प्रस, वीरगंज, ११ मङ्सिर/
महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियान अन्तर्गत आज दिव्य युवा क्लबले राष्ट्रिय विकास र रणनीति योजनामा महिला सहभागिता बारेमा सुझाव सङकलन गोष्ठीको आयोजना गरेको छ।
जिविस पर्साको सभाहलमा आयोजित सो अन्तक्र्रियाका प्रमुख अतिथि निमित्त प्रजिअ चिरञ्जीवी अधिकारीले देश विकासमा महिलालाई सहभागिता गराउने बारेमा नीति नियममा कमीकमजोरी रहेको बताए। उनले लैङिगक विभेदको अन्त्य गर्दै महिला र पुरुष दुवैजना देश विकासमा लाग्नुपर्ने बताए। प्रमुख अतिथिले ग्रामीण क्षेत्रमा अहिले पनि महिला सहभागिता एकदमै न्यून रहेको चर्चा गर्दै सरोकारवाला संस्थाहरूलाई महिला जागरणका लागि ग्रामीण क्षेत्रलाई आधार बनाएर महिला जागरणमा सहभागिता जनाउनका लागि सुझाएका थिए। उनले ग्रामीण क्षेत्रका महिलाहरूमा जागरणको कमीले गर्दा घरेलु हिंसामा वृद्धि भइरहेको पनि बताए । दिव्य युवा क्लबका अध्यक्ष देवनाथ ठाकुरको अध्यक्षतामा सम्पन्न अन्तक्र्रियामा एनजीओसीसीका अध्यक्ष रामनरेश यादव, रेडक्रसका उदयराज शर्मा, जिविसका धर्मराज थापा, राष्ट्रिय महिला अधिकार मञ्चका उपाध्यक्ष कान्तिदेवी, पत्रकार महासङ्घ पर्साका सल्लाहकार केसी लामिछाने, एमालेका अरबिन्द सिंह, सद्भावनाका अध्यक्ष विपिन यादव र नेकपा संयुक्तका रामराज जयसवाललगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमबारेमा श्रीला सरकारले प्रकाश पारेकी थिइन् भने स्वागत रेणु मानन्धरले र कार्यपत्र अधिवक्ता टङक दुलालले प्रस्तुत गरेका थिए।