सञ्जय साह ‘मित्र’
नेपाली भाषा र साहित्यको क्षेत्रमा प्रगतिशील दृष्टिकोणका चिन्तक मानिने गोविन्द भट्ट भौतिकरूपमा नेपालीबीच रहेनन् । एकदिन हरेकले यहाँबाट बिदा लिनैपर्छ भन्ने अन्तिम सत्यलाई भट्टले वरण गरेका छन् । वि.सं. १९९४ मा रौतहट (पुरेनवा) मा जन्मेका गोविन्द भट्ट साहित्यकार थिए । साहित्यकार भनेपछि सामान्यतया सर्जक बुझिन्छ । उनी सर्जक थिए । सर्जकभन्दा पनि द्रष्टा अर्थात् समालोचक थिए । शब्दसित उनको निर्मम प्रेम थियो । कुनै व्यक्तिलाई, उनको व्यक्तित्वलाई, तिनको प्रसिद्धिलाई भनेर उनको कृतिको विश्लेषण नगरी आफ्नो शब्दलाई अनावश्यक खर्च नगरी ब्रह्मले देखेको लेख्ने समालोचक हुन् भट्ट । भट्टले जति समालोचना लेखे आफ्नो सैद्धान्तिक मान्यतालाई कायम राखेर लेखे ।
सिर्जनाको क्षेत्रमा सर्जकभन्दा समालोचक कम हुन्छन् । समालोचकभन्दा दार्शनिक अझ कम हुन्छन् । नेपाली साहित्यमा दार्शनिकको कमी त्यसै पनि कम छ । गोविन्द भट्ट समालोचकभन्दा अझ बढी दार्शनिक थिए । उनको वास्तविक परिचय दार्शनिकताबाटै खुलेको छ । नेपालीले भट्टलाई माक्र्सवादी दार्शनिकका रूपमा चिन्दछन् । स्वभाव, बोलीचाली तथा लेखन र जीवनदर्शनका क्षेत्रमा उनलाई चिन्नेहरूले उनी हरेक क्षेत्रमा दार्शनिक नै भएको चर्चा गरेका छन् । गम्भीरता त उनको सम्पत्तिको रूपमा रहेको चिनाइन्छ । अल्पभाषी दार्शनिक गोविन्द भट्ट प्रचारबाजी युगबाट टाढै रहने व्यक्तित्व हुन् ।
भट्टलाई चीन विशेषज्ञको रूपमा समेत चिनिन्छ । उनी लामो समयसम्म चीनमा सञ्चारक्षेत्रमा प्रतिष्ठित पदमा काम गरेको भरमा मात्र उनलाई चीन विशेषज्ञ वा चीनविद् भनिएको होइन । उनलाई नेपालीले मात्र चीनविद्को रूपमा चिन्दैनन् । चीनको इतिहास, धर्म, संस्कृतिको पनि गहिरो र गहन अध्ययन गरेकाले चीनले समेत उनलाई यस क्षेत्रको विद्वानको रूपमा आदर गर्दथ्यो । चिनियाँ प्रतिनिधिमण्डल नेपाल आउँदा (चाहे त्यो जुनसुकै क्षेत्र वा स्तरको होओस्) एकपटक गोविन्द भट्टलाई भेटेरै फर्कन्थ्यो । नेपाल–चीन सम्बन्धको विषयमा जब देशमा चर्चा चल्थ्यो, गोविन्द भट्ट त्यस विश्लेषणको केन्द्रमा हुन्थे । उनको संयमित मन्तव्यले धेरैको चित्त बुझ्थ्यो ।

