प्रस, वीरगंज, १२ पुस/
वीरगंज उपमहानगरपालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको संयुक्त प्रयासमा विगत तीन सातादेखि अतिक्रमित जग्गा खाली गराउने अभियानले हालसम्म निरन्तरता पाएको छ। यसै क्रममा आज विगत कैयौं वर्षदेखि वीउमनपा–५ भगवती टोलस्थित सार्वजनिक माईराम पोखरीको अतिक्रमित जग्गालाई आजदेखि खाली गराउन थालिएको छ। पाँच बिघाभन्दा बढी जग्गा रहेको सो सार्वजनिक पोखरीको डिल छेउ ४ देखि १० धुरसम्म नम्बरी जग्गा खरिद गरेका व्यक्ति पोखरीको जग्गा अतिक्रमण गरेर तीन–चार कट्ठाको हाराहारीमा भोग गर्दै आएका छन्। सो अतिक्रमण हटाउन यसअघि वीरगंज उपमहानगरपालिकालगायत स्थानीय व्यक्ति, संस्थाहरूले गरेको कैयौं प्रयास खेर गएको थियो। आज अन्तिम चेतावनी दिएपछि अतिक्रमण गरेका व्यक्तिहरूले आफैं जग्गा खाली गर्न थालेका छन्। उनीहरूले अतिक्रमण गरेको जग्गामा बनेको निर्माण मजदुर लगाएर तोडफोड सुरु गरेका छन्। पाँच बिघाभन्दा बढीको माईराम पोखरी हालका दिनमा चारैतिरबाट अतिक्रमण भएपछि नालाको रूपमा परिणत भएको थियो।