सञ्जय साह ‘मित्र’
त्यतिबेला डा. बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेका थिएनन्। हामी सातजना बाबाधामको बाटोमा निस्किसकेका थियौं। साउनको पहिलो हप्ता थियो २०६६ को। एउटा बोलेरोमा हामी रौतहटको शिवनगरबाट बाबाधामको लागि प्रस्थान गर्दा आइतवारको ११ बजेर ५५ मिनेट गएको थियो। बाबाधाम भन्नेबित्तिकै यहाँबाट अन्दाजी ६ सयकिलोमिटर दक्षिण–पूर्वमा भारत झारखण्डको देवघर जिल्लामा अवस्थित देवघर नगरपालिकाको वैद्यनाथधाम भनेर सबैले बुझ्छन्। मध्य मधेसका हिन्दू मध्यमवर्गीय नागरिकका लागि अत्यन्त आकर्षणको केन्द्र बाबाधाम रहेको छ। उमेरले साथ दिने अवस्थाका हरेक मानिस त्यहाँ पुग्न चाहन्छन्। तीर्थाटनको यस्ता आकर्षण अन्य कुनै धार्मिकस्थलप्रति यस क्षेत्रमा पाइन्न। यसैले साउनदेखि असोज (दशैं)सम्म यस क्षेत्रका मानिसहरू उता गइरहन्छन्। उसो त पूर्वी नेपालका कुनाकुनाबाट गएका मानिसहरू पनि त्यहाँ भेटिन्छन्।
हामी निजी सवारी साधनमा थियौं । यो केही महँगो भए पनि निकै सजिलो हुन्छ। तीर्थ गर्न जाँदा तीर्थ गर्नलाई सजिलो, समयको बचत, आफूलाई मन लागेको ठाउँमा रोक्न सकिने, विश्राम गर्न मिल्ने र आवश्यकता अनुभव भएमा नयाँ ठाउँहरूतिर लैजान पनि सजिलो हुन्छ। निजी सवारीमा चाहे अनुसारको गीत सुन्न पाउने र मज्जाले गफ्फिन पाइन्छ। कहिलेकाहीं हास्यप्रधान गफ हुन्छ त कहिलेकाहीं गम्भीर विषयमा गफ हुन्छ। हामी मोतीहारी र मुजफ्फरपुरबीचको सडकमा जोडिन्छौं मुजफ्फरपुरतिर जानलाई। जब त्यो कालो, चिल्लो र फराकिलो सडकमा हाम्रो गाडी चिप्लिन थाल्छ तब सबै गफको विषयवस्तु त्यही सडक हुन थाल्छ।
बिहारमा सडक यातायातमा चमत्कार भएको छ। चमत्कार गर्ने व्यक्ति हुन् मुख्यमन्त्री नीतीशकुमार। नीतीशले आफ्नो थरलाई बिर्साइदिएका छन्। उनको नामोच्चरण हुनासाथ बिहारको कायापलटको कुरा सँगसँगै आउँछ। विकास र सुशासन नै सम्भवत: उनका थर बनेका छन्। आखिर थर भनेको पनि एउटा पहिचान नै हो नि, व्यक्तिको। यही थरले विशिष्टतातर्फ सङकेत गर्छ भने नीतीशको पर्यायवाची थरको रूपमा उनका उपलब्धि वा कार्यशैली वा विकास, सुशासन किन हुन सक्दैनन् ? यस्ता प्रश्नहरू एकापसमा चल्न थाल्छन्।
