अनन्तकुमार लाल दास
के तपाईंलाई थाहा छ, तपाईं कतै जाँदै हुनुहुन्छ ? धेरैजसो विद्यार्थीहरूलाई यस प्रश्नको जवाफ थाहा नै छैन। कसैले भन्लान्, अर्को कक्षामा प्रवेश गर्न त कसैले डाक्टर वा इन्जिनियर बन्न । किनभने कसैले पनि आफूलाई अशिक्षित भनाउन रुचाउँदैन। यसले के प्रमाणित गर्दछ भने उनीहरू सर्टिफिकेट र डिग्री प्राप्त गर्नका लागि विद्यालय र क्याम्पस गइरहेका छन्। मेरो दृष्टिमा यिनीहरू त्यस्ता फूटबल खेलाडी हुन् जो एक कुनाबाट अर्को कुनासम्म बललाई फ्याँकिरहेका छन् तर गोल गरिरहेका छैनन्। धेरैजसो विद्यार्थीहरू आज बल सँगसँगै कुदिरहेका त छन् तर उनीहरूले एउटा गोल पनि गर्न सक्दैनन् किनभने उनीहरूसँग कुनै “लक्ष्य” नै छैन।
जसरी भोको मानिसले भोजन र तिर्खा लागेकाले पानी खोज्दछ त्यसैगरी कुनै पनि कार्य गर्न हामी त्यसबेला उत्प्रेरित हुन्छौं, जब हामीसँग त्यो नभएको कुरा थाहा पाउँछौंं । अर्को शब्दमा भन्ने हो भने इच्छा जागृत भएपछि मात्र त्यसको पूर्तिका लागि हामी प्रयत्न गर्दछौं। केही व्यक्तिहरूले यो “इच्छा” नै “लक्ष्य” हो पनि भन्ने गरेका छन् तर इच्छा र लक्ष्यमा धेरै अन्तर छ। भोकको परिणाम, भोजनको चाहना इच्छा र लक्ष्य त्यस चाहनालाई प्राप्त गर्ने साधन हो। अर्थात् धनप्राप्ति इच्छा र त्यसलाई प्राप्त गर्न हामी जुन ठाउँमा पुग्न चाहन्छौं, त्यो हाम्रो लक्ष्य हो।
धेरैजसो विद्यार्थीहरूले चाहेको जस्तो उपलब्धि हासिल नगर्नुको पछाडि जीवनमा कुनै लक्ष्य नहुनु नै हो। कैयौंलाई के भ्रम छ भने एउटा उमेर विशेषसम्म पुग्दा स्वत: लक्ष्य प्राप्त भई नै हाल्दछ तर दुर्भाग्यवश यस्तो हुँदैन। जो विद्यार्थी लक्ष्यअनुरूप एक–एक पाइला अगाडि उचाल्छ त्यो नै लक्ष्यविहीन विद्यार्थीभन्दा बढी कामयाब भएको देखापर्छ। हामीसँग सबै थोक छ र नियमित कठोर परिश्रम पनि गरिरहेका छौं तर यदि
हामीसँग लक्ष्य छैन भने सफलताको सम्भावना न्यून नै हुन्छ। जस्तै भोक लाग्नुपूर्व नै यदि हामीले खाना कहाँ पाइन्छ भन्ने कुरो निर्धारित गर्यौं भने
भोक लागेपछि अल्मलिने सम्भावना नै हुँदैन र गरिएको परिश्रम पनि खेर
जाँदैन।
