उपेन्द्र यादव, बारा, १० पुस/
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले निस्स्वार्थरूपमा पत्रकारितामा लाग्ने सञ्चारकर्मीले गलत क्रियाकलाप गर्ने जस्तोसुकै शक्तिलाई झुकाउन सक्छ भनेका छन्।
प्रेस युनियन बाराको पाँचौ साधारणसभाको उद्घाटन सत्रमा बोल्दै नेता केसीले देशमा प्रजातन्त्र आएको ६१ वर्ष बितिसक्दा पनि प्रजातन्त्र संस्थागत हुन नसकेको कारण देशको पत्रकारिता क्षेत्र जोखिममा रहेको बताए। अहिलेको परिस्थितिमा सबै दलहरू मिल्नुको विकल्प नरहेको भएपनि माओवादीले आफ्नो स्वार्थको लागि दलहरूबीच सामञ्जस्यता हुन नदिई देशमा अराजकता फैलाएको आरोप लगाएका थिए।
केसीका अनुसार ए. माओवादीसँग सरकार, लडाकू र बन्दुक तीनै शक्ति भएकोले उसले देशमा शान्ति र
संविधान निमार्णमा बाधा खडा गर्दै आएको छ।
प्रेस युनियन बाराका अध्यक्ष रवीन्द्र सिंहको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रको कार्यक्रममा नेपाली काङ्ग्रेस बारा सभापति राधेचन्द यादवले पत्रकारिता पेशा जोखिमपूर्ण भएपनि बाराका सञ्चारकर्मीहरूलाई निर्धक्क भएर कलम चलाउन आग्रह गरेका थिए।
उद्घाटन सत्रमा नेपाल प्रेस युनियनका महासचिव शिव लम्साल , नेपाल पत्रकार महासङ्घ बाराका अध्यक्ष लक्ष्मी साह, नेपाल प्रेस चौतारी बाराका अध्यक्ष सुभाषप्रसाद साह, वसन्त खतिवडा, उमेशलाल दास, लुकेश सिंह, गुरु बडाल, रञ्जित पटेल, बैजनाथ मधेसीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सञ्चालन सिकेन्द्र पासवानले र रमाकान्त साहले स्वागत गरेका थिए।
नेपाल प्रेस युनियन बाराले साधारणसभाको अवसरमा सञ्चारकर्मी रामेश्वर मेहता, विनोद प्याकुरेल, जयनारायण यादव, अजयराज गौतमलाई सम्मानित गरेको छ। युनियनका लागि महत्त्वपूर्ण योगदान दिएबापत उनीहरू सम्मानित भएका हुन् ।