डा. रामावतारप्रसाद खेतान
रोबर्ट कोक भन्ने वैज्ञानिकले क्षयरोगको जिवाणु पत्ता नलगाएसम्म मानिसले यसलाई कुनै पापको फल हो भनेर मान्थे। यो रोग :थअयदबअतभचष्गm त्गदभचअगयिकष्क भन्ने जीवाणुबाट हुन्छ भन्ने थाहा पाएको धेरै समयसम्म पनि यसको उपचारको निमित्त चाहिने औषधि पत्ता लागेन र यो रोग लाग्यो भने मर्नुपर्ने आवश्यक थियो। त्यसबेला घर परिवारका अरू सदस्यहरूलाई नसरोस् भनेर चिसो सफा ठाउँमा सेनिटोरियमहरू निर्माण
गरी यसका रोगीहरूलाई मृत्यु कुर्न राखिन्थ्यो।
स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री पं. जवाहरलाल नेहरूकी पत्नी कमला नेहरूलाई क्षयरोग भएपछि ज्यूरिचको सेनिटोरियममा राखियो र उनी त्यही स्वर्गीय भइन्। हाम्रो देशमा पनि बुढानीलकण्ठमा एउटा सेनिटोरियम थियो ।
वैज्ञानिकहरूको अनुसन्धानबाट क्षयरोगविरुद्धको औषधि पत्ता लाग्यो। आज यो रोग हो भनी ठहर भयो भने डाक्टरको सल्लाह अनुसार औषधि अटुटरूपमा उपयोग गर्यो भने यो एकदम निको हुने पक्का छ।
लक्षणहरू: दुई हप्ता वा सोभन्दा बढी समयसम्म खोकी लाग्नु, साँझ हलुका ज्वरो आउनु, खाना नरुच्नु, तौल घट्नु, कमजोर हुनु, खकारमा रगत देखिनु, राति पसिना आउनु, छाती दुख्नु।
माथि केही लक्षणहरू छन् जो सबैमा सबै हुनु आवश्यक छैन। तर यसमध्ये केही पनि छन् भने कम्तीमा तीन दिनसम्म खकारमा क्षयरोगको जीवाणु परीक्षण गराउनुपर्छ । यसको परीक्षण निश्शुल्क हुन्छ। छातीको एक्सरे गराउनुपर्छ। यी दुवै परीक्षणबाट फोक्सोको क्षयरोग पत्ता लाग्छ।
खकार परीक्षण कुनै पनि सरकारी वा स्वास्थ्यकेन्द्रमा निश्शुल्क गरिन्छ। रोग छ भन्ने पक्का भयो भने नेपाल सरकारले डाक्टरको सल्लाह अनुसार औषधि पूरा समय निश्शुल्क उपलब्ध गराउँछ।
रोग पत्ता लागेपछि आफ्नो कार्ड बनाइ आफूलाई पायक पर्ने नजिकको स्वास्थ्य संस्थासँग सम्पर्क राखी औषधि उपचार सुरु गर्नुपर्छ।
म्यतकस्
क्षयरोगको औषधिहरू औंलामा गन्न सकिने मात्र छन्। यो रोग धेरैजसो गरिबहरूलाई बढी हुने भएकोले ठूलाठूला औषधि कम्पनीहरूले यसबारे थप अनुसन्धानमा ठूलो लगानी गरी अरू औषधिहरू पत्ता लगाउन चासो लिंदैनन्। रोगीको खकारमा जीवाणु देखियो भने उसले १०/१५ मानिसमा सार्न सक्छ। रोगी सुरुमा रोगले अप्ठेरोमा परेको बेला राम्ररी अटुटरूपबाट औषधि खान्छ तर २–३ हप्ताको उपचारपछि खोकी ठीक हुन्छ, भोक लाग्छ, तागत बढ्छ, ज्वरो हराउँछ र यस्तो बेला रोगीले नबुझेर बल मिचाइ गरी औषधि टुटाउँछ । यस्ता रोगीहरूमा यो रोग फेरि बल्झेर आउँछ । यसपटक यस रोगका जीवाणुहरू अटेरी भएर औषधिले निको नहुने खालका हुन जान्छन्। जसलाई :म्च्, ह्म्च् ९:गतिष्उभि न्चगन च्भकष्कतबलत० भनिन्छ । यस्ता रोगीले अरू व्यक्तिलाई सार्यो भने यी अटेर जीवाणुको उपचार गार्हो हुन जान्छ। यसबाट बच्नु र बचाउनु मानवताको निमित्त आवश्यक छ। नत्रभने हामी फेरि १०० वर्ष पहिले कुनै औषधि नभएको अवस्थामा पुग्ने छौं।
त्यसैले यो अवस्थाबाट बच्न रोगीलाई प्रत्यक्ष निगरानीमा औषधि सेवन गराइन्छ। यसलाई म्ष्चभअत इखकभचखबतष्यल त्जभचबउथ (म्इत्क्) भनिन्छ। यसमा सुरुमा प्रत्येक दिन स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइन्छ। दुई महिनापछि पनि परिवारका जिम्मेवार सदस्यको निगरानीमा पूरा समय औषधोपचार गराउनु राम्रो हुन्छ।
यो रोगका जीवाणु धेरै समय लुकेर बस्ने खालका हुन्छन् तर सूर्यकिरणहरूले यसलाई मार्न सक्छ। यी जीवाणुहरू हावाबाट सासको माध्यमले शरीरभित्र गई रोग फैलाउँछन्। रोगीले मुख र नाक छोप्ने गरी मास्क लगाउँदा राम्रो हुन्छ। खकार एउटा बिर्को भएको बट्टामा राखेर जलाउनु राम्रो हुन्छ। जताततै ख्वाक्क गरेर खकार फाल्नुहुँदैन ।
केही गरी फेरि बल्झेर आएको रोग ठीक भएन भने :म्च् भन्ने शङका गरिनुपर्छ । यस्ता रोगीलाई कुन औषधिले छोएन भन्ने पत्ता लगाउने व्यवस्था छ पनि निश्शुल्क छ । पत्ता लागेपछि आवश्यक औषधिहरू पनि सरकारले निश्शुल्क उपलब्ध गराउँछ । तर यी औषधिहरू धेरै महँगो र शरीरमा विकार पैदा गर्ने र कलेजो, मृगौला जस्ता अङगलाई खराब गर्ने खालका हुन्छन्। त्यसैले यो अवस्था नआओस् भन्ने प्रयास गर्नु अति आवश्यक छ।
क्षयरोग फोक्सोबाहेक शरीरका धेरै अङगमा लाग्न सक्छ। खकार निल्यो भने पेटको क्षयरोग लाग्न सक्छ। रगतमा गएपछि हाडको, जोर्नीको, गिदीको द्यचबष्ल त्।द्य। ९त्गदभचअगयिकष्क :भलष्लनष्तष्क० छालाको, घाँटीको, मुटुको वा कुनै
अङगको पनि हुन सक्छ। उपचारमा समय मात्र बढी लाग्छ तर औषधि एकनाशकै हुन्छन् ।
अन्त्यमा क्षयरोग पत्ता लगाऔं पूर्ण उपचार गराइ निर्मूल पारौं र भविष्य उज्ज्वल रहोस् भन्ने प्रयास सबैले गरौं।