के भनिन्छ भने मधेसीहरू आफ्नो अवनतिभन्दा अरूको उन्नति देखेर बढी दु:खी हुने प्रवृत्तिका हुन्छन् रे। हाम्रो युवा टोली मधेसीको थियो। दु:खी हुनलाई अरूसित तुलना गर्नुपर्यो आफ्नो। बिहारको सडकमा चिप्लिइरहँदा एकजनाले ‘कवाफमा हड्डी’जस्तो हामीकहाँको सडकको कुरा ल्याइहाले। राजा भोजसँग गङ्गु तेलीको तुलना सधैं भइरहेजस्तै नमिल्ने भए पनि, कुरोमा चुरो मिलाउन भए पनि नीतीशकुमारको तुलना अर्कोले नेपालका नेताहरूसित गर्ने प्रस्ताव राखिहाले। बाटो कटाउनलाई गफ ठूलो सहयात्री हुँदोरहेछ। हाम्रो बोलेरोको ड्राइभर मुलसमान युवक भए पनि उतिसारो कट्टर भने थिएनन्। हामीले किनिदिएको ‘गेरुवा’ गन्जी र गम्छा लाएका थिए र हाम्रो गफमा पनि बेलाबेलामा सरिक भइहाल्थे। नेपालको नेतासित नीतीशको तुलना गर्नुपर्ने कुराले उनको कन्सिरीको रौं तातो भएछ। गाडीलाई साइड लगाएर उनी एक्कासि ‘सबैलाई ओर्लिन भन्छन्’। ‘नीतीशको तुलना नेपालका कुनै नेतासित गर्ने भए नीतीशलाई पनि नेपाली नेतासरह भनेजस्तो हुन्छ। यसकारण नेपाली नेता र नीतीशलाई बराबरी देख्नेले यो गाडीमा बस्न मिल्दैन। उनी ठाडो कुरा गर्छन्। एकछिन त हामी छक्क पर्छौं। सबैजना ओर्लिन्छौं। यात्रा केही लामो भइसकेको हुन्छ। बोलबमको नियमानुसार विधि पुर्याएर लघुशङका गर्छौ, जलग्रहण गर्छौं, पवित्र हुन्छौं अनि फेरि बस्छौं।
सडक झन् चिल्लो आउँछ। गाडीहरू आफूले चाहेको र सकेको गतिमा निर्वाध कुदिरहेका छन्। न धूलो न कहीं भत्केको र न कतै कुनै जाम नै। बजार क्षेत्रमा पनि सडक व्यवस्थित छ। हामी हुँइकिइरहेका छौं गाडीमा। फेरि कुरा आउँछ सडकको र नेपाली नेताको घुमीफिरी रुम्जाटार भनेझैं। सर्लाहीका एकजनाले कुरो उठाइहाल्छन्– नीतीशसित हाम्रो देशका नेतालाई साट्ने प्रस्ताव आयो भने कोसित साट्ने ?
अब बल्झियो फेरि पुरानै घाउ। हामी नीतीशदेखि खुसी छौं र आफ्ना नेताहरूदेखि दु:खी। पिलो फाल्न सोचेजस्तै आफ्ना नेताहरूलाई हाम्रा साथीहरूले किन फाल्न खोजेका होलान् ? अरूलाई फालेर आफू राजनीति गर्ने भए पो १ राजनीतिमा कसैको रुचि छैन। सबैजनामा एकजना मिस्त्री छन्, अर्को एकजना व्यापारी, एकजना एनजिओमा काम गर्छन्, एकजना आयुर्वेदतर्फ चिकित्सक छन्, एकजना उद्योगी छन्, अर्को एकजनाको पनि पसल नै छ र म परें शिक्षक। एकजना त ड्राइभर नै भइहाले। ड्राइभरबाहेक हाम्रो सातजनाको एउटा टोली बन्नु पनि आफैंमा सातौं आश्चर्यभन्दा कम थिएन। सबैजना आ–आफ्नो पेशामा जमिसकेकाले राजनीतिमा छलाङ लगाउने सोचाइमात्र पनि कसैको मनमा आउने सम्भावना थिएन। दिनरातको एकोहोरो परिश्रमबाट एक हप्ताको समय निकालेर सबैजना बाबाधामतिर मानसिकरूपले आराम गर्न र स्वाद पनि फेरिने तथा ठाउँ पनि हेरिने किसिमले निस्केका थियौं। यसमा पटक–पटक नीतीश र हाम्रा नेताहरूलाई दाँज्ने कुरो उठिरहेको छ।
