सङ्कलन तथा अनुवाद
उमाशङकर द्विवेदी
कुनै वनमा एउटा रूखको हाँगामाथि गुँड बनाएर एउटा चरा दम्पती सुखपूर्वक निवास गर्दथ्यो। समय अनुसार एकदिन पोथी चराले फुल पारेर ओथारो बसी। दोस्रो दिन त्यसै वनमा बस्ने एउटा मदोन्मत हात्ती घामले व्याकुल भई छहारीको खोजीमा आएर त्यसै रूखमुनि उभियो। छहारीमा बसेपछि शीतलता पाएर ख्यालख्यालमैं हात्तीले चरा दम्पतीले गुँड बनाइ बसेको रूखको हाँगालाई आफ्नो सुँढले तानेर भाँची दियो। हाँगा भाँचिदा चराको गुँड नष्ट भयो। चराका फुलहरू भुँइमा बजारिएर छताछुल्ल हुन पुगे। चरा दम्पती भने आयु शेष रहेको कारण उडेर प्राणको रक्षा गर्न सफल भए।
आफ्नो प्राणभन्दा प्यारो सन्ततिहरूको बिनाकारण असमयमा नाश भएको देखेर पोथी चराले शोकाकुल भई विलाप गर्न थाली। उसको करुण विलाप सुनेर उसको परम हितैषी ‘काष्ठकुटु’ नामक कठफोरवा चरा त्यहाँ आएर सान्त्वना दिंदै भन्यो– “हे मित्र, बितेको कुराको शोक बुद्धिमानले गर्नुहुँदैन । अब भविष्यमा के गर्ने हो, त्यस बारेमा विचार गर्नुपर्दछ।” कठफोरवा चराको सान्त्वनाका यस्ता कुराहरू सुनेर चरीले भनी,“मित्र तपाईंले भनेको कुरा ठीक हो, तर मलाई दु:ख के छ भने त्यस हात्तीले आफ्नो बलको घमण्डले अन्धो भएर बिनाकारण मेरो सन्ततिहरूको नाश गरिदिएको छ। तपाईं मेरो साचो हितैषी हो भने त्यस दुष्ट हात्तीलाई मार्ने कुनै उपाय छ भने बताउनुस्। त्यस हात्तीलाई नमारुञ्जेल मलाई चैन हुँदैन।”
चराको यस्तो कुरा सुनेर कठफोरवा चराले उसलाई आश्वस्त पार्दै भन्यो, “लौ मित्र, यस विषयमा अब तिमीले मेरो बुद्धिचातुर्य हेर। म आफ्नो ‘वीणारव’ नामक झिङगा मित्रलाई बोलाएर ल्याउँछु।” वीणारवसित चराको भेट गराएर कठफोरवा चराले भन्यो,“हे मित्र, यस चरासित मेरो मित्रता रहेको छ। एउटा दुष्ट हात्तीले यसका फुलहरूलाई फुटालेर शोकाकुल पारिदिएको छ। त्यस दुष्ट हात्तीलाई मार्नमा तिमीले पनि हाम्रो सहायता गर्नुपर्छ।” कठफोरवाको कुरा सुनेर वीणारव झिङगाले भन्यो,“हुन्छ मित्र, म यसमा तपाईंहरूको सहायता गर्न तयार छु तर ‘मेघनाद’ नामक मेरो परममित्र भ्यागुतालाई पनि यसमा सामेल गर्दा वेश हुन्छ।” झिङगाको कुरा सुनेर मेघनाद नामक भ्यागुतालाई पनि यस योजनामा सामेल गराउनका लागि ‘चटका’ चरा, काष्ठकुट कठफोरवा चरा र वीणारव झिङगा मेघनाद नामक भ्यागुताकहाँ गए। यिनीहरूको कुरा सुनेर भ्यागुताले भन्यो,“मित्रहरू, कुपित जनसमूहको सामु अदना त्यो हात्तीले के नै गर्न सक्ला र ? लौं तपाईंहरू मेरो योजना अनुसार काम गनुहोस्, त्यस हात्तीलाई हामीले सजिलैसित मार्न सकौंला । झिङगा रानी, दिनको दोस्रो प्रहरमा गएर त्यस हात्तीको कानमा आफ्नो प्वाँखले वीणा झैं मधुरो स्वर सुनाउनु। त्यस स्वरले लठ्ठिएर मस्त भई उसले आँखा चिम्लिने छ। त्यसै मौकामा गएर कठफोरवा चराले आफ्ना कठोर चुच्चोले त्यसको आँखा ठुङगेर फोडी दिने छ। हात्ती अन्धो हुने छ। पीडा र तिर्खाले व्याकुल भएर पानीको खोजीमा ऊ निस्कने छ। त्यसैबेला म आफ्नो समस्त परिवाजनहरूका साथ एउटा ठूलो खाडलमा पसेर कराउन थाल्ने छु। हाम्रो आवाज सुनेर त्यस खाडललाई जलाशय ठानेर ऊ त्यस खाडलभित्र पस्ने छ। त्यस खाडलभित्र एकचोटि पसिसकेपछि ऊ त्यहाँबाट कहिल्यै पनि निस्कन नसकेर त्यहीं मर्ने छ।”
भ्यागुताको यसप्रकारको योजना अनुसार प्रत्येक जीव आफ्नो कर्तव्यमा स्थिर भइसकेपछि कारबाई थालियो। ठीक दिनको दोस्रो प्रहरमा झिङगा हात्तीको कानभित्र छिरेर सुमधुर धुन सुनाउन थाल्यो। झिङगाको स्वर सुनेर आनन्दातिरेकमा हात्तीले आँखा के चिम्लेको थियो कठफोरवाले आफ्नो तीखो चुच्चाले ठुङगेर त्यसको आँखा फोडिदियो। मध्याह्नको घाममा पीडा र तिर्खाले छटपटिएर पानीको खोजीमा हात्ती यताउति भौतारिन थाल्यो। भ्यागुतोको आवाज सुनेर त्यसको अनुकरण गर्दागर्दै ऊ खाडलमा जाकिएर त्यहीं मर्यो। त्यसैले भनिएको छ–
चटका काष्ठकुट्टेन मक्षिका दर्दुरैस्तथा। महाजनविरोधेन कुञ्जर: प्रलयं गत:।। अर्थात् चटका, काष्ठकुट्ट, झिङगा र भ्यागुतो जस्ता साना जीवहरू पारस्परिक सङगठनद्वारा हात्ती जस्तो बलशाली जानवरलाई मार्न सफल भए।