स्थानीय शुल्क मात्र तिरेर अन्तर्राष्ट्रिय शुल्कबापत हुने रकम सिङगापुर र बैंककबाट आफूले लिने गर्छन् । भिओआइपीको दुरुपयोग खासगरी राजधानीमा हुने गरेको क्षेत्रीय प्रबन्धक देवनारायण यादव बताउँछन्। वीरगंजमा एनटिसीको ५८ वटा सिमकार्डको अहिले दुरुपयोग भइरहेको छ। हरेकपटक राजधानीमा भिओआइपी घटना सार्वजनिक भएपछि नेपाल टेलिकमलाई करोडौं मुनाफा हुने उनी बताउँछन् ।
टेलिकमकै कर्मचारीको मिलेमतो
वीरगंजको सन्दर्भमा भिओआईपी सेवाको दुरुपयोग नौलो होइन। २०५६ सालमा तत्कालीन नेपाल दूरसञ्चार संस्थान वीरगंज शाखाका प्रमुख श्यामशुक्ल अधिकारी र वरिष्ठ इन्जिनियर आनन्द मिश्रले पिएसटिएन सेवामार्फत् कल बाइपास गर्ने गरेका थिए । त्यतिखेर पक्राउ परेपछि वरिष्ठ इन्जिनियर मिश्रको जागिर गुमेको थियो भने कार्यालय प्रमुख अधिकारी ५ ग्रेड घटुवामा परेका थिए। त्यस काण्डमा वीरगंजका चर्चित व्यक्तिहरू संलग्न भएका तर संस्थानले थप अनुसन्धान नगरेको कारण चोखिएका थिए। टेलिकमकै कर्मचारीको मिलेमतोमा यस्तो कार्य हुने गरेको मध्यमाञ्चल क्षेत्रीय प्रबन्धक यादव अस्वीकार गर्दैनन् । विगतका घटनाले यसको पुष्टि गरेपनि हालका दिनमा त्यस्तो नभएको र टेलिकम आफैंले व्यापक खोज अनुसन्धान गरिरहेको उनले दाबी गरेका छन्।