विद्यार्थी वा कसैका लागि लक्ष्य यसकारणले पनि आवश्यक छ किनभने यसले जाने बाटो र पुग्ने ठाउँसम्बन्धी दिशानिर्देश गर्दछ। यसको अर्को कारण के रहेको छ भने एकपटक लक्ष्य निर्धारण गरिसकेपछि हामीभित्र एक प्रकारको प्रक्रिया प्रारम्भ हुन्छ, जसले हामीलाई लक्ष्यसँग सम्बन्धित मानिस र स्थितिहरूतर्फ स्वयं आकर्षित गर्दछ। जस्तै विद्यार्थीले परीक्षामा असी प्रतिशतभन्दा बढी अङक हासिल गर्ने लक्ष्य बनाउँछ भने उसको मस्तिष्कमा कुन विषयलाई कसरी पढ्ने वा यसका लागि कुन शिक्षकसँग परामर्श वा ट्यूसन गर्ने वा कसरी दैनिक कार्यतालिका बनाइ नियमित अध्ययन गर्ने विचार स्वत: उत्पन्न हुन थाल्दछ। यसप्रकार विद्यार्थीले विस्तारै यससँग सम्बन्धित सबै जानकारी हासिल गर्न प्रारम्भ गर्छ र उसको लक्ष्य उसलाई स्पष्ट देखापर्न थाल्छ । यदि विद्यार्थीसँग कुनै लक्ष्य नै छैन भने यो देखिंदैन पनि।
यसकारण यो स्पष्ट छ कि लक्ष्यबेगर सफलताको कामना नै गर्न सकिन्न। यदि तपाईंलाई आफ्नो शत्रुबारे थाहा नै छैन भने तपाईंले कसमाथि विजय प्राप्त गर्नुहुन्छ ? यदि तपाईंलाई परीक्षामा कति अङक प्राप्त गर्नेबारे थाहा नै छैन भने कसरी त्यसलाई प्राप्त गर्न सक्नुहुन्छ ? लक्ष्यबिना कुनै काम गन सम्भव नै छैन। यदि हामीले आफ्नो लक्ष्यबारे गम्भीरतापूर्वक सोचेनौं भने यसबारे भ्रम पनि उत्पन्न हुन सक्दछ। किनभने लक्ष्यविहीन कार्य पागलले मात्र गर्दछ किनभने भोक लाग्नासाथ मस्तिष्कमा भोजनको चित्र उत्पन्न हुन्छ र भोजन कहाँबाट प्राप्त हुन्छ,
यो सङकेत पनि प्राप्त हुन्छ। यो
प्राप्त हुनासाथ मानिस त्यसतर्फ हिंडिहाल्छ । यसकारण सबैले लक्ष्य अनुसार नै काम गर्दछ तर यहाँ लक्ष्य निर्धारणको अर्थ कल्पना वा आभास मात्र नभई एउटा निश्चित लक्ष्य निर्धारण रहेको छ।
दुईजना साथीहरू सिमरन र प्रियङका यसपटकको दशैंमा सँगै मेला घुम्न गए। त्यहाँ दुवै एउटा सुटिङ प्वाइन्टमा पुगेर निशाना लगाउने विचार गरे। प्रियङकाले बन्दुक उठाएर लक्ष्यतर्फ हेरेर फायर गरिन् तर निशाना सही ठाउँमा लागेन। त्यसपछि सिमरनले बन्दुक उठाइन्। लक्ष्य र बन्दुकको प्वाइन्ट मिलाउनमा एक मिनेट लगाइन् र फायर गरिन्। निशाना ठीक ठाउँमा लाग्यो। यसप्रकार दुवैले कैयौंपटक त्यसै गरे। प्रियङका हरेक पटक असफल भइन् र सिमरन हरेक पटक सफल। यसो किन भएको होला जब दुवैले लक्ष्यमैं निशाना लगाएका थिए ? किनभने प्रियङकाको दृष्टिमा पनि लक्ष्य थियो तर उसले आफ्नो वास्तविक स्थितिमाथि विचार गरिनन् तर
सिमरनले पहिले आफ्नो वास्तविक स्थितिमाथि विचार गरिन् त्यसपश्चात् निशाना साधिन् र सफल भइन्।
यो स्थिति हरेक क्रियाकलापसँगै
हुन्छ।
