सन् २०११ तानाशाह र सैनिक शासकहरूको बिदाइ वा अन्त्यको रूपमा चिनिने छ। लिबियाका कर्नेल मुअम्मर गद्यापि, मिश्रका होस्नी मुबारक, अरबका कतिपय राष्ट्र र सिरिया आदिका शासकहरूको पतनका साथै उत्तरी कोरियाका तानाशाह किम जोंग इलको निधन यसको उदाहरण हो। साम्यवादी विचारधारा मान्नेहरू यसमा सहमत नपनि हुन सक्दछन्। किम जोंगको निधनमा दु:ख व्यक्त गर्ने कम्युनिस्टहरू नेपालमा पनि छन्। विश्वका अन्य भागमा पनि होलान् तर यथार्थमा किम जोंग तानाशाह नै थिए।
कुनै पनि देशका नेता जब संसारलाई त्याग गर्दछन् अनि सधैं दु:खकै वातावरण हुन्छ। सबैले दु:ख मनाउँछन् तर तानाशाहहरूको मामिलामा भने यस्तो कुरा हुँदैन। तानाशाहहरूको जीवन गाथासँगै तिनको मृत्यु पनि डर र आशङकाकै वातावरण सृजना गर्दछ। उत्तर कोरियाका नेता किम जोंग इलको निधनपश्चात् पनि विश्वको अवस्था यस्तै खालको छ। जापानले उनको निधनको समाचार सुन्ने बित्तिकै सुरक्षा बैठक गर्यो र देशमा आइपर्ने कुनैपनि अवस्थाको मुकाबिलाका लागि तयार रहने निर्णय गर्यो। अमेरिका र पश्चिमा देशहरूले पनि यस अवस्थाप्रति गहिरो ध्यान दिएका छन्। संसारमा उत्तर कोरियाको एक मात्र मित्रराष्ट्र चीन पनि चिन्तित छ। चीन यस कारण चिन्तित छ कि कतै प्योंगयाङको सत्ता परिवर्तनले उसको पनि समीकरणलाई बिगार्ने त होइन, जसको विश्वासमा चीनले जापान र भियतनामजस्ता छिमेकीविरुद्ध मोर्चा खोलेको छ।
सम्पूर्ण विश्वमा किमबारे जति अफवाह वा किंबदन्ती फैलाइएको छ त्यसभन्दा बढी तिनको बारे यथार्थ कुरा पनि छन् जसबारे धेरैलाई थाहा छैन। किम जोंग साम्यवादी वंश परम्पराका नेता थिए। उनका पिता किम इल सुंग उत्तर कोरियाको साम्यवादी पार्टीका नेता थिए र आफ्नै जीवनकालमा किम जोंगलाई आफ्नो उत्तराधिकारी बनाएका थिए। सन् १९९४ मा बुवाको निधनपश्चात् उनी सजिलै देशको सर्वोच्च नेता बने। त्यति बेला के अनुमान गरिएको थियो भने उनी धेरै लामो समयसम्म देशको शासन गर्न सक्ने छैनन्। पश्चिमा देशका विशेषज्ञहरूको अनुमानमा किम जोंग आफ्नो अनुभवहीनता र परिवारका अन्य सदस्यहरूबाट आउन सक्ने चुनौतीका कारण सजिलै सत्ता चलाउन सक्ने छैनन् । तर त्यसपछिका दिनमा उत्तर कोरियामा उनले मनपरी शासन चलाए। बुवाले देशलाई फलामको जुन पर्खालमा कैद गरेका थिए, छोराले त्यसलाई अझ बढी बलियो बनाए। अब यो स्पष्ट भइसकेको छ कि किम जोंगको निधनपछि उनका छोरा किम जोङ उनले नै सत्तामाथि हालीमुहाली गर्नेछन्।
किम जोंगबारे जति कुरा भनिएको छ त्यसलाई किंवदन्ती नै मान्नुपर्नेछ। उनको जन्म कहाँ र कहिले भयो। त्यसको कुनै निश्चित ठेगान छैन। उत्तर कोरियाको सरकारी मिडिया र सत्ता प्रतिष्ठानमा उनलाई ‘सुप्रिम लिडर’, ‘सुप्रिम कमान्डर’, ‘डियर लिडर’, ‘ओभर फादर’ आदि भनिन्छ जबकि दक्षिण कोरिया र पश्चिमा मिडिया उनलाई ऐयाश, सोखिन, जड्याँहा र प्लेब्यायको रूपमा प्रस्तुत गर्ने गर्दछ। यी दुवै खाले परिचयमा अतिशयोक्ति हुन सक्दछ तर यथार्थ के हो