सुशील मुडभरी
गताङकको बाँकी भाग
अब हामी अजिवकल्पको बारेमा पूर्वीया मत र पश्चिमा मतको अवधारणा सरसर्ती हेरौं। मोटामोटीरूपमा हेर्यौं भने धेरै कुरा फरक देखिन्छ, तर गहिरिएर हेर्ने हो भने दुवैमा मेल खाने विषयवस्तु यथेष्ट भेटिन्छन्।
पृथ्वीको आयु सम्बन्धमा पश्चिमाहरूले दुई अर्ब वर्षदेखि साँढे चार अर्बसम्मको व्याख्या गरेका छन्। हाम्रो वैदिक साहित्यले पनि त्यस्तै किसिमबाट गणना गरिसकेको पाइन्छ। संसारको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदको कान्छो भाइ अथर्ववेदको ८।२।२१–१ मा लेखिएको छ:–
शतं तेऽयुतं हायनान्द्वे युगे त्रीणि चत्वारी कृष्ण:।
अर्थात् ४,३,२ यी अङकभन्दा पछि दस लाख सङ्ख्यालाई सूचित गर्ने शून्य (अर्थात् सातओटा शून्य) थपे पृथ्वीको आयु बन्दछ। यस हिसाबले हेरेको खण्डमा अथर्ववेदको रचना भएको समयमा पृथ्वीको आयुलाई चार अर्ब बत्तीस करोड वर्ष मान्ने प्रचलन भएको देखिन आउँछ । पृथ्वीको यस आयुलाई हिन्दूहरू मानव–वर्ष मान्दछन्। अथर्ववेदको यो भनाइ पश्चिमाहरूको भनाइभन्दा धेरै पहिले आइसकेको हो।
भूगर्भवेत्ता विद्वानहरूले भूगर्भभित्र रहेका ढुङगाको प्रकृति अनुसन्धान गर्ने क्रममा जुन चट्टान वा ढुङगाको तहमा जीवको अवशेष पाएनन्, त्यस भागलाई आजीवकल्प र जुन तहमा जीवका अवशेष पाए, त्यसलाई जीवकल्प मानेका हुन्। यस खोजीमा वैज्ञानिकहरूले धेरै पहिलेका चट्टानहरूमा एक कोषीय अवशेष फेला पारे भने त्यसपछि बनेका पत्थरमा बहुकोषीय जीवसृष्टि भएको फेला पारे । यसैले उनीहरूले यसलाई तीन खण्डमा विभाजन गरे, जसलाई त्रिखण्डारम्भ नाम दिए। जुन अन्तिम खण्डको पूर्ण अवस्था आजभन्दा सन्ताउन्न करोड वर्षपूर्व प्रारम्भ भएको मानिन्छ। त्रिखण्डारम्भबाट सुरु हुने पूराजीवक उपकल्पभित्र त्रिखण्डारम्भ, अवर प्रवाल, प्रवाल, मत्स्य, प्राङगार गिरी वा शैल नामको ६ युग मानिएको छ। तीमध्ये अवर प्रवाल युगमा आएर मुगाको सृष्टि भएको हो, जुन आजभन्दा चवालीस वर्षपूर्व प्रारम्भ भएको मानिन्छ। अवर प्रवाल, प्रवाल युगपछि मत्स्य युग आउँछ, जुन उनन्तालीस करोड वर्षपहिले प्रारम्भ भएको मानिन्छ, जुनबेला मीन अथवा माछाको उत्पत्ति वा जन्म भएको भनिएको छ।
मत्स्य युगपछि प्राङगार युग आयो, यसैबेला भौगर्भिक उथलपुथल भएको मानिन्छ। यसलाई पत्थर कोइला युग पनि मानिएको छ, जुन तीस करोड वर्षपूर्व भनिएको छ। प्राङगारयुगपछि पूराजीवक उपकल्प, गिरी वा शैलयुग आयो। यसै समयदेखि पृथ्वीमा पर्वतको उत्पत्ति हुन थाल्यो, अर्थात् त्यसबेलासम्म पृथ्वी समथर थियो भन्ने मनसाय छ। यो युग २८ करोड वर्ष पहिले प्रारम्भ भएको मानिन्छ। यो शैलयुगभित्र रक्ताश्म शैलयुग, सरीसृप युग, खरीढुङगा नामका तीन युग पर्दछन्। यी युग करिब बाइस करोड वर्षपूर्व मानिन्छन्। सरीसृपका साथै पृथ्वीमा विशालकाय गोहीहरू देखा परे। यो गोहीका साथै कछुवाको सृष्टि भयो। त्यसपछि मात्र पक्षीको सृष्टि भयो, अर्थात् देखापर्यो। यसैले यस युगलाई पक्षीयुग भनियो। जुन १९ करोड वर्षपूर्व मानिन्छ।
भूगर्भविद् विद्वानहरू अनुसार यसैबेला हिमालय बन्न सुरु भएको हो। यसपछि दन्तकारी पक्षी देखा परे, जुन तेर्ह करोड वर्षपूर्व मानिन्छ। यही क्रममा स्तनपायी प्राणी आउन थाले, जुन सात करोड वर्षपूर्व मानिन्छ। उषाश्म युगपछि ढुङगे युग आउँछ, जुन चार करोड पचास लाख वर्षपूर्व मानिन्छ। त्यसपछि अतिनुतनाश्म र मध्यनुतनाश्म युग देखापर्छ। जुन युगलाई नवीन युग भनियो र यसैबेला शिवालिक पर्वत शृङ्खलाहरू देखा परे। व्यवस्थित हुँदै गए।
