शीतल महतो
नेपालीहरू काम गर्न विदेश जान थालेको झन्डै दुई शताब्दी हुन लागेको छ। वैदेशिक रोजगारका लागि खुला गरिएको विश्वका एक सय आठ मुलुकमध्ये मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुबेत, ओमान, बहराइन, दक्षिण कोरिया र इजराइल नेपालीहरूको मुख्य
गन्तव्य हो । प्रत्येक वर्ष झन्डै
साढे चार लाख युवा आन्तरिक रोजगार बजारमा प्रवेश गर्छन्, जसमध्ये साढे तीन लाखभन्दा बढी नेपाली युवा विदेश जाने गरेका छन्। अहिले दैनिक करिब १२ सय नेपाली युवा रोजागार खोज्दै मुलुकबाट बाहिरिइरहेका छन्।
प्राप्त सरकारी तथ्याङकअनुसार वैधानिकरूपमा वैदेशिक रोजगारमा जाने नेपालीहरूको सङ्ख्या २०६८ कात्तिक मसान्तसम्म २२ लाख पुगेको छ। जसमध्ये महिलाको सङ्ख्या ४२ हजारको हाराहारीमा छ। गत आर्थिक वर्षसम्म वैदेशिक रोजगारमा जाने महिलाको हिस्सा २ दशमलव ५८ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षको प्रथम चौमासिकमा त्यसमा उल्लेखनीय वृद्धि भई ४ दशमलव ८ प्रतिशत पुगेको छ। वैदेशिक रोजगारीमा नेपालीहरूका लागि प्रमुख गन्तव्य रहेका मुलुकहरूमा करिब दुई लाख महिला कामदारको रूपमा काम गरिरहेका तथ्याङक छ। वैदेशिक रोजगारमा जाने नेपालीहरूको
सङ्ख्यामा उल्लेखनीय वृद्धि हुन थालेपछि नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषि पछि वैदेशिक रोजगारीको योगदान दोस्रो भएको छ। अहिले
नेपालमा ४७ प्रतिशत युवा बेरोजगार छन्। यो विश्वकै सबैभन्दा बढी बेरोजगारी दर हो। यो वर्ष नेपालको बेरोजगारी दर झन्डै १० प्रतिशतले बढेको देखिन्छ। राजनीतिक अस्थिरता, सुशासनको कमी, दरिलो युवा नीतिको अभाव र रोजगारको क्षेत्रमा बढ्दो राजनीतिक स्वार्थका कारण सक्षम र दक्ष युवाले पनि काम पाउन सकेका छैनन्।
वैदेशिक रोजगारमा जाने युवाहरूमध्ये अधिकांश ग्रामीण क्षेत्रका छन्। पहाडी भेगमा स्याङ्जा र तराईमा धनुषाबाट सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगारीमा जाने महिलाहरूमध्ये दलित, आदिवासी, जनजाति र सामाजिक तथा आर्थिकरूपले पछाडि पारिएका वा परेका वर्ग एंव समुदायका बढी छन्। विशेष गरेर नेपाली महिला खाडी, मध्यपूर्व र मलेसियामा बढी केन्द्रित भएका पाइन्छन् । वैदेशिक रोजगारमा जाने त्यस्ता महिलाहरूमध्ये अधिकांश घरेलु कामदारका रूपमा जाने गरेका छन्। उनीहरू भान्से, माली, क्लिनर, केयर गिभर र व्यक्तिगत घरको काम गर्ने जस्ता अनौपचारिक क्षेत्रमा काम गर्ने गरेका छन्। पछिल्लो अवधिमा नेपाली महिला कामदारका लागि वैदेशिक रोजगारीमा देखिएको मुख्य तथा प्रमुख समस्या सुरक्षाको सवाल नै हो। पेशागत सीप, दक्षता र भाषागत जानकारीको अभावमा ग्रामीण समुदायका ती निरक्षर महिला वैदेशिक रोजगारीको क्रममा अनेकौं प्रकारका दु:ख, पीडा र दुव्र्यवहार सहन बाध्य हुन्छन्। सीप, शिक्षा र चेतनाको अभावमा ती निर्दोष नेपाली महिलाले विदेशमा चर्को श्रम
शोषणका साथै शारीरिक,
मानसिक र यौनशोषण भोग्नसमेत
बाध्य हुनुपरेको समाचार बारम्बार
बाहिर आइरहेको छ। तर यसतर्फ सरकार संवेदनशील हुन सकेको
छैन।