अब प्रश्न उठ्छ लक्ष्य कस्तो हुनुपर्छ ? विद्यार्थीहरूका लागि खासगरी शैक्षिक लक्ष्य नै बढी लाभदायक हुन्छ। सबैभन्दा पहिला प्रमुख लक्ष्य निर्धारण गर्नुपर्छ। एकपटक प्रमुख लक्ष्य निर्धारण गरिसकेपछि स–साना लक्ष्यहरू निर्धारण गर्नुपर्दछ। जस्तै यसपटकको एसएलसी वा जिल्लास्तरीय परीक्षाको तयारी कसरी गर्ने ? यसका लागि आपैंm नियमित अध्ययन गर्नु ठीक हुन्छ वा कमजोर विषयहरूको ट्यूसन वा कोचिङ कक्षा ज्वाइन गर्नु ? कुन समय कुन कार्यको लागि उचित हुन्छ ? कोसँग सल्लाह लिनु उचित हुन्छ ? यी स–साना लक्ष्यहरूलाई पनि बाँड्न सकिन्छ। एक सातामा पूरा हुने कार्य, एक महिनामा पूरा हुने कार्य, तीन महिनामा पूरा हुने कार्य वा एक वर्षमा पूरा हुने कार्य आदि । यी स–साना उपलब्धिहरूलाई हासिल गर्दै जाँदा अप्रत्यक्षरूपले हाम्रो आत्मबल पनि बढ्दै जान्छ। आफ्नो लक्ष्यप्रति सचेत र प्रतिबद्ध विद्यार्थी हरेक दिन हरेक पल तय गरिएका कार्यलाई पूरा गर्न इमानदारिताका साथ अगाडि बढ्दछ। यसबाट विद्यार्थीहरूलाई लामो दूरी तय गर्न सजिलो हुनुको साथै थकानको पनि अनुभव हुँदैन।
विद्यार्थीहरूले लक्ष्य निर्धारण गर्दा ठूल्ठूला सपना हेर्नुपर्छ किनभने सानो लक्ष्यले सानो परिणाम र ठूलो लक्ष्यले ठूलो परिणाम प्राप्त हुन्छ। लक्ष्य चुनौतीपूर्ण पनि हुनुपर्दछ किनभने यसले विद्यार्थीभित्र रहेका प्रतिभाहरूलाई बाहिर ल्याउँछ। लक्ष्य पाउने खालको हुनुपर्दछ किनभने यसबाट हाम्रो आत्मबल पनि बढ्दछ। उदाहरणका लागि पढाइमा रुचि नराख्ने विद्यार्थीहरूले शिक्षक वा क्याम्पसका प्राध्यापक बन्ने लक्ष्य राख्नुहुन्न किनभने झेलजाल गरेर बनेका शिक्षक र प्राध्यापकहरूले त्यस्तै विद्यार्थीहरूको उत्पादन गर्दछन् जस्तो उनीहरू स्वयं हुन्छन्। लक्ष्य लचिलो पनि हुनुपर्दछ किनभने यदि एउटा लक्ष्य प्राप्त भएन भने योग्यता भएकै कारण अर्को लक्ष्य निश्चित नै प्राप्त हुन्छ। लक्ष्य समयबद्ध पनि हुनुपर्दछ। यदि
यसो भएन भने त्यसलाई हासिल
गर्न गार्हो हुन्छ किनभने एउटा निश्चित अवधिमा निश्चित काम पूरा गर्नुपर्ने
हुन्छ।
लक्ष्यसम्म पुग्नका लागि अन्तिम प्रयाससम्म गर्ने चाहना हुनुपर्छ। यो त्यसबेला मात्र सम्भव हुन्छ, जब हरेक क्षण यसको स्मरण भइरहोस्। यसका लागि स्वयंलाई लक्ष्यको बारेमा स्मरण गराउनका लागि विद्यार्थीहरूले यसलाई एउटा कागजमा टिपोट गरी पढ्ने कोठामा झुण्ड्याउनु वा मेचमाथि टाँस्नुपर्छ । समय–समयमा लक्ष्यको समीक्षा पनि गर्नुपर्दछ। लक्ष्यप्राप्तिमा कुनै बाधा अड्चन छ भने त्यसलाई हटाउने प्रयास गनुपर्छ। जस्तै तपाईं परीक्षामा प्रथम हुन चाहनुहुन्छ