वैज्ञानिकहरूको भनाइ छ– सात करोड वर्ष पहिलेसम्म हिमालय क्षेत्रमा पूरा भूमध्यसागर लहराइरहेको थियो। पछि समुद्रको पानी घट्ने क्रम सुरु भयो र हिमालय पर्वत र शिवालिकहरू देखा परे। जहाँ समुद्रभित्र पाइने महत्त्वपूर्ण कुराहरू हिमालयमा यद्यपि सुरक्षित छन्। प्रतिनुताश्मलाई तुरीयकल्प भनी नाम दिइएको पनि छ। यीमाथिका सम्पूर्ण युग पार गरेपछि मानवयुग देखापर्यो। यो युग प्रारम्भ भएपछि पशु र मानवमा अन्तर देखापर्यो । जुन आजभन्दा करिब
पचास लाख वर्षपूर्व मानिन्छ।
आधुनिक मानवयुग इसाभन्दा करिब
दस हजार वर्षअगाडि सुरु भएर
चल्दै छ भन्ने वैज्ञानिकहरूको ठम्याइ
छ।
काल निर्णय सम्बन्धमा हिन्दूहरू वा पूर्वीय अर्थात् आध्यात्मवादले प्रारम्भमा एउटा ब्रह्माण्डको कल्पना गरिएको छ। जुन ब्रह्माण्डमा खगोल र भूगोल दुवै आउँछ। ब्रह्माण्ड अर्थात् पृथ्वीको पनि सृष्टि, स्थिति र प्रलय तीन अवस्था मानिएको छ। पृथ्वी उत्पत्ति भएदेखि नाश नभएसम्मको अवस्थालाई सृष्टि भनिएको छ। पृथ्वीमा जीवको विकसित अवस्थालाई स्थिति र यी सबैको नाशलाई प्रलय समय मानिएको छ। सृष्टिपछिको समयलाई युग, चौकडी, मन्वन्तर, मन्वन्तरसन्धि, कल्प र ब्रह्मदिवस भनिएको छ। सत्य, त्रेता, द्वापर र कलि यी चारैयुग सृष्टिभित्रका भनिएको छ। यी चारै युग मिलाएर एक चौकडी मानिएको छ। ७१ चौकडीको एक मन्वन्तर हुन जान्छ। चौध मन्वन्तर र पन्ध्र मन्वन्तर सन्धिकालको सामूहिक समयलाई कल्प भनिएको छ, जुन कल्पमा हामी छौं, त्यसको नाम श्वेतबराह कल्प हो। एक कल्पको सम्पूर्ण भागलाई ब्रह्मदिवस भनिएको छ। अर्थात् समस्त एक कल्प बराबर ब्रह्माको एकदिन हुन्छ भनी पद्मपुराण, बराहपुराण आदिमा लेखिएको छ। त्यसमा मान्यता दिंदा ब्रह्माको एकदिन हाम्रो चार अर्ब बत्तीस करोड वर्ष हुन जान्छ।
पृथ्वीको आयु सम्बन्धमा जुन चार अर्ब बत्तीस करोड समय भनिएको छ, त्यसमा विभाजन यसरी गरिएको पाइन्छ । कलियुगको आयु चार लाख बत्तीस हजार वर्ष, द्वापरको कलियुगभन्दा दोब्बर आठ लाख चौसठ्ठी हजार वर्ष, त्रेतायुगको कलियुगभन्दा तेब्बर अर्थात् बार्ह लाख चानचुन वर्ष, सत्ययुगको कलियुगभन्दा चार गुणा बढी करिब सत्रह लाख वर्ष चानचुन मानिएको छ। यी चारै युगको आयु वर्षलाई जम्मा गर्दा त्रिचालीस लाख बीस हजार वर्ष हुन आउँछ। त्यसलाई एकहत्तर चौकडीले हिसाब गर्दा तीस करोड चानचुन वर्ष हुन जान्छ। त्यसलाई चौध मन्वन्तरले गुणा चार अर्ब चानचुन वर्ष हुन जान्छ।
यी पूरा समयलाई एक सृष्टि, एक कल्प वा ब्रह्माको एकदिन मानिएको छ।
यसरी पृथ्वीको आयु गणना गरिएको छ।
पाश्चात्य सिद्धान्तका अनुयायी विद्वानहरूले पृथ्वीको जन्म आजभन्दा करिब साढे चार अर्ब वर्षभन्दा पनि धेरै पहिले भएको कुरा कतै कतै गरेका छन् । यता पूर्वीय मतमा पनि ब्रह्माजीको एक दिन र एक रात जोड्दा दुई अर्ब मात्र होइन आठ अर्ब मानव वर्ष हुन्छ भन्ने मान्यता राखेका छन्। यस्तो हिसाबले हेर्दा पूर्वीय मतसँग पाश्चात्य मतमा धेरै कुरा मिल्न गएको देखिन्छ। यी सबै कुरालाई मध्यनजर गर्दा पूर्वीया, पश्चिमा अर्थात् आध्यात्मवाद र भौतिकवादको बीचमा पुल बनाएर विद्वान अनुसन्धानमा जुट्न अनिवार्य हुन गएको छ। थोत्रो आडम्बरभन्दा सकारात्मक सोचको जरुरी छ।