नेपाली साहित्याकाशका दुई कित्ता छन् । प्रजातान्त्रिक र प्रगतिशील गरी दुई धार स्पष्ट रहेको नेपालमा भट्ट प्रगतिशील खेमाका साहित्यकार थिए । एकपटक उनी प्रगतिशील लेखक सङ्घका केन्द्रीय प्रमुख पनि बनेका थिए । यद्यपि उनको कार्य अवधिको छनोटलाई निकै विवादास्पद मानिन्छ तर पनि उनको व्यक्तित्वको भने सर्वत्र प्रशंसा गरिएको थियो । भट्टको सुझबुझपूर्ण कार्यशैलीलाई वामपन्थी भनिने सम्पूर्ण खेमाका सर्जकहरूले प्रशंसा नै गरेका थिए । सबैलाई मिलाएर लैजाने वा सबैलाई खुशी पार्न खोज्ने प्रवृत्ति उनको नभएको कारणले सर्वत्र प्रशंसा भएको होइन बरू कसैको दबाबमा भन्दा पनि स्वविवेकले काम गर्ने व्यक्तित्वका कारणले विरोधीहरू चुप लागेका थिए । सम्भवत: उनको यही व्यक्तित्वको कारणले त्यतिबेला समानान्तर प्रलेस बन्न सकेन, नत्र जुन अवस्था वा प्रक्रिया वा शैलीमा उनी मुखिया बनाइएका थिए– प्रलेसमा विभाजन आउने निश्चित थियो ।
तत्कालीन अवस्थामा उनी एमालेनिकट थिए । कतिपयले उनलाई नेकपा एमालेका बुद्धिजीवी पनि भनेका छन् । एमालेको सदस्य भएको आरोप पनि लगाएका छन् । सदस्यता वा सदाशयता जुन कारणले भए पनि एमालेका नेताहरूद्वारा तुलनात्मकरूपमा बढी प्रशंसा उनले पाएका थिए । यसको वास्तविक कारण जेसुकै भए पनि एउटा तथ्यपूर्ण अनुमान के हुन सक्छ भने एमालेका शक्तिशाली नेता माधवकुमार नेपाल र गोविन्द भट्टको गृहजिल्ला एउटै हो, रौतहट हो । यसकारणले पनि निकटता हुन सक्छ । व्यक्तिगत कारणले निकटता बढ्दा पनि नेपालमा राजनीतिक रङगको विश्लेषण भइहाल्छ । नेता माधवकुमार नेपालभन्दा उमेरले जेठो भएकाले नेपालले भट्टलाई श्रद्धा–सम्मान वा आदर गर्नु स्वाभाविक हो । त्यसमा पनि भट्ट ठहरे दार्शनिक र चिन्तक, यस्ता मान्छेको माया पाउनु जसकसैका लागि तीर्थव्रत गरेकोभन्दा ठूलो हुन्छ । बरोबरजसो दुवैजनाबीच भेटघाट भइरहने गरेको चर्चा पनि भएको छ ।
भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा कार्यरत नेपाल प्रज्ञा प्रतिष्ठान भन्ने राष्ट्रिय संस्था छ, जसलाई पहिले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान भनिन्थ्यो । यसका प्राज्ञ तथा सभासद् र अन्य पदाधिकारीहरूमा राजनीतिक पदमा जस्तै नियुक्ति हुने चलन थियो र अझ पनि छ । यसको गठनको परम्परा नै यस्तै रहँदै आएको छ । राजनीतिक भागबण्डाको आधारमा यसको गठन हुन्छ । यसको गठनमा सकेसम्म समावेशी चरित्र अपनाइन थालिएको छ । भूगोलको समीकरण पनि मिलाउने प्रयास गरिन्छ । राजधानी र मोफसल पनि भन्ने गरिन्छ । एकपटक गोविन्द भट्टको नियुक्ति यस संस्थामा भएको थियो । भट्ट रौतहटको भनी प्रज्ञामा पुगेका थिए । यसको आलोचना भएको थियो । उनी प्रज्ञामा गएकोमा आलोचना भएको होइन, उनी रौतहटका भनी प्रज्ञामा गएकोमा आलोचना भएको थियो । रौतहट र रौतहटेलीलाई काठमाडौंमा बसेर माया गर्ने तर रौतहट आउन नसक्ने भएकाले उनलाई रौतहट बोलाउन आलोचना भएको थियो । वास्तवमा भट्टप्रतिको त्यो अनुराग थियो, प्रेम थियो र उनीप्रतिको लगाव थियो । उनलाई रौतहटेली बनाउने प्रयास थियो । तर उनी प्रज्ञामा रहुञ्जेल रौतहट आउन सकेनन्, पछि पनि अर्थात् अहिलेसम्म पनि रौतहट आएर कुनै साहित्यिक समारोहमा सहभागी लिएको पाइएन । प्रज्ञामा रहेको समयमा उनले प्रज्ञाका तर्फबाट कुनै कार्यक्रम गराउन सकेनन् वा रौतहटको भाषा, साहित्य, कला वा संस्कृतिसम्बन्धी कुनै गहन कार्य हुन सकेन । भट्टको समयमा हुन नसकेपछि आगामी कुन युगमा उनीजस्तो व्यक्तित्व पाएर प्रज्ञाबाट होला भन्ने कुरो पूरै निश्चित छ ।
केही हप्तापहिले आँखा चिम्लेका गोविन्द भट्टले रौतहटमा आँखा उघारेका थिए । उनको बाल्यकाल यही बित्यो । युवावस्थामा जागिरको क्रममा चीन पुगे । चीनबाट सेवानिवृत्त भई काठमाडौं आए । उनको बसोबास काठमाडौंमैं भयो । हृदयको कुनाकुनामा रौतहट बसेको थियो । रौतहटमा नरहेर पनि भट्ट सदैव रौतहटेली माझ रहन्थे । रौतहटेलीहरूप्रति सदाशयता, प्रेम–अनुराग र सदैव आफ्नोपनको अनुभूति भट्टमा रहेको उनका निकटस्थहरूको विचार छ । कोही पनि रौतहटेली (परिचित वा अपरिचित) लाई भेट्न पाउँदा औधी खुशी हुने भट्ट आफ्नो जन्मथलोप्रति गर्व गर्दथे । २००६ तथा २००७ सालको गौरमा भएको विशाल नरसंहारलाई आँखैले देखेका तथा जनान्दोलनमा रौतहटबाटै सहभागिता जनाएका भट्ट मोफसलको कुरा चल्नासाथ आफूलाई रौतहटेलीका रूपमा चिनाउँथे ।
भट्टको असामयिक देहावसानले साँच्चिकै एउटा दार्शनिकको अभाव भएको छ । नेपालको प्रगतिशील साहित्यिक आन्दोलन तथा नेपाल–चीनबीचको सम्बन्धको विषयमा सङ्क्रमणकालभरि साँच्चिकै उनको आवश्यकता थियो । देशले एउटा अन्तर्राष्ट्रियस्तरको बौद्धिक व्यक्तित्वलाई गुमाएको छ । उनलाई शब्द श्रद्धाञ्जलि । यसैगरी भट्टभन्दा केही दिन अघिमात्र दिवङगत कवि केवलपुरे किसानप्रति पनि शब्दश्रद्धा । यी दुवै स्रष्टाको अभाव प्रगतिशील लेखनको क्षेत्रमा सदैव देखिनेछ । भारतका चर्चित गजलकार जगजीत सिंहको निधनले साहित्यिक क्षेत्र शोकाकूल बनिरहेको समयमा प्रेमचन्दपछिका अत्यन्त चर्चित कहानीकार तथा विधाका सर्जक श्रीलाल शुक्लको विछोड थपिएको छ । केही समयपहिले मात्र कलाकार हरिवंश आचार्य तथा उपन्यासकार कृष्ण धरावासीलाई पत्नीविछोड परेको थियो । सबै दिवङगत सर्जक तथा सर्जककी सङिगनीहरूप्रति श्रद्धासुमन अर्पण गर्दछु ।