भने उत्तर कोरियामा जुन अवस्था छ त्यसको मूल्य त्यहाँको जनताले चुकाइरहेको छ, खासगरी उत्तर कोरियाले आणविक हतियार बनाइसकेपछि। यस पश्चात् चीनबाहेक करिब–करिब पूरा विश्वले नै उसलाई आर्थिकरूपमा बहिष्कार गरिदिएको छ। आणविक शक्ति सम्पन्न उत्तर कोरियाबारे भनिन्छ के भनिन्छ भने त्यसको कुल जनसङ्ख्याको ठूलो भाग दरिद्रता र भोकमरीको चपेटमा छ। यो एउटा यस्तो सत्य हो जसलाई पश्चिमको प्रचारमात्रै भनेर अस्वीकार गर्न सकिंदैन । शेष विश्वसँग उत्तर कोरियाको कारोबार नगण्य छ। त्यसको गणना औसत दर्जाको औद्योगिक उत्पादन गर्ने देशको रूपमा पनि गरिंदैन। सबै खाले आर्थिक सूचकाङकको मामिलामा त्यो देश पछाडि छ। त्यसको तुलना यदि उसकै छिमेकी दक्षिण कोरियासँग गर्ने हो भने दक्षिण कोरिया विश्वकै समृद्धशाली देशमा गनिन्छ। दक्षिण कोरियालाई एउटा चमत्कार नै मानिन्छ जसको एउटै पुस्ताले त्यसलाई विकासशीलबाट विकसित देश बनाइदियो, जबकि अर्को भाइ भनिने उत्तर कोरिया प्रगतिशील व्यवस्थाको नाममा झन्झन् पछिल्तिर धकेलिंदै गयो। यस्तो अवस्थामा किम जोंगको निधनले खासै अर्थ राख्दैन। अर्थ त्यतिबेला मात्रै हुनेथियो जतिबेला उत्तर कोरियाबाट तानाशाहीको अन्त्य हुनेछ।
वंश परम्परा भएको तानाशाही र साम्यवादको जंजीरमा किम जोंग इलको शासनमा उत्तर कोरियालाई दुईवटा कुरा मात्रै हात लाग्यो– एउटा भयानक दरिद्रता र अर्को आणविक बम। यी दुवैका कारण त्यहाँको जनता हैरान छ। विश्वका अन्य देशमा वंश परम्पराको विरोध गर्ने कम्युनिस्टहरू आफ्नो निम्ति यस कुरामा ध्यान दिंदैनन्। विश्वका अधिकांश कम्युनिस्ट शासकहरू तानाशाह नै साबित भए। स्टालिन, चाउचेस्को, क्याम्बोडियाका पोलपोट आदि कम्युनिस्ट शासकहरू कुनै पनि तानाशाहभन्दा कम थिएनन्। माक्र्सको देश जर्मनीबाट कम्युनिस्ट शासनको बिदाइ भइसकेको छ। लेनिनको देशमा साम्यवादी शासन असफल भयो। चीनमा देंग जियाओ पीङले अपनाएको आर्थिक नीतिका कारण त्यहाँ मुर्दा शान्ति छ तर कुनै पनि बेला विद्रोह हुन सक्दछ । संसारबाट अस्वीकृत र बढारिएको साम्यवादी शासन नेपालमा केही व्यक्तिहरूका निम्ति श्रीखण्डको चन्दन बन्न गएको छ।
उत्तर कोरियाबारे एउटा अर्को पनि भनाइ छ कि राम्रा र मीठो खानाहरू त्यहाँका पसलहरूमा शीशाभित्र सजाइएका हुन्छन् तर त्यहाँका स्थानीय जनता त्यो खाना पाउँदैनन। कि त त्यो त्यहाँका कम्युनिस्ट पार्टीका नेताहरूको निम्ति राखिएको हुृन्छ अथवा विदेशी पाहुनाहरूका निम्ति। नामका निम्ति उत्तर कोरियामा डिपिआर अर्थात् लोकतान्त्रिक जनगणतन्त्र छ तर व्यवहारमा लोकतन्त्रको नमोनिशान छैन । जनतालाई कुनै अधिकार छैन, मात्र किम जोंग इलका वंशको शासन सहन त्यहाँको जनता बाध्य छ। मध्य र पश्चिम एसियामा भएको परिवर्तनको आँधीबेहरी उत्तर कोरियातिर पनि जान सक्नेछ। अबको युग कुनै पनि तानाशाहको निम्ति अनुकूल रहने छैन। एउटा तानाशाहको निधन भएको छ तर त्यहाँबाट तानाशाही व्यवस्थाको अन्त्य हुन आवश्यक छ।