यतिखेर आमजनतामा मात्र होइन स्वयं राजनीतिक पार्टीहरूका नेता तथा कार्यकर्ताहरूमा समेत चरम निराशा र कुण्ठा उत्पन्न भएको सर्वत्र सजिलै सबैले अनुभव गरिरहेका छन्। प्रत्येक पार्टीका चाहे त्यो संसद्वादी होऊन् वा गैरसंसद्वादी तिनीहरूको तलदेखि माथिसम्म नेतृत्वको जिम्मेवार हिस्सा भ्रष्टाचारमा लिप्त देखिन्छ। भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाउनकै लागि संविधानसभाको निर्वाचनपश्चात् चारवटा सरकार बनिसकेको छ। कुर्सीको भागबन्डा र छिनाझप्टीको फोहरी खेल यति विघ्न घिनलाग्दो अवस्थामा पुगिसकेको छ कि कुर्सी पाउनकै लागि आफूद्वारा स्वयं घोषित लक्ष्य, आदर्श तथा सपनाहरू तिनीहरूले रातारात बेच्ने गरेका छन् । पार्टी फुट्नु, चोइटिनु, गठन हुनु तथा अनेकखाले गुट, उपगुटमा विभाजित हुनुको पछाडि अहिले कुनै महान् लक्ष्य कारक तत्त्वको रूपमा राजनीतिक रङगमञ्चमा देखिंदैन बरू फगत कुर्सी पाउन तथा भ्रष्टाचार गरी पद र खोक्रो बुर्जुवा प्रतिष्ठाको लालचमा हाम्रा आदरणीय नेताहरूले रातारात पार्टी फुटाउने गरेका तथ्य जगजाहेर नै छ। हिजोको दिनमा गरिएको त्याग तथा बलिदानको मूल्य कुर्सीसँग साट्न नेताहरू तयार भएकै कारण पार्टीहरूभित्र अनेक गुटले मौलाउने अवसर प्राप्त गरेको छ । हाम्रा नेता तथा कार्यकर्ताहरूमा भ्रष्टीकरण यति धेरै मात्रामा हावी भइसकेको छ कि उनीहरू आफ्नै पार्टीभित्रका सहयोद्धा, सहकर्मी सहधर्मीहरूलाई समेत ज्यानै जाने गरी दुश्मनलाई जस्तै भौतिक हमला गर्न पनि पछाडि पर्दैनन्। यतिखेर सबै पार्टीका अधिकांश नेता–कार्यकर्ता जो जिम्मेवाररूपमा राज्यको विभिन्न पदमा आसीन भएका छन्, उनीहरूभित्र मिलीजुली बसौं र भएको जनविकासको बजेट बाँडीचुँडी खाऔंको अदृश्य एकता र स्वभाव समानरूपमा देखिएका छन्। गुट चलाउने नेताहरू आफ्नो भ्रष्ट आचरण तथा घिनलाग्दो अनुहार लुकाउन आफ्नो जनविरोधी क्रियाकलापलाई प्रत्येक पार्टीभित्र लाइनको रूपमा व्याख्या गर्ने गर्दछन्। नेता, कार्यकर्ताको यही भ्रष्ट प्रवृत्तिलाई हेरेर जनता तथा आमकार्यकर्तामा निराशा र कुण्ठा उत्पन्न हुनु स्वाभाविकै हो। यतिखेर सबैको मन मस्तिष्कमा केही प्रश्न खेलिरहेको छ– के नेपाली नेताहरू कहिल्यै सुध्रिदैनन् त ? आदर्श, त्याग र बलिदानको इतिहास बोकेका पार्टी तथा नेताहरू जब जब सरकारमा पुग्ने गर्छन् तब तब जनता र क्रान्तिलाई बिर्सेर वा आफूलाई बिक्री गरेर सबै महान् लक्ष्य र सपनाहरूलाई सत्तासँग मोलतोल गरी बेच्दै आएको नेपाली राजनीतिको पुरानो परम्परालाई यिनीहरू किन आजसम्म पनि निरन्तरता दिंदै आइरहेका छन् त ? के ए नेकपा माओवादी पनि भ्रष्टीकरणकै प्रक्रियामा गइसकेको छ त ? यसले पनि नेपाली जनतालाई मुक्ति दिने अभियानको गौरवशाली जिम्मेवारीबाट आफूलाई च्यूत गरिसकेको छ त ? के अब नेपाली राजनीति एकपल्ट फेरि केवल नाम मात्रको परिवर्तनमा सीमित हुन पुग्छ त ? ‘नयाँ बोतलमा पुरानो रक्सी’ भनेजस्तै नेपाली जनतामा सङ्घीय गणतन्त्रको नाउँमा फेरि पनि सामन्त, दलाल, नोकरशाहहरू नै रजाइँ गर्नेछन् त ? २००७ साल, २०२८ साल, २०३५/०३६ र २०४६ कै नियतिमा कतै २०६२/०६३ को आन्दोलनको उपलब्धिहरू सीमित त हुने हैन ? नेपालमा अब राजनीतिक, आर्थिक, सांस्कृतिक क्रान्ति गर्न नसकिने हाम्रा नेताहरूले ठहर गरेर एकपछि अर्को जनविरोधी पाइला चाल्न थालेका हुन् त ? शान्ति र संविधानको नाउँमा जे गर्न पनि छुट नेताहरूले पाउँलान् त ?
