चन्द्रकिशोर
ब्रज भाषामा एउटा लोकोक्ति बडो प्रचलित छ, ‘गुन ना हिरान्यो, गुन गाहक हिरानो है’ अर्थात् गुण हराएको छैन वा भनौं लुप्त भएको छैन केवल गुणका पारखीहरू, सम्मानकर्ताहरू कम भएका छन्। हरिप्रसाद गिरी जो स्वयंमा वीरगंजेली उद्योग–व्यवसायको विकासक्रमको एउटा सिङगो इतिहास हुनुहुन्थ्यो। हीरा गिरीका नामले लोकप्रिय उहाँको व्यक्तित्व एवं कार्यलाई नबुझिकन वीरगंज क्षेत्रको आर्थिक राजधानी कहलिने यात्रालाई ठम्याउन सकिंदैन। कसैको भौतिक अनुपस्थितिमा भावुकतावश प्रकट गरिएको टिप्पणी होइन यो लामो समयसम्म उनलाई नजिकबाट नियाल्दा, स्वस्फूर्तरूपमा बाहिरिएको अभिव्यक्ति हो।
उनका व्यक्तित्वका कैयौं पक्षहरू अहिले पनि चर्चामा आएका छैनन्। उनको परिवार एउटा साझा संस्कृतिको सङगम थियो, पहाडी र मधेसी। यस सन्दर्भमा हिन्दीमा भन्नुपर्दा, ‘वे साझी तहजीब के नुमाइंदे थे’। उहाँ मारवाडी उद्यमीहरूलाई मूलप्रवाहसँग जोड्ने सेतु पनि थिए। त्यसैले श्रद्धाञ्जलिसभामा उद्योगीहरूले भने, हामीले एउटा अभिभावक गुमाायौं ।
उद्योग–व्यवसायमा लाग्नेहरू उच्चकोटिका विद्वान हुँदैनन् भन्ने एउटा जनसामान्यमा बुझाइ छ तर उहाँ एक मौन पुस्तकप्रेमी हुनुहुन्थ्यो। वीरगंज क्षेत्रमा आइपुग्ने सरकारी वा गैरसरकारी उच्चस्तरीय प्रतिनिधिमण्डलको भेट्ने सूचीमा उनी प्राथमिकतामा थिए। विश्व अर्थतन्त्रको प्रवाह र नेपाली धरातलबारे उनको गहिरो बुझाइ थियो। त्यसैले होला २०४६ को परिवर्तनपछि पनि कतिपय अर्थमन्त्रीहरू उहाँको विश्लेषणलाई विनम्रतापूर्वक सुन्थे र आज पनि उनका कतिपय विश्लेषणहरू समयको कसौटीमा सही देखिएका छन्।
उच्च तहको प्रशासनिक जिम्मेवारी, उद्योग वाणिज्य सङ्घको केन्द्रीय नेतृत्व, सामाजिक क्षेत्रका राष्ट्रिय अभियानहरूमा संलग्नताका बावजुद हीरा गिरीले वीरगंजलाई नै कार्यक्षेत्र रोज्नु उहाँको जीवनको एउटा विशिष्ट पक्ष त हुँदै हो, वीरगंजेली समाजका लागि एउटा अवसर पनि। उनी काठमाडौंमा पनि जम्न सक्थे, प्रशस्त अवसर थियो, तर राष्ट्रियस्तरको छविका बावजुद वीरगंजेली समाजमैं सक्रिय र समर्पित देखिनुले यस क्षेत्रमा बहुआयामिक प्रभाव पारेको छ। सामान्यतया काठमाडौंमा बसेर क्रियाशीलता देखाउनेको बढी चर्चा हुन्छ, तर बाहिर बसेकाको तुलनात्मकरूपमा कम। त्यसैले होला स्थानीय मिडियामा हीरा गिरीलाई लिएर चाहिंदो स्मृति चर्चा भएन।
स्वास्थ्यका कारणले पछिल्ला दशकमा उनको सामाजिक क्रियाशीलता कम हुँदै गयो, अहिलेको पुस्तालाई धेरै जानकारी पनि छैन। कोलकाताबाट आधुनिक शिक्षा प्राप्त गरी फर्केका तरुण हरिप्रसाद गिरीमाथि वरिष्ठ प्रजातान्त्रिक नेता विशेश्वरप्रसाद कोइरालाको आँखा कसरी पर्यो, यस्ता कैयौं प्रसङग ओझेलमा छन्। उद्योग–व्यवसाय क्षेत्रमा उहाँको आगमन र अगुवाइले स्वयं उहाँ र वीरगंज क्षेत्रलाई के–कस्तो लाभ पुर्यायो, त्यसको स्वतन्त्र मूल्याङकन हुन जरुरी छ । वीरगंज उद्योग वाणिज्य सङ्घले यस क्षेत्रमा केही कार्य गर्न सके, उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि हुन्थ्यो।

