सामान्यतया मानिसले भोक लागेपछि अपराध गर्दछ। त्यसैले मनीषीहरूले अपराधीसँग होइन, अपराधसँग घृणा गर भनेका छन्। तर पेट भरिएको अवस्थामा, बढी सुख–सुविधाको लालसाले कसैले चोरी, डाँकाजनी गर्दछ, भ्रष्टाचारमा प्रवृत्त हुन्छ भने त्यसलाई मन बढेको र राज्य व्यवस्था फितलो भएको परिणामको रूपमा हेर्न थालिन्छ। हाम्रोजस्तो कृषिमा निर्भर समाजमा, प्राय: मानिससँग वर्षभरि खान–लाउन पुग्ने जग्गा–जमिन छैन। जीविकोपार्जनको उपयुक्त र यथेष्ठ साधन सरकारले जुटाइदिन सकेको छैन। अनि जोसँग जग्गा–जमिन छ, जसले अन्नपातको जोहो गर्न सकेको छ उसको आधा जीवन उत्पादन गर्न र आधा त्यसको संरक्षण गर्न समाप्त हुने गरेको छ। किनकि अन्नपात कि त बेचेर तह लगाउनुपर्यो कि घरमा थन्क्याएर राख्नुपर्यो। यस्तोमा चोर–डाँकाहरूलाई सजिलो। केही नपाए अन्नपात त हात लाग्छ। झन् गृहस्थ अलि बलियो छ भने केही नगद, गरगहना आदि पनि फेला परिहाल्छ। देशमा सुरक्षा निकायसँग जनशक्ति पनि कम छ, जुन छ त्यो शहरकै रक्षा गर्न समर्थ छैन, गाउँघरको कसले वास्ता गर्ने ? त्यसैले गाउँघरमा बढी चोरी–डाँकाजनी हुने गर्छ।
पहिले–पहिले वैशाख महिना बितेपछि यदाकदा र असारतिर बढी मात्रामा चोरी–डाँकाजनी हुने गर्दथ्यो। त्यस बेलासम्म थोरै जग्गा–जमिन हुनेको अन्नपात सिद्धिसकेको हुन्थ्यो। कृषि आधारित समाज भएको हुँदा काम गर्नेले रोजगार पाउँदैनथ्यो। ऊसँग चोरी गर्नुको अरू विकल्प हुँदैनथ्यो। तर अहिलेको युगमा त चोरी–डाँकाजनीका लागि कुनै पनि महिना वर्जित छैन। किनकि उनीहरू भोकाएका हुनाले चोरी वा डाँकाजनी गर्दैनन्। आफूलाई र परिवारलाई बढी सुख–सुविधा दिनका लागि अधम काम गर्दछन्। होइन भने भर्खरै धानबाली भित्र्याएको बेला गाउँघरतिर चोरी, डाँकाजनीको घटना हुने थिएन। तर उनमा यो प्रवृत्ति किन जन्मियो भन्ने कुरा खोतल्ने हो भने अहिलेको सामाजिक संरचना केलाउनुपर्छ। समाजमा कोही अति सम्पन्न र कोही अति विपन्न भएको हुँदा यस्तो मानिसकता जन्मेको हुनुपर्दछ । तर्कविहीन, प्रत्यक्ष आयविहीन अति सम्पन्नता जब समाजमा देखिन थाल्छ, अनि समाजमा विकृति मौलाउँदै छ भन्ने कुरा प्रस्टिन्छ। यस्तो अनपेक्षित सम्पन्नता जब ईष्र्याको हदसम्म पुग्छ समाजमा चोरी, डाँकाजनी, भ्रष्टाचार मौलाउन थाल्छ । अब त मानिसले आतङिकत पारेर अर्काको धन खोस्ने, अपहरण गर्ने जस्ता अधम कार्यलाई पनि पेशा बनाइसकेका छन्।
खेतीपातीको कामबाट किसानले फुर्सद पनि पाउन सकेको छैन कि बारा जिल्लाको औराहामा डाँकाजनी भयो, परशुरामपुरमा चोरी भयो, अन्तर्राष्ट्रिय व्यापार मेलामा चोरी–पाकेटमारी भइरहेको छ आदि इत्यादि कुराहरू सुन्न पाइन्छ। विद्युत् प्राधिकरणमा उपभोक्तालाई सेवा पुर्याउन घूस मागियो, सम्पन्न परिवारको छोराले कल बाइपास गरेर धन थुपार्यो, आफ्नो पेशाको आडमा पत्रकारले लागू पदार्थ ओसारपसार गर्यो। यी सबै के भोको पेटले गराएको अपराध–कार्य हो ? किमार्थ होइन। यो समाजमा व्याप्त विभेद, विषमता र दण्डविहीनताको परिणाम हो। समाज निरन्तर विशृङ्खल बन्दै गएको उदाहरण हो। भोको पेटले गरेको अपराध तात्कालिक हुन्छ तर अघाएको पेटले सुख र सुविधाको लागि गरेको अपराधको कुनै अन्त हुँदैन, न कुनै सीमा नै हुन्छ। त्यसैले अहिले हाम्रो समाज अन्तहीन, सीमाहीन अपराधको थलो बन्दै गइरहेको छ।