उपरोक्त प्रश्नहरू नै आजको यक्ष प्रश्नको रूपमा नेपाली जनता तथा पार्टीहरूभित्रको इमानदार नेता–कार्यकर्ताको अगाडि तेर्सिएको छ।
क्रान्ति कसैको पनि मनोगत इच्छा, आकाङ्क्षाबाट हुने गर्दैन र भएको पनि छैन एवं गर्न पनि सकिंदैन। क्रान्ति भनेको मानव समाजमा भएको आर्थिक प्रणालीभित्रको अन्तरविरोधको उच्च रूप हो। त्यसैले क्रान्तिको लागि आत्मगत र वस्तुगत दुवै परिस्थिति तयार हुनुपर्छ र त्यो भएरै छोड्छ। यसको लागि सचेत पहल भए पनि, नभए पनि यो निरन्तर आफ्नै नियममा आधारित भई अगाडि बढिरहन्छ। ब्रह्माण्डमा थुप्रै सूर्य परिवार छन् तर हाम्रो सूर्य परिवारमा भएको पृथ्वीमा मात्रै जीवको उत्पत्ति र विकास हुनु पनि एउटा नियमित प्रक्रिया र प्राकृतिक क्रान्तिकै उपज हो। एक कोषीय जीवबाट बहुकोषीय जीवहरू बन्नु, वनस्पति र जनावरहरूको विकास हुँदै जाँदा मानवसम्मको विकास हुनु पनि प्राकृतिकरूपमा विभिन्न क्रान्ति, परिवर्तन र रूपान्तरणकै अहम् भूमिकाले हो। मानव समाजले यतिञ्जेलसम्म आदिम साम्यवाद (जङगली अवस्था), दास व्यवस्था, सामन्ती व्यवस्था, पूँजीवादी व्यवस्था तथा समाजवादी व्यवस्थासम्म पनि समाजभित्रै मूलत: आर्थिक उत्पादन र वितरणसँगको अन्तरविरोधले गर्दा ल्याइ पुर्याएका हुन् र यही अन्तरविरोधले गर्दा हामीले राजतन्त्र समाप्त गर्न भ्याएका छौं।
पुरानोले नयाँलाई ठाउँ दिनै पर्छ। इतिहास बडो निर्मम र कठोर हुन्छ। विकासलाई कसैले रोक्नै सक्दैन। विकास, परिवर्तन, रूपान्तरण वा क्रान्तिलाई रोक्नु भनेको अदूरदर्शिता र पटमूर्खताबाहेक अरू केही होइन। त्यसैले इतिहासमा क्रान्तिविरोधी सबै राज्यसत्ताहरू, फासिस्ट शासकहरू तथा क्रान्तिलाई बेच्न खोज्ने दलाल भ्रष्ट नेताहरू वा पार्टीहरूलाई समयको कालखण्डले मुखभरि कालोमोसो दलेर रछ्यानमा मिल्काउँदै आएको इतिहासलाई कहिल्यै बिर्सनु हुँदैन। यतिखेर नेपाली जनताको आशा र भरोसाको एकमात्र केन्द्र एकीकृत नेकपा माओवादी पार्टी नै हो। यो आजको सच्चाइ हो। यसलाई कसैले असत्य साबित गर्न सक्दैन । संविधानसभाको निर्वाचनसमेतले यसलाई पुष्टि गरिसकेको छ। तर यतिखेर एकीकृत नेकपा माओवादी पार्टी कै नेता तथा कार्यकर्ताको पछिल्ला गतिविधिहरूले गर्दा जनभावनामा कता–कता ठेस लाग्न थालेको अवस्थालाई पनि अस्वीकार गर्न सकिंदैन । पार्टीभित्र हावी हुन खोजेको वा हुँदै गएको भ्रष्ट आचरण तथा गुटगत तीव्र गतिविधिले गर्दा जनता र पार्टीभित्रको इमानदार कार्यकर्ताहरूबीच अनेक प्रश्न तेस्र्याएको छ। एमाओवादीभित्रको पछिल्ला गतिविधिहरूले प्रतिक्रियावादी, प्रतिगामी, सुधारवादी तथा