प्रस, वीरगंज, ८ मङ्सिर/
कलवार कल्याणकारी समिति वीरगंजका अध्यक्ष भोलाप्रसाद कलवार हातहतियार तथा खरखजानामा पुर्पक्षका लागि जेल चलान भएको दुई साता पनि बित्न नपाउँदै आज जिल्ला प्रहरी कार्यालय पर्साले तेली समाज नेपालका अध्यक्ष राजेश्वर साह तेलीलाई हत्याको अभियोगमा पक्राउ गरेको छ। विगत ६ महिनादेखि फरार अभियुक्त तेलीलाई आज जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले निजको वीरगंज–१३ स्थित कार्यालयबाट पक्राउ गरेको हो। तेलीको पुस्तैनी घर पर्सा जिल्ला गम्हरियामा गत असार १३ गते घटित शहीद देवानको हत्यामा संलग्न रहेको भनी निज साहलाई उनीविरुद्धको किटानी जाहेरीका आधारमा फरार अभियुक्तको रूपमा आज पक्राउ गरिएको हो। एमालेका कार्यकर्ता रहेका शहीद देवानको तेली समाज नेपालका अध्यक्ष राजेश्वर साह तेलीको निर्देशनमा हत्या गरिएको भनी पीडित परिवारले तेलीसहित चारजनाविरुद्ध किटानी जाहेरी दिएको थियो। किटानी जाहेरी परेकामध्ये एकजना पुर्पक्षका लागि कारागारमा छन् भने राजेश्वर साह तेलीलगायतका तीनजना फरार थिए। आज प्रहरीले छापामारी गर्दा निजका दाजु रामेश्वर साह तेलीलाई पनि पक्राउ गरेको छ। तर सो हत्यामा रामेश्वर साहको संलग्नता नरहेकोले निजलाई थुनामा राखिएको छैन । हत्याकाण्डपछि फरार रहेका तेलीले किटानी जाहेरीपछि पीडित परिवारलाई केही क्षतिपूर्ति दिएर सामाजिकरूपमा मिलापत्रसमेत गरिसकेका थिए। तर कानुनीरूपमा मुद्दा जीवित रहेको र तेली फरार देखिएकाले निजलाई प्रहरीले पक्राउ गरेको हो। पर्सा प्रहरीले आज दिउँसो २ बजे गरेको पत्रकार सम्मेलनमा करिब ११ बजे पक्राउ परेका तेलीको बारेमा भने केही जानकारी गराएन।