हामी सबैको बानी परिसकेको छ, सबै दोष अर्काको टाउकोमा थुपारेर पानीमाथिको ओभानो बन्ने ? नेतादेखि जनता सबै यही गरिरहेका छन्। यही मेसोमा वीरगंजबाट पलायन भएका वा गरिएका महिला पत्रकारहरूको खोजबिन भइरहेको छ। अहिले महिला हिंसाविरुद्धको १६ दिने श्राद्ध चलिरहेको बेलामा यी महिला पत्रकारहरूलाई पिण्ड खानका लागि सम्झिएको होला ? विगत ७ वर्षदेखि म पनि वीरगंजमैं कार्यरत रहेको हुँदा यहाँ महिला पत्रकार ३० जनाको हाराहारीमा त कहिले थिएनन् । मेरो आँखा सानो भएर हो कि मैले नदेखेको ? जेहोस् महिला पत्रकार केही निजी कारणले, केही राम्रो अवसरको खोजीमा तथा केही यो पेशाबाट आफ्नो आर्थिक समस्या समाधान नहुने देखेर पलायन भएका छन्। त्यो त अरू पेशा र राम्रो अवसरमा पाएपछि महिला र पुरुष दुवै हाम फाल्दछन्। नपत्याए बैंकिङ क्षेत्रमा हेर्नुस् एक वर्षअघि एउटा बैंकमा देखिएको कर्मचारी एक वर्षपछि अन्य बैंकमा देखिन्छन्।
वर्ष दिनअघि नेपाली सेनाका पूर्वप्रधानसेनापति रूक्माङगत कटवालले पत्रकार सम्मेलनमा महिला पत्रकारहरू नदेखेर यही प्रश्न गरेका थिए। त्यो बेला मैले भनेको थिएँ– पत्रकारिता मोडलिङ र फेशन जस्तै ग्ल्यामर्स क्षेत्र भइसकेकोले महिलाहरूको बढी सङ्ख्या छापाभन्दा रेडियो र टिभी माध्यममा देख्न पाइन्छ। त्यहाँबाट दर्शक माझ छिट्टै परिचित र लोकप्रिय हुन पाइने भएकोले महिलाको सङ्ख्या विद्युतीय माध्यममा बढी भएको हुन सक्छ । पत्रकारिता पेशा आधारातसम्म काम गर्नुपर्ने निशाचर जस्तो पेशा भएकोले महिला छापा माध्यममा कम देखिएका होलान्। पुरुष पत्रकारसँग आफ्नो सवारीसाधन हुने र अन्यको सवारीमा सजिलैसित लिफ्ट लिएर आधारातसम्म प्रेसबाट घर फर्किन सक्छन् । केही अप्ठ्यारो भए पनि त्यसलाई सम्बन्धित पत्रिकाका सम्पादक र अन्यले सहयोग गरेमा महिलाका लागि पत्रकारिता जस्तो जिम्मेवार र उपयुक्त पेशा अरू छैन।
महिला पत्रकारहरूको चरित्रको बारेमा यहाँ अनर्गल प्रलापहरू भइरहेका सुनिन्छन्। त्यसका बारेमा पुरुष मात्र हैन महिला पनि त्यतिकै दोषी छन्। आफ्नो बारेमा बजारमा नराम्रो हल्ला चल्दा पनि अन्य महिला पत्रकारको चरित्रको नानाभाँती कुरा गरेर फोटोसम्म खिच्न भ्याउने महिला पत्रकार वीरगंजमैं जन्मिएका छन्। महिला पत्रकारले आफू ठीक बाटोमा हिंडेर पेशा सुहाउँदो पोशाक र शृङ्गार गरे औंला उठाउनेको औंला आफैं भाँचिन्छ। अरूलाई चोर औंला देखाउनेले कहिले नबिर्सौं कि अन्य तीन औंलाले आफैंतिर फर्केर प्रश्न गरिरहेका हुन्छन् । यो सबैमाथि लागू हुन्छ। गाउँ वा अन्य शहरबाट वीरगंजमा उच्च शिक्षा अध्ययन गर्न आएका युवतीहरूले केही समयको लागि पत्रकारिता गरे पनि त्यसलाई निरन्तरता दिन सक्दैनन्। एक त उनीहरूमा पत्रकारितासम्बन्धी ज्ञान कम हुनुका साथै पारिश्रमिक पनि अत्यन्त कम भएकोले उनीहरू पत्रकारिता पेशामा आफ्नो क्यारियर बनाउन सक्दैनन्। बीबीएस र बीबीए गरेर बैंक वा अन्य कुनै संस्थामा आकर्षक जागिर खान र नोट खेलाउन छाडेर किन धेरै दिमाग खपाउनुपर्ने सृजनशील र बौद्धिक पेशाको रूपमा परिचित पत्रकारितालाई रोज्ने। रातभरि करायो दक्षिणा हरायो भनेजस्तै परिश्रम अनुसारको फल नपाउने पेशा कसैलाई मन पर्दैन। फेरि पत्रकारितालाई अबौद्धिक मानिसहरूले घेराबन्दीमा राखेकाले अलिकता पढेलेखेको जमातलाई यो पेशा मन पर्दैन।