यथास्थितिवादीहरू हौंसिएका छन् भने जनताको पङ्क्ति र पार्टीभित्रैको ठूलो पङ्क्ति जो अझैं पनि पुरानै सपना लिएर हिंडिरहेका छन् उनीहरूको बीचमा क्रमश: निराशा र कुण्ठा बढाउँदै लगेको छ। पार्टीको सङगठनात्मक अवस्था चरम गुटगत गतिविधि तथा गैरलेनिनवादी सङगठनात्मक पद्धतिले गर्दा पूर्णत: क्षतविक्षत वा लथालिङगको अवस्थामा पुगिसकेको छ। कमिटीहरू यति ठूला–ठूला आकारको छ कि तिनको नियमित बैठकसमेत हुन सकेको छैन। पार्टीभित्रको आर्थिक प्रणाली पूरै ध्वस्त भइसकेको छ। काम कारबाईमा न त एकरूपता छ, न त पारदर्शिता । पार्टीभित्र निरन्तर र्हास हुँदै गएको वर्गीय प्रेम र दुराभावले गर्दा कटुता र कार्यकर्ताहरू खासगरी पूर्णकालीन कार्यकर्ताहरूको बेखर्चीले उनीहरूमा निराशा, पलायन गर्ने मनोविज्ञान तथा बाँच्न र टिक्नैको लागि पार्टी नीतिविपरीत काम गर्नुपर्ने कतिपय बाध्यात्मक अवस्थाले गर्दा गम्भीर समस्या र चुनौती खडा गरेको छ । पार्टीभित्रको एउटा हिस्सा तस्करी, विभिन्न कार्यालयको हाकिमसँग महिनावारी असूली, ठेक्कापट्टा आदिको काममा संलग्न हुँदै आएको छ। पार्टीभित्रको गुटबन्दीले आन्तरिक जीवनमा दण्डहीनताले ठूलो प्रश्रय पाइरहेको छ। यस्तो अवस्थामा पार्टीको गतिविधि हेरेर पार्टीभित्र इमानदार कार्यकर्ताहरूमा निराशा हुनु तथा बाहिर जनताबीच अपेक्षित भावनामा ठेस लाग्नु पनि स्वाभाविकै हो। यतिखेर आलोचना, आत्मालोचना एकादेशको कथा हुन पुगेको छ।
जेहोस् यतिखेरको आवश्यकता मुलुकलाई सङ्क्रमणकालबाट बाहिर निकाल्नु, जनताको पक्षमा शान्ति प्रक्रियालाई टुङगयाउनु तथा जनताको संविधाननिर्माण गर्नुपर्ने कार्यभारलाई पूरा गर्ने जिम्मेवारी सबै पार्टीको भए पनि इतिहासले एकीकृत नेकपा माओवादीकै नेतृत्वमा विशेष जिम्मेवारी दिएको छ। यसर्थ आफ्ना आन्तरिक अन्तरविरोधलाई मैत्रीपूर्ण ढङगले सञ्चालन गर्दै पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्न जरुरी छ। दसवर्षे जनयुद्धले जनतामा जगाएको आशा र शहीदको सपनालाई पूरा गर्न क्रान्तिप्रति निष्ठासहित नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न संसद्वादी दलहरूको सम्पूर्ण जालझेल तथा षड्यन्त्रहरूलाई चकनाचुर पार्दै अगाडि बढ्न जरुरी छ। होइन भने जसरी नेकपा एमालेले क्रान्तिको बाटो छोडेपछि क्रान्ति गर्न जनताले माओवादीलाई जन्मायो, त्यसैगरी एकीकृत माओवादीले आफूलाई सच्याएर टकटक्याएर अगाडि बढ्न तयार हुँदैन भने जनताले फेरि अर्को क्रान्तिकारी पार्टी जन्माउँछ र क्रान्ति सम्पन्न हुन्छ नै भन्ने कुरालाई एमाओवादीका नेताहरूले बेलैमा बुझ्न जरुरी छ।