–ब्रह्माकुमार सुदीप भट्टराई
परापूर्वकालमा एक किसानका जोडी थिए। दुवै सुखदु:ख गर्दै जीवन पाल्दै थिए। दु:खको कारण एउटै थियो सन्तान नहुनु। उमेर छिप्पिदै जाँदै थियो तर पनि सन्तानको सुख उनीहरूले प्राप्त गर्न सकेका थिएनन्। त्यसैले उनीहरूलाई बहुत चिन्तित बनाउँथ्यो। समयको धारसँगै उनीहरूले अनन्य भावले भगवान्को भक्ति गर्दै आफ्नो दु:खेसो भगवान्लाई सुनाउँथे तर पनि सुनवाइ भएको थिएन। अचानक एकदिन एउटा साधु घुम्दै उनीहरूको घरमा भिक्षा माग्न आइपुग्यो। उनीहरूले खुब स्वागत सत्कार गरी साधुको सेवा गरे। साधुले पनि उनीहरूको आतिथ्यबाट खुशी भएर एउटा फल दिंदै भने यसले तिमीहरूको इच्छा पूर्ण हुनेछ। नभन्दै त्यो फल खाएको केही समय बितेपछि उनीहरूलाई पुत्ररत्न प्राप्त भयो। उनीहरूको खुशीको सीमा नै रहेन। बिस्तारै छोरा हुर्किंदै गयो र बाबुको कार्यमा केही सहयोग पनि गर्न थाल्यो। तर ड्रामाको भावी अर्कै थियो एकदिन खेतमा खाना पुर्याउन जाँदा लडेर उसको मृत्यु भयो। बूढालाई बहुत सन्ताप भयो। बूढेसकालमा भगवान्को आशीर्वादले प्राप्त भएको एक्लो छोरा त्यो पनि सानैमा बित्यो। यो कुरा कसरी बूढीलाई सुनाऊँ उसलाई यही चिन्ताले सतायो। बूढीलाई यो कुरा सुनायो भने त बूढी पनि मरिहाल्छे कि भन्ने उसलाई पीर परिरहेको थियो। भावी नै यस्तै रहेछ, सुनाउन त पर्यो नै भन्दै घर आयो। बूढासँग छोरा नआएको देखेर बूढीलाई खुल्दुल लाग्यो र सोधिन्, “एक्लै घर आयौं, छोरा चाहिँ कहाँ छ नि ?” उनले बूढीलाई बसाउँदै सोधे, “तिमीलाई कुनै चीज भगवान्ले दिनुभएको थियो र फेरि त्यो चीज भगवान्ले नै फिर्ता लिएर जानुभयो भने तिमीलाई दु:ख लाग्छ ?” बूढीले भनिन्, “किन दु:ख मनाऊ गर्ने ? उनले दिएको चीज उनलाई आवश्यकता परेर लिएर गए।” ठीक भन्यौ, बूढाले भने, “हामीलाई भगवान्ले दिएको छोरा पनि उनलