उमाशङकर द्विवेदी
एकाबिहानै ढोल मजिराका साथ साजिन्दाहरूलाई लिएर किन्नर नर्तक गृहस्थको ढोकामा पुग्दछ। पुत्र जन्मको खुशीयालीमा सोहर, झुमर रागमा किन्नरले गीत “ए लालना केकरा अङगनवा जमलन लाल, घरवा मे उठे सोहर हो...।” गाउँदै घरमा पुग्दछन्। जुन घरमा पुत्रको जन्म भएको हुन्छ, त्यहाँ किन्नरहरू (खोजवा, खोजइन) निश्चितरूपमा पुगेर गीत गाउँदछन्, नाच्दछन्, बधाई दिन्छन् तथा बक्सिस माग्दछन्। छरछिमेकीका मानिसहरू त्यहाँ रमिता हेर्न झुम्मिएका हुन्छन् । एकैछिनमा त्यहाँ पूर्णरूपमा खुशीयाली तथा आल्हादकारी माहोल सृजना भइसकेको हुन्छ । केही बेरको नाचगानपछि मानर (मादल) पुजाइ हुन्छ। घरका बूढी आइमाईहरूले मानर पुज्दछन् । यसमा गच्छे अनुसार सिधाको चामल, दाल, तरकारी तथा नगद रुपियाँ लाग्दछ। साजिन्दाको मानरलाई पाँच वा सात ठाउँमा घ्यू अथवा तेल लगाएर सो ठाउँमा सिन्दूर लगाइदिन्छन्। फूल, अक्षता लगाइदिएर विधिवत् मानर पुजाइको नेग पूरा हुन्छ। मानर पुजाइपछि पुन: नाचगान सुरु हुन्छ। नवजात शिशुलाई किन्नरले काखमा लिएर नाच्न थाल्दछन्। आफ्नो सुरिलो कण्ठ लहरीले गीतको माध्यमबाट नानाथरीका आशीषको ओइरो लगाउँछन्। घरको मालिक किन्नरलाई बिदा गर्नको लागि वस्त्र, सिधा तथा नगद दिन खोज्दा लिन मान्दैनन्, त्यसमा बक्सिस थपिंदै जान्छ। अन्त्यमा घरको सम्पन्नता, विपन्नताको अवस्था अनुसार बक्सिस एक हदमा गएर टुङिगन्छ। किन्नरले बच्चालाई आशीष दिन्छ, कपालमा तेल लगाइदिन्छ अनि धेरै आशीर्वादका साथमा बच्चालाई घरको बूढी आइमाईको काखमा सुम्पिदिन्छ । बक्सिस दिंदा किन्नरको मन दुखाउनुहुँदैन भन्ने जनआस्था रहेको पाइन्छ। आफ्नो क्षेत्रभित्रको गाउँका कुन घरमा पुत्रको जन्म भएको छ, यस कुराको सुइँको यिनीहरू आफ्नै विशेष सूत्रबाट पत्ता लगाउँदछन् र महिना दिनको भित्रमा नै त्यस घरमा पुग्दछन्।
को हुन् त किन्नर वा तथाकथित खोजवा खोजइन ? पुत्र जन्मको अवसरमा यिनीहरूले किन नाच्नु गाउनु पर्दछ ? यसप्रकारको नाचगानपछि किन्नरलाई बक्सिस दिन किन आवश्यक छ त भन्दा एक किन्नरले जवाफमा भने,“रामको वनवासको बेला साथै गएका सम्पूर्ण अयोध्यावासीहरूलाई फर्काउने बेलामा रामले केवल नर र नारीहरूलाई मात्र फर्की जानु भन्ने आज्ञा दिएका थिए । उनको यसप्रकारको आज्ञा पाएर अयोध्याका सम्पूर्ण नरनारीहरू अयोध्या फर्की गएका थिए। हामीहरू नर पनि होइनौं नारी पनि होइनौं। हामीहरूलाई रामजीले फर्की जाने आज्ञा नदिएको कारण हामीहरू फर्किएनौं। हामीहरू त्यही बस्यौं। चौदह वर्षपछि राम वनबाट फर्किने बेलामा हामीहरूलाई त्यहीं बसिरहेको देखेर हाम्रो आज्ञाकारिताको कद्र गर्दै हामीहरूलाई अब उप्रान्त जोसुकै नवजात शिशुलाई हाम्रो आशीर्वाद फल्ने छ भन्ने वरदान दिएको हुनाले सद्य:प्रसवित शिशुको घरमा गई नाचगान गरेर पाएको बक्सिसले आफ्नो गुज्रान चलाउँदछौं। यही हाम्रो वृत्ति हो। त्यसै बेलादेखि आजसम्म पारम्परिकरूपमा हामीहरू नाचगान गर्दछौं, नवजात शिशुलाई आशीर्वाद दिन्छौं।”
यो परम्परा हालसालैदेखि सुरु भएको होइन। यसको सुरुवात द्वापर युगमा कृष्णजन्मदेखि नै भएको हो भन्ने जनश्रुति रहेको पाइन्छ। श्रीकृष्णको जन्मको अवसरमा साक्षात् योगमाया नै किन्नर रूपधारण गरेर नन्द यशोदालाई बधाई दिन पुगेको कुरा पुराणहरूमा वर्णित रहेको पाइन्छ। पहिलेका राजा, महाराजा, जमिन्दार, नवाबहरूको
घरमा पुत्रोत्सवको अवसरमा किन्नरहरूले नाचगान गरेर निकै धनसम्पत्ति
आर्जन गरेको कुरा समाजमा सुनिन्छ। अब त्यस्ता घरानाहरूको अस्तित्वमान नरहेको अवस्थामा किन्नरहरू जनसाधारणलाई नै आफ्नो
यजमान बनाइ जीविका चलाइरहेका देखिन्छन्।
यस्ता किन्नरहरूको क्षेत्रको निश्चित सिमाना हुन्छ। त्यस क्षेत्रभित्र निर्दिष्ट किन्नरको मात्र अधिकार हुन्छ । अरू जोकोही किन्नरले त्यस क्षेत्रभित्र प्रवेश गर्न पाउँदैन । यदि कसैले त्यस्तो दु:साहस गर्दछ भने ऊ किन्नर समाजबाट दण्डित हुन्छ। किन्नरहरूको जनसङ्ख्या अनुसार क्षेत्र ठूलो वा सानो हुन्छ। यसप्रकारको क्षेत्र प्राय: दशदेखि पन्द्रह बीस गाउँभन्दा ठूलो हुँदैन। यसप्रकारको सीमित क्षेत्रमा नाचगान गर्दा गुज्रान कसरी चल्दछ त भन्दा एक किन्नरले बडो टीठलाग्दो पाराले भने– “गुज्रान नचलेर हामीले गर्ने के ? हुनत हाम्रो आवश्यकता सानै छ। परिवार, बालबच्चा हँुदैनन्। छोरा वा छोरीको विवाह, व्रतबन्ध, पढाइलेखाइजस्ता जिम्मेवारीबाट हामी मुक्त छौं। पेटभरि मोटो मसिनो अन्न र लगाउनलाई एकसरो लुगा भए त पुगिहाल्यो। धन कमाएर सञ्चय कसका लागि गर्ने ? को छ र हाम्रो वारिस ? खानबस्नको लागि धन हाम्रो यजमानहरूबाट पुगी हाल्दछ। निस्सन्देह भगवान्ले ठगेका हामी जस्ता अन्य किन्नर केटाकेटीहरूको पालन हामीले नै गर्दछौं तर उनीहरूका लागि के सञ्चय गर्ने ? उनीहरू आफ्नो रोजी स्वयं कमाइ गर्न सक्षम हुन्छन्।” यसप्रकारको ह्दयस्पर्शी कुरा गर्दै त्यस किन्नरले नवजात शिशुको टाउकोमाथि एउटा उदास आशीष अर्पित गरेर प्रफुल्लित मुद्रामा बिदा हुन्छ। कुनै अन्य नवजात शिशुको खोजीमा...........।