–कुमार रुपाखेती
२००७ साल, २०४७ साल र ०६२/०६३ को जनान्दोलनमा नेपाली महिलाहरूको सक्रिय योगदान रहेको कुरा कसैसँग छिपेको छैन। प्रत्येक आन्दोलन र क्रान्तिहरूमा आन्दोलनकारी शक्तिहरूसँग काँधमा काँध मिलाएर आन्दोलनलाई उचाइमा पुर्याउने नेपाली महिलाहरूको एउटा गुनासो सदैव रहिआएको छ। त्यो के भने महिलाहरूले राजनीतिमा उचित स्थान पाएनन्, महिलाहरूलाई अधिकार भएन, सरकारी सेवामा महिलाहरूले प्राथमिकता पाएनन् आदि इत्यादि। राजनीतिमा सक्रिय भए पनि उपेक्षित रहेका केही महिलाहरू आफ्नो उपयोगिता – ‘काम लागुन्जेल भाँडो, काम सकिएपछि ठाँडो’सरह भएको दु:खेसो पोख्छन्। नेपाली राजनीतिमा ठूलो त्याग र बलिदान गर्ने शैलजा आचार्यको उदेकलाग्दो अवसान धेरैले बिर्सेका छैनन् होला।
तर वर्तमानमा महिला अधिकारकर्मीहरूलाई म एउटा टीठलाग्दो सत्यसँग साक्षात्कार गराउन चाहन्छु। नेपालमा प्रजातन्त्रको लागि आहुति दिने, जनयुद्धका लागि बन्दूक बोक्ने नेपाली छोरीहरूले उचित स्थान र सम्मान नपाए पनि मुग्लान (भारत) माइती भएका र नेपाली नागरिकसँग विवाह गरी अङगीकृत नागरिकता पाएका भारतकी छोरी– नेपाली बुहारीहरूले अहिले नेपालको राजनीतिमा राम्रै सिक्का जमाएका छन् । छोरी कुटेर बुहारी तर्साउनु भन्थे, तर यहाँ छोरीभन्दा बुहारी नै अघिअघि छन्। भारत माइती भएका महिला सभासद्हरूको तुलनामा नेपाल माइती भएका अन्य महिला सभासद्सम्मले कम अवसर पाएका छन् । भारत माइती भएर नेपालमा पतिको नामबाट अङगीकृत नागरिकता बनाएका १८ महिला सभासद् बनेका छन्। भारत माइती भए पनि नेपाली राजनीतिमा मन्त्रीलगायतका पद प्राप्त गर्नेहरूमा सरिता गिरी, रेणु यादव, सुरिताकुमारी साह, नीलम बर्मा, करिमा बेगम, वसन्ती झा, मुन्नीकुमारी गुप्ता, सावित्री सिंह, शान्ति चमार, कृष्णा ठाकुर, मोहमदी सिद्दिकी, कलावती दुसाध, गौरी कोइरी, चन्दन साह, दुर्गा देवी, रेणु चन्द्र र लीला हुन्। भारत माइती भएका उपर्युक्तमध्ये कोही मन्त्री र अरू सबै सभासद् हुन्।
‘प्रजा मोटा भया–दरबार बलियो हुन्छ’ भनेझैं माइती बलिया भया–ससुराली दरिन्छन्’ भनेको यही हो।
एभी न्यूजको एउटा अन्तर्वार्तामा अस्ति पुस ९ गते सर्लाहीका पुराना राजनीतिज्ञ र हाल समाजसेवी हृदयनारायण चौधरीले भने–“नेपालको राजधानी काठमाडौं हो भन्नेसम्म थाहा नभएकाहरू सभासद् बनेका छन्।” भारत माइती भएकाहरू सभासद् अथवा मन्त्री मनोनीत हुँदा पहिलो प्राथमिकता माइतीलाई दिंदै फोनमा आफूले पद पाएको जानकारी दिने र पहिलो बधाई र शुभकामना माइती पक्षबाटै अपेक्षा गर्ने पनि देखिए। भनिन्छ, माइतीको कुकुर पनि प्यारो हुन्छ। नयाँ बन्ने संविधानमा अङगीकृत नागरिकले सरकारप्रमुख (प्रधानमन्त्री), राष्ट्रप्रमुख (राष्ट्रपति) बन्न नपाउने व्यवस्थाको सरिता गिरी, रेणु यादवहरू विरोध गर्दैछन् रे। यस्तो प्रावधानको विपक्षमा उनीहरूले फरक मत पनि दर्ता गराएका छन् रे।
छोरी त छोरी, बुहारीसम्मलाई मन्त्री, सभासद् बनाइदिने नेपाली राजनीतिक दल र नेताहरूलाई उदार किन नभन्ने ? कसरी निरङ्कुश भन्ने ? अनि महिलालाई पक्षपात गरियो, महिलालाई अबला ठानियो भन्ने महिला अधिकारवादीहरूको आवाजलाई कसरी सत्य मान्ने ?
हाम्रा उदार राजनैतिक दलहरूले जन्मसिद्ध वा वंशज होइन बरु अङगीकृतहरूले मात्र राष्ट्रप्रमुख र सरकारप्रमुख बन्ने प्रावधान नयाँ संविधानमा व्यवस्था गरिदिए झन्झटै खत्तम। नयाँ नेपाल र नयाँ संविधानको शायद यस्तै गोप्य खाका कोरिंदै छ।
नेपालीको चर्चित गीत– ‘माइतघर तिम्रो होइन पराइ घर जाऊ, बिदा लिई कहिलेकाहीं जन्म घर आऊ’ लाई अब परिमार्जित गरेर–‘माइतीघर तिम्रो होइन नेपाल घर जाऊ, पाएसम्मको पद, प्रतिष्ठा बोकेर यतै ल्याऊ’ भनी गिज्याउनुपर्ला।
भन्न खोजिएको के हो भने भारतमा जन्मी, बढी, हुर्की, पढीलेखी नेपालमा बिहे भएका बुहारीहरूले नेपाली राजनीतिमा राम्रो अवसर पाए तर निरङ्कुशताविरुद्ध पटक–पटक बलिदान दिने नेपाली छोरीबेटीहरूको हविगत राष्ट्रिय राजनीतिमा ‘घर के मुर्गी दाल बराबर’ भयो। नेपाली अभिभावकहरू बुहारीलाई भन्दा छोरीलाई बढी माया गर्छन् तर नेपाली राजनीतिले छोरी होइन, अङगीकृत बुहारीमाथि बढी माया पोख्यो । पिक्चर अभी बाँकी है। आगे आगे देखते जाइयो ? अस्तु १