तर तपाईंसँग साधन छैन भने पहिला साधन प्राप्तिको लक्ष्य बनाउनुपर्छ।
कुनै पनि ठूलो लक्ष्य स–साना लक्ष्यबाट नै निर्मित हुन्छ। नयाँ लक्ष्य
निर्धारण गर्ने क्रममा कुनै विशेष
लक्ष्य हासिल गर्न असफल भएको कुरालाई कहिले पनि मन मस्तिष्कमा राख्नुहुन्न।
यसका लागि विद्यार्थीहरूले केही गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिला दीर्घकालीन र शैक्षिक लक्ष्य निर्धारण गर्नुपर्छ। यसका लागि वर्तमान वर्षका लागि लक्ष्य निर्धारण गर्नुपर्छ । जे प्राप्त गर्न खोज्दै हुनुहुन्छ त्यसलाई लेखेर राख्नुपर्छ। बाँकी लक्ष्यलाई अद्र्धवार्षिक, त्रैमासिक र मासिक लक्ष्यमा परिवर्तित गर्नुपर्छ। प्रत्येक बिहानी त्यस दिनका लागि तयार गरिएको कार्ययोजना अनुरूप काम गर्दै जानुपर्छ। यसका लागि कुर्सीमा सही तरिकाले बसेर आँखा बन्द गरी लामो सास लिई लक्ष्यलाई सम्झनुपर्छ। सास प्रक्रियालाई पाँचपटक दोहोर्याउनुपर्छ । त्यसपछि तपाईंले लक्ष्य प्राप्त गरिसकेको सोच्नुपर्छ र यसबाट पाउने खुशीलाई स्मरण गर्दै आफ्नो धर्म अनुसार ईश्वरलाई धन्यवाद ज्ञापन
गर्नुपर्छ र पुन: लामो सास फेरि आँखा खोल्नुपर्छ ।
लक्ष्य निर्धारण गरिसकेपछि के हाम्रो काम समाप्त भएको बुझ्नुपर्छ ? होइन, लक्ष्य निर्धारण भनेको त सुरुवात मात्र हो। त्यसपछि त्यसलाई हासिल गर्न एउटा कार्ययोजना बनाउनुपर्छ। कार्ययोजना बनाउँदा विद्यार्थीहरूले आफ्नो ताकत, कमजोरी, आफूसँग भएको साधनस्रोत, बाटोमा सृजना हुन सक्ने अप्ठ्याराहरू सम्बन्धमा बडो गहिराइका साथ सोच्नु र विश्लेषण गर्नुपर्ने हुन्छ। तत्पश्चात् एउटा निश्चित अवधि तोकी काम गर्न प्रारम्भ गर्नुपर्छ। उदाहरणका लागि यदि विद्यार्थीहरूले काठमाडौं जाने लक्ष्य निर्धारण गरेको छ भने जोसँग सम्पूर्ण साधनस्रोत उपलब्ध छ त्यो प्लेन चढेर पन्ध्र मिनेटमैं काठमाडौं पुग्छ तर जोसँग त्यसभन्दा कम साधनस्रोत छ त्यो आफ्नो कारमा ६ घण्टामा काठमाडौं पुग्छ। जोसँग प्लेनमा चढ्ने हैसियत वा आफ्नो साधन पनि छैन त्यो बस चढेर काठमाडौं पुग्छ तर जोसँग बस चढ्ने पनि हैसियत छैन त्यो पैदलै हिंडेर पनि काठमाडौं अवश्य नै पुग्छ तर यसको लागि स्पष्ट लक्ष्य र त्यसप्रति प्रतिबद्धताको खाँचो चाहिन्छ। एसएलसी नजिकिंदै छ। त्यसप्रति प्रतिबद्ध भई लक्ष्य निर्धारण गरी अगाडि बढ्नुहोस् सफलता तपाईंलाई पर्खिंदै छ।