यसलाई अस्वाभाविक मान्न पनि मिल्दैन। अरूसित तुलना नगर्दा आफू कहाँ छौं भन्ने कुरो थाहा हुँदो रहेन छ। सडकलाई देख्दा नीतीशजीको बहादुरीको कुरा उठ्छ। नीतीशजी नेता हुनुहुन्छ र हामीकहाँ पनि नेताहरू छन्। तुलना त भइ नै हाल्छ गुणावगुणको। अवगुणलाई गुणले जितेको राम्रो र गुणलाई अवगुणले जितेको नराम्रो भन्ने कुरो त सामान्य नै हो तर बहसमा नीतीशलाई जित्ने खालका कोही भेट्टिएनन्। तराजुको एउटा पल्लामा बिहारका नीतीश र अर्को पल्लामा हाम्रा नेताहरूलाई राखेर गुणावगुणको चर्चा गरेर तौलने काम हुन थाल्यो। हाम्रा नेताहरू क्रमश: हलुका पर्दै गए। अन्त्यमा पालोआयो डा. बाबुराम भट्टराईको।
राज्यविरुद्ध विप्लव र शान्ति प्रक्रिया तथा उनको अर्थमन्त्रीत्व सबैले देखेका थिए, भोगेका थिए। बाबुराम भट्टराईको तुलना गर्न अलि मिल्दैन कि भन्ने अमिलो कुरो पनि उठ्यो। कसैले कुरो उठाए– त्यत्रो हत्या, हिंसाको नेतृत्व गर्ने मान्छे पनि तिनै हुन्। विवाद फेरि बल्झियो–सुदिनका खातिर दुर्दिनसित लडाइँ गर्नैपर्छ । अँध्यारो त्यसै भाग्दैन। द्वन्द्वका घाउहरू धेरै छन्, त्यसका दुर्गुणहरू अनेक छन् तर गाउँका शोषक, सामन्त र जालीफटाहाहरूको मुटुमा त्यस बखत ढ्वाङ्ग्रो बजेको थियो। गरिबहरूको मनमा केही आशाको सञ्चार भएको थियो।
नेपाल गरिबहरूकै देश हो, जबसम्म गरिबहरूको आँसु पुछिदैन तबसम्म देशको मुहारमा उज्यालो आउँदैन भन्ने तर्क पनि उठ्यो। माओवादी आन्दोलनले बालिदिएको चेतनाको आलोकमा मधेसीहरूले आफ्नो अधिकार देखेका हुन् र मधेस विद्रोह भएको हो। यसले गर्दा मधेसीहरू नेपालमा दोस्रो दर्जाको नागरिकबाट माथि उठ्ने सपना देख्न थालेका हुन् जस्ता विचार पनि आयो। हो, मधेस विद्रोहमा पनि नराम्रा घटनाहरू धेरै घटेका छन्। आन्दोलन र विद्रोहको नाउँमा धेरै खलनायकहरूले आफ्नो दुनो सोझ्याएका छन्, अनाहकमा मूर्ति फुटाएका छन्। सबै ठाउँमा कालो र सेतो हुन्छ। यसकारण अँध्यारो हुँदाहुँदै पनि जसले उज्यालो दिनका लागि बाटो देखाउँछ, उही असल र राम्रो हुन्छ। यस अर्थमा बाबुराम भट्टराई राम्रो।
म मूक श्रोता थिएँ। मलाई बोल्ने अनुमति थिएन। तर सुन्ने र ग्रहण गर्ने अनुमति भने थियो। मलाई त बाझाबाझ भएमा निष्कर्ष दिने अधिकार दिइएको थियो यस बहसमा। तर मैले यो दु:ख पनि गर्नुपरेन। अन्त्यमा मुजफ्फरपुरभन्दा निकै टाढा पुगेर अर्को लघुविश्राम गर्नुअघि निष्कर्ष निस्किइसकेको थियो। हाम्रो देशको लागि एकजना मात्र नेता देशको भविष्यको मार्गचित्र कोर्न सक्ने सामथ्र्य राख्दछन्, ती हुन् डा. भट्टराई। नीतीशजीले जस्तो पूर्ण बहुमत पाएमा डा. भट्टराईले पनि बिहारको जस्तो नेपालमा पनि विकासको नयाँ दैलो उघार्न सक्छन्।