प्रस, वीरगंज, ११ पुस/
जिल्ला प्रहरी कार्यालय, पर्साले आज पत्रकार सम्मेलनको आयोजना गरी अवैधरूपमा कल बाइपास (भीओआइपी) सञ्चालनकर्ताहरूलाई पक्राउ गरेको सन्दर्भमा आज उनीहरूलाई सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय, पर्सामा आयोजित पत्रकार सम्मेलनमा अभियुक्तहरूलाई सार्वजनिक गर्ने क्रममा प्रनाउ दिवस लोहनीले वीरगंज–४ का रञ्जीव पराजुली, त्रिजल सिंह, युवराज भट्टराई र बारा जिल्ला कनपा–५ का दिपेन्द्रप्रसाद यादवलाई भिओआइपीको अवैध सञ्चालनमा पक्राउ गरिएको बताए। उनले रञ्जीव पराजुलीको काठमाडौं सुकेधारास्थित घरमा छापामारी गरेर नमस्ते नेपालको सिम निकाली प्रयोग गरी खाली अवस्थाको कार्ड ७४ वटा, एनसेलको ८८ वटा र एनसेलकै प्रयोग नगरिएको नयाँ सिमसहितको कार्ड २३, एनसेलको रिचार्ज गरेको रु. ३०० को २० थान, रु. १०० को २५८ र एनटिसीको रिचार्ज खाली कार्ड १००० को ९६ थान, लेनोभो कम्पनीको ल्यापटप १, फोर पोर्टको चारवटा सिम लाग्ने गेटवे १ थान, सिग्नल बेन्ड सेलुलर रिपिटर १, केबुल एन्टिना १, पावर एडप्टर ८, भिओआइपी उपकरण जोड्ने तार तथा एडप्टरहरू, १० थान चार्जर, ३ थान पावर केबुल, ५ थान नेटवर्क केबुल विभिन्न बैंकको एटीएम कार्ड ९ वटा, १५ थान चेकबुक, १९९ वटा एनटिसीको प्रयोग नभएको सिम र नगद ५५ हजार बरामद गरिएको बताए।
उनले सूचनाकै आधारमा भारतको रक्सौलमा छापामारी गरी भिओआइपी सम्बन्धी ठूलो परिमाणमा उपकरणहरू पक्राउ गरिएको र सो सम्बन्धमा भारतीय प्रहरीले कारबाई अगाडि बढाएको बताए ।
प्रनाउ लोहनीले पक्राउ परेका अभियुक्तहरूलाई नेपाल दूरसञ्चार ऐन २०५३ अनुसार कारबाई गरिने जानकारी दिए।