एकपटक महाकवि विद्यापति स्मृति कार्यक्रममा वरिष्ठ मैथिलीसेवी उमेशचन्द्र ठाकुरको पहलमा उहाँलाई प्रमुख अतिथि बनाइयो, त्यहाँ मैथिली महाकविका बारेमा यस्ता दुर्लभ सन्दर्भहरू गिरीजीले सुनाउनु भो कि सबै सहभागी आश्चर्यमा परे। त्यस्तै २०५६ को संसदीय निर्वाचनमा कृष्णप्रसाद भट्टराई वीरगंजबाट चुनाव लड्दै हुनुहुन्थ्यो। दि काठमाडौं पोस्टका लागि अहिलेका सम्पादक अखिलेश उपाध्याय, त्यतिखेर रिपोर्टिङ गर्न आउनुभएको थियो। गिरीजीसँग भेट्नुपर्छ भनेर उहाँ काठमाडौंबाट नै सूची बनाएर आउनुभएको थियो। जब उहाँले गिरीजीलाई भेट्नु भो, निकैपछिसम्म सम्झना र तारिफ गर्दै रहनु भो।
वीरगंजमा मैले एकपटक आफ्नै सम्पादनमा ‘तराई खबरपत्रिका’ नामको म्याग्जिन निकाल्न सुरु गरें। त्यसका लागि २०६१ मा उहाँले एउटा अन्तर्वार्ता खुला सिमानाका बारेमा दिनुभएको थियो । त्यसमा उहाँले भन्नुभएको विचार आज पनि सान्दर्भिक छ र त्यतिकै मननीय छ। उहाँको भनाइ थियो,“मुलुकको अर्थतन्त्र मजबुत भयो भने, परनिर्भरता कम हुँदै गयो भने त्यसले राष्ट्रिय आत्मबल बढाउँछ। त्यसैले भूगोलको यथार्थलाई, छिमेकीलाई कुनै हानि नपुर्याइ, त्यसलाई नेपाल र नेपालीको हितमा कसरी उपयोग गर्ने चिन्तनको खाँचो छ। खुला सिमानालाई विश्वको बदलिंदो प्रवाहसँगै अवसरको रूपमा, वरदानको रूपमा स्वीकार गर्नु र प्रयोग गर्नुपर्दछ भन्ने मेरो मान्यता रहिआएको छ।” त्यस्तै उहाँको थप भनाइ थियो, “केही वर्ष पहिलासम्म हामीले भारतमा अन्न निर्यात गर्दथ्यौं अहिले उताबाट यता आइरहेको छ किन ? हामीले दैनिक उपभोगका सामानहरू पठाउन सक्दथ्यौं, तर हाम्रो उद्योगहरूलाई चीनको सस्तो उत्पादनले चौपट पारिराखेको छ। यस्ता कुराहरूमाथि छलफल गर्न ढिलो भइरहेको छ। बिहार, उत्तरप्रदेशको पच्चीस करोडको आबादी हाम्रो लागि ठूलो बजार हुन सक्दछ तर त्यो भनेर हुँदैन। त्यसका लागि निजी र सरकारीस्तरमा व्यापक गृहकार्य र रणनीतिको खाँचो छ। हामी कहाँ त ‘छोटो लाभ’ को कुरा मात्र भयो, दीर्घकालीन एवं दिगो लाभको कुरा भएन। हतारको व्यापार भयो। तस्करी कसले गर्छ ? तस्करीलाई कसले सघाएको छ ? तस्करीबाट कस–कसले फाइदा बटुले ? भन्नुको अर्थ के हो भने अमेरिकामा साइबर व्यवसायको अवसरलाई सात समुद्र टाढाको
भारतले बुझ्यो, तर हामीले छिमेकको अवसरलाई बुझ्न सकेका छैनौं।” नेपाल–भारत सहयोग मञ्चमा उहाँको नेतृत्व र सहकार्य गर्दाको अवधिमा अनेकौं सन्दर्भहरू स्मृतिमा छन्। ती सबै सम्झनाका क्षणहरूप्रति सादर सम्मान प्रकट गर्दछु। उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु।
जमाना बडे शौक से सुन रहा था,
तुम्ही चल दिये दास्ताँ कहते–कहते।