वैदेशिक रोजगारमा विशेषगरी घरेलु कामदारको रूपमा जाने महिलाहरूलाई थुप्रै समस्या र चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ। त्यसैले महिला कामदारको सुरक्षित वैदेशिक रोजगारका लागि उपयुक्त प्रक्रियाबाट आवश्यक जानकारी एवं तालिम दिएर मात्र विदेश जाने व्यवस्था मिलाउनु नै सबैभन्दा उपयुक्त माध्यम हुन सक्छ। वैदेशिक रोजगारमा जाने महिलाहरूलाई त्यस देशको भाषा, धर्म, संस्कृति र कानुनी अधिकारबारे न्यूनतम जानकारी गराउनुपर्दछ। वैदेशिक रोजगारीमा जानुपूर्व महिलाहरूलाई अनिवार्यरूपमा अभिमुखीकरण तालिम दिनुपर्दछ।
यसले यात्रा र गन्तव्य मुलुकबारे आधारभूत जानकारी दिने हँुदा त्यहाँ हुने जोखिम न्यून गर्न सहयोग प्राप्त हुन्छ। यस्तो तालिम नलिने महिलालाई श्रम स्वीकृति दिनु नहुने कानुनी व्यवस्था गर्नुपर्दछ।
वैदैशिक रोजगारीमा महिलाहरूमा हुने जोखिम न्यूनीकरणमा सहयोग पुर्याउने यस्ता तालिमको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्दछ। यसका साथै विदेशमा रहँदा महिलाहरूले विशेष सजगता पनि अपनाउनुपर्ने हुन्छ। विदेशमा जहिले पनि आफ्नो राहदानी र भिसा आफैंसँग राख्नुपर्दछ। कसैबाट कुनै पनि किसिमको अभद्र व्यवहार, हिंसा, ठगी र शोषण भएमा नजिकको प्रहरी वा त्यहाँ रहेको नेपाली
दूतावास वा कुनै प्रकारको नेपाली सङगठनमा जानकारी गराउनुपर्दछ। त्यसका लागि सम्बन्धित निकाय वा व्यक्तिको फोन नम्बर र ठेगाना अत्यन्त सावधानीपूर्वक आफैंसँग राख्नुपर्छ। त्यतिमात्र होइन, विदेशमा रहँदा सजग, सचेत र कर्तव्यपरायण भएर काम सम्पादन गर्नु पनि त्यतिकै आवश्यक छ । यसो गर्दा वैदेशिक रोजगारका सिलसिलामा विदेश पुगेका महिलाहरूमाथि हुने हिंसा र शोषण धेरै हदसम्म न्यून गर्न सकिन्छ।
यसका साथै वैदेशिक रोजागारमा जाने महिलाहरू शिक्षित र सीप जानेको भएमा राम्रो काम पाउने, धेरै रकम कमाउने र ठगिनबाट जोगिने हुन्छ। वास्तवमा शिक्षा मानिसको जीवनका लागि आँखारूपी उज्यालो हो, जसको माध्यमबाट उनीहरूमा आत्मनिर्णयको विकास हुन्छ। शिक्षित महिलाहरू आफू विरुद्ध हुने हिंसा, शोषण र सामाजिक कुरीतिविरुद्ध लड्न सक्छन्। शिक्षा प्राप्तिले गर्दा राम्रो–नराम्रो संस्कारको ज्ञान प्राप्त हुन्छ भने कानुनी व्यवस्थाले अधिकारको सुनिश्चितता भई कानुनी उपचार हुन्छ र यी दुवै कुराको उपभोगका लागि अवसरको उचित व्यवस्था हुनुपर्दछ। शिक्षा र कानुनको व्यवस्थाले मात्र महिला सशक्तीकरण सार्थक हुन सक्दैन। त्यसैले महिलालाई मर्यादित वैदेशिक रोजगारीका लागि शिक्षा, चेतना र कानुनी व्यवस्थाका साथै अवसरको उपयोग गर्न सक्ने पहुँचको विकास गर्नु अपरिहार्य छ।
कुनै पनि देशको सर्वाङगीण विकासका लागि महिला जनशक्तिको भूमिकालाई पनि आत्मसात गरी अघि बढ्नुपर्दछ। महिलाको श्रम, सीप, जोश र जाँगरको सही एवं उचित सदुपयोग भयो भने त्यो देशको विकास हुनमा समय लाग्दैन। तर नेपालमा सरकारले महिलाको श्रम र शक्तिको सही सदुपयोग गर्न नसकेको कारण नै मुलुकमा आन्तरिक द्वन्द्व बढ्दै गएको कुरा कसैले नकार्न सकिंदैन। महिलाहरूको आवश्यकता र चाहना परिपूर्तिका लागि रोजगारीका अवसरहरू प्रदान गर्न सकेनौं भने उनीहरूको त्यो क्षमता र ऊर्जा, आक्रोश र अपराधमा लाग्न सक्छ। त्यसैले मुलुकको दिगो विकासका लागि महिलाहरूको क्षमता र ऊर्जालाई स्वदेशभित्रै सहीरूपमा सदुपयोग गर्ने नीति राज्य लिनुपर्दछ। अन्यथा बढ्दो महिला बेरोजगारीले सिङगो समाजमा द्वन्द्व, अपराध र अराजकतालाई बढाउने काम गर्छ। यसबारे समयमैं सही सम्बोधन भएन भने शान्ति, स्थायित्व र प्रगतिका लागि पनि चुनौती बनिरहने छ।