प्रस, वीरगंज, १० मङ्सिर/
नारायणी क्रिकेट मैदान वीरगंजमा आजदेखि डे–नाइट टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको शुभारम्भ भएको छ।
एमसी ट्रफी डे–नाइट टि–ट्वान्टी क्रिकेटको पर्साका प्रहरी उपरीक्षक रमेश खरेलले आज उद्घाटन गरे। समसुल हवारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बाबुजान अन्सारी, मनिफ अन्सारीलगायतले क्रिकेटको बारेमा मन्तव्य व्यक्त गरेका थिए।
आजबाट शुभारम्भ भएको एमसी ट्रफी डे–नाइट क्रिकेट प्रतियोगिता २२ गतेसम्म सञ्चालन हुने बताइएको छ। प्रतियोगितामा दैनिक दुईवटा खेलको आयोजना हुनेछ। पर्सा, बारा र छिमेकी भारत, बिहारका गरी प्रतियोगितामा २४ वटा क्रिकेट क्लबको सहभागिता रहेको आयोजकले बताएको छ।
कलैया वारियर्स विजयी
प्रस, कलैया, १० मङ्सिर/
कलैया क्रिकेट क्लबको आयोजनामा आर्यन्स गाइजको प्रायोजनमा कलैयास्थित सिद्घेश्वर खेल परिसरमा सञ्चालित शहीद असरफ मजिद मेमोरियल नकआउट टी–२० डे–नाइट क्रिकेट प्रतियोगितामा शुक्रवार भएको फाइनल खेलमा कलैया वारियर्स क्रिकेट क्लबले उपाधिमाथि कब्जा जमाएको छ। कलैया वारियर्सले कलैया लायन्स क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरी उपाधिमाथि कब्जा जमाएको हो। टस जितेर पहिले ब्याटिङ गरेको कलैया लायन्स क्रिकेट क्लबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३२ रन बनाएको थियो। प्रत्युत्तरमा कलैया वारियर्सले १४.१ ओभरमा ४ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा गर्यो। लायन्सका लागि अवधेश गुप्ताले ३२, नीरज सिंहले २४ र गोपाल यादवले २१ रन बनाएका थिए। कलैया वारियर्सका म्यान अफ दि म्याच अमित श्रेष्ठले अविजित ५२ रनको योगदान दिएका थिए। त्यस्तै सुरज तिमल्सिनाले २१ र शिव तण्डुकारले १४ रनको योगदान दिएका थिए । कलैया लायन्सका बलर शक्ति कुमारले ३, प्रियेश सिंहले १ विकेट लिएका थिए । कलैया वारियर्सका बलर कुमार थापाले ३, सुरज तिमल्सिनाले २, सागर थापाले २, शशी दास र समीर थापाले १/१ विकेट लिएका थिए। प्रतियोगितामा कलैया वारियर्सका सुरज तिमल्सिना म्यान अफ द सिरिज, कुमार थापा बेस्ट बलर, शिव तण्डुकार बेस्ट ब्याट्सम्यान घोषित भएका थिए। प्रतियोगितामा विजेता टिमले रु. ३० हजार र उपविजेता टिमले रु. १५ हजार नगद पुरस्कार हात पारेका थिए। प्रतियोगितामा विजेता टीमका खेलाडीहरूलाई सभासद् प्रमोद गुप्ता, उपविजेता टिमका खेलाडीहरूलाई बाराका प्रमुख जिल्ला अधिकारी बसन्तकुमार उपाध्यायले शिल्ड, चेक, कप प्रदान गरेका थिए। प्रतियोगितामा खेलाडी, सहयोगी, स्वयंसेवकलगायतलाई बाराका प्रहरी उपरीक्षक सुरेश विक्रम शाह, प्रतियोगिताका संयोजक अनिल चौगाई, प्रायोजक टिमका बैजु दास, उदित गुप्ता, गोपी चौधरी, धमेन्द्र श्रीवास्तवलगायतले प्रमाणपत्र प्रदान गरेका थिए।
नकआउट फूटबलको उपाधि ब्रह्मपुरीलाई
प्रस, सिम्रौनगढ, १० मङ्सिर/
जिल्ला विकास समिति खेलकुद विकास समितिको सहयोगमा
सगरमाथा युवा फूटबल क्लब बन्जरियाको आयोजनामा बाराको बन्जरियामा सञ्चालित नकआउट फूटबल प्रतियोगितामा शनिवार भएको फाइनल खेलमा उपाधिमाथि ब्रह्मपुरी फूटबल क्लबले कब्जा जमाएको छ। ब्रह्मपुरीले
श्रीपुर फूटबल क्लबलाई ३ का विरुद्ध ४ गोलले टाइब्रेकरमा पराजित गरी उपाधिमाथि कब्जा जमाएको हो। प्रतियोगिताका विजेता तथा उपविजेतालाई वसिर मियाँ, दिलमणि गुप्ता, लक्ष्मी मण्डललगायतले पुरस्कार वितरण
गरेका थिए।