राजनीतिक दलहरूद्वारा गोष्ठी बहिष्कार
बारा, १३ मङ्सिर/
जिविस बाराले मङगलवार आयोजना गरेको समीक्षा गोष्ठीमा समाचार सङकलन गर्न गएका प्रतीक दैनिकका बारा संवाददातालाई उपेन्द्र यादवलाई कार्यक्रममा इन्जिनियर मेघु जयसवालले हातपात गरेका छन्। दलको निर्णयविपरीत गुपचुप तरिकाले गर्न लागिएको समीक्षा गोष्ठीमा यादव पुग्दा इन्जिनियर जयसवालले आफूविरुद्ध समाचार लेखेको निहुँमा भाडाका गुण्डाहरू लगाएर स्वयं हातपात गरेका थिए।
इन्जिनियर मेघु जयसवालको गुण्डागर्दी देखेर समीक्षा गोष्ठीमा गएका राजनीतिक दलका प्रतिनिधिहरूले कार्यक्रम नै बहिष्कार गरी निस्केका थिए । कार्यक्रम बहिष्कार गर्नेमा एकीकृत माओवादीका प्रतिनिधि रञ्जीत पटेल, नेपाली काङ्ग्ेरस बाराका जयचन्द चौरसिया, एमालेका देवनारायण चौधरी, नेपाल मजदुर किसान पार्टीका मुक्ति यादवलगायत १८ जना पार्टी प्रतिनिधिहरूले घटनाको तुरुन्त छानबिन गर्नको लागि माग गरेका छन्।
बाराका स्थानीय विकास अधिकारी बिन्दुप्रसाद गुरागाईंले जयसवालले गैरकानुनी गतिविधि गरेकाले त्यसको कानुनी उपचार हुनुपर्ने बताए। इन्जिनियर जयसवाल जहिले पनि आफ्नो मान्छे लगाएर जिविसका जिम्मेवार कर्मचारीहरूलाई डराउने र कुट्ने कार्यमा संलग्न रहँदै आएका छन् । एक महिना पहिला जिविस बाराका प्रमुख इन्जिनियर शीतल गुप्तालाई गालीगलौच गरेकै कारण गुप्ता अहिले जिल्लामा बस्न नमानी विस्तापित भएका छन्।
त्यसैगरी नेपाल पत्रकार महासङ्घ बाराले प्रेस विज्ञप्ति प्रकाशित गरी प्रतीक दैनिकका बारा संवाददाता एवं महासङ्घ बाराका कार्यसमिति सदस्य उपेन्द्र यादवमाथि जिविसका इन्जिनियर मेघु जयसवालसहितले गरेको हातपात एवं दुुव्र्यवहारको भत्र्सना गरेको छ। विज्ञप्तिमा दोषीमाथि कारबाई गर्न तथा सञ्चारकर्मी यादवको सुरक्षा गर्न स्थानीय प्रहरी प्रशासनसँग माग गरिएको छ।