प्रस, वीरगंज, १३ पुस/
वीरगंज उद्योग वाणिज्य सङ्घलगायतको आयोजनामा वीरगंजको आदर्शनगरमा सञ्चालित नेक्स्पो–२०११ अन्तर्राष्ट्रिय व्यापारमेलामा चोर–चाइँहरूको बिगबिगी देखिएको छ।
मेला सुरु भएकै दिनदेखि चोरचाइँहरूले आफ्नो कला कुशलता प्रदर्शन गर्दै थुप्रैजनाको मोबाइल, पर्स आदि चट पार्न सफल भएका छन्। यसरी मोबाइल, पर्स चोरी गर्ने समूहमध्ये एकजनालाई मात्र हालसम्म त्यहाँ तैनाथ सुरक्षाकर्मीले पक्राउ गर्न सकेको छ। वीरगंजमा अष्टमीको बेला माईस्थान मन्दिरमा लाग्ने मेलाको लागि भारतबाट आउने चोरचाइँहरूको समूह यसपटक मेलाको प्रचार भारतमा समेत भएपछि आएको अनुमान गरिंदैछ। पकेटमा राखेको मोबाइल, पर्सहरू भीडको बेला बडो कुशलतापूर्वक चट गर्न खप्पिस यी चोरचाइँहरूले दैनिक एक दर्जनको हाराहारीमा मानिसहरूको पर्स, मोबाइलहरू चोरी गर्दै आएका छन्। मेला सुरु भएकै दिन ५ जनाको मोबाइल चोरी भएको थियो भने त्यसपछिका दिनमा पनि निरन्तर जारी छ। मेलामा भीडको अवसर पारेर पुरुष चोरचाइँ मात्र होइन महिलाहरूले पनि सजिलै मोबाइल, पर्स चोरी गर्ने गरेको पाइएको छ। नाम नखुलेको काफ्ले थरका एकजनाले आफ्नो पर्स चोरी भएको सचिवालयमा गुनासो गर्दै महिलाहरूको समूहमा रहेको बखत पर्स चोरी भएको उजुरी गरेका थिए।
मिडिया संयोजक मनोज उपाध्याय मेलामा चोरीको गुनासोहरू आउने गरेको बताउँछन्। ठूलो मेला भएकोले कतिपय अवस्थामा दर्शकहरू आफ्नै कारणले गुमाएको मोबाइल पनि चोरी भएको गुनासो लिएर आउने गरेको उनको कथन छ। खासगरी ठूलोखाले झुलामा चढ्नेहरूको मोबाइल खस्ने गरेको र झुला सञ्चालकले सचिवालयमा आएर त्यस्तो खसेको मोबाइल दिने गरेको र सचिवालयले अनुसन्धानपछि मोबाइलधनीलाई फिर्ता गर्ने गरेको उनले बताए। उपाध्यायले हालसम्म आधा दर्जनको हाराहारीमा त्यसरी मोबाइल फिर्ता गरिएको बताएका छन्।
रमाइलो कुरा त के छ भने भीडभाडमा चोरचाइँहरूले अवसर पारेर बगली साफ गर्ने गरे पनि त्यहाँ रहेको स्टलहरूमा पनि चोरी हुने गरेको पाइएको छ। राष्ट्रिय फोटो पत्रकार समूहले मेलाको प्रमोशनको लागि आयोजना गरेको फोटो प्रदर्शनीबाटै चारवटा फोटो चोरी भएको छ। स्टलहरूमा सिसिक्यामरा जडान गरिनुका साथै सुरक्षा व्यवस्था कडा गरेको दाबी गर्ने पर्सा प्रहरीले स्टलबाट चोरी भएको फोटो हालसम्म पत्ता लगाउन सकेको छैन।