हरेक पेशामा त्यस पेशासँग सम्बन्धित ज्ञान भएका पोख्त मान्छेलाई नै मन पराउँछ। चाहे त्यो महिला हुन् कि पुरुष। यहाँ म २० महिनाअघि भारतको विदेश मन्त्रालयले नेपालका १२ महिला पत्रकारहरूलाई भ्रमणमा लगेको सम्झन्छु । नेपालका विभिन्न सञ्चारमाध्यममा काम गरेर ख्याति कमाएका अङ्ग्रेजी खररर बोल्न सक्ने ती महिला पत्रकारहरू एकहप्ते भ्रमणको क्रममा भारतको गुजरात राज्यमा रहेको अमुल डेरी फार्मको भ्रमण र भारत सरकारको दुग्ध सहकारी संस्थानका पदाधिकारीहरूसँग भेटघाट गराइएको थियो। किसानको समस्या सुन्ने र उनीहरूलाई दुग्ध उत्पादन बढाउनका लागि प्रेरित र सहयोग गर्ने त्यो संस्थाले आफैं दुग्ध उत्पादन गर्दैन बरू अन्य डेरी फार्मले उत्पादन गर्ने दुग्ध उत्पादनहरूको गुणस्तर नियन्त्रणमा ध्यान दिन्छ। उक्त संस्थानकी अध्यक्ष पनि महिला नै भएकोले अङ्ग्रेजीमा उनीसँग लामो छलफल र प्रश्नोत्तर गरियो । त्यही मेसोमा नेपालका प्रतिष्ठित मिडियामा काम गर्ने दुई महिला पत्रकारहरूले पालैपालो अध्यक्षलाई प्रश्न सोधे कि तपाईंको सहकारी बोर्डले के के वस्तु उत्पादन गर्छ ?
अब यो प्रश्नपछि ती महिला पत्रकारहरूको योग्यतामाथि प्रश्न गर्ने कि नगर्ने ? अहिले नेपालमा ४९ जना मन्त्रीहरू छन्, जसमध्ये धेरैको नाम हामीलाई थाहा छैन। तर तिनको अन्तर्वार्ता लिनुपर्दा पहिले नै तिनको नाम र काम गर्ने मन्त्रालयको बारेमा जानकारी नराखेर गयो भने के हुन्छ ? हो त्यही भएर हामीहरू पछि परेका हौंं। आफ्नो ओठ, आँखा र औंलालाई पालिस गर्नुभन्दा आफूलाई योग्यताले तिखारे त्यत्रो फजिहत हुन्थेन होला। हामी पहिला योग्य र सक्षम बनौं, सम्पादकको गल्तीलाई चिनौं र पारिश्रमिक नदिएर रूवाउनेको कठालो समातौं। अहिले महिला हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान चलिरहेको छ । मलाई जाँदाजाँदै एउटा प्रश्न गर्न मन लागेको छ। संसारभरि नै महिलाहरू असुरक्षित छन् भनिन्छ। उनीहरूलाई
पुरुषले उपभोग गर्ने साधन बनाएको
भनिन्छ। पुरुषको पापी आँखाबाट जोगिन गार्हो भएको पीडित महिलाहरू
बताउँछन्। हो यो सबै कुरा १६ आना
सही हो ।
तर यति पीडित भएर पनि महिलाहरू किन छोटा लुगा लगाउँछन्् ? आफैं असुरक्षित छु भन्ने अनि आफैं असुरक्षालाई बढावा दिने काम गर्ने। फेशनको नाममा अधोवस्त्र र कटिवस्त्र मात्र लगाएर आफ्नो शरीरको भएभरको प्रदर्शन गर्ने। पुरुष सुटबुट लगाएर शरीर ढाकेर ठाँटिने अनि महिला मन र शरीर दुवैले पारदर्शी भएर समारोहमा जाने ? कुनै महँगो सामान चोरी हुन्छ भन्ने डरले त्यसलाई दराज या लकरमा लुकाएर राखिन्छ तर हाडमासुले बनेको एकचोटि बिग्रे भत्के भने नपाइने मान्छेको यो अमूल्य शरीर चाहिँ कुखुराको मासु बेच्न राख्या जस्तो गरेर प्रदर्शन गर्न र गराउन ती महिलालाई लाज लाग्दैन ? खुल्लारूपमा राखिएको मासु कुनै कुकुरले लुछेर
खान्छ भने त्यसमा किन चिच्याउने ? कुकुरको त स्वभाव नै हो मासु लुछेर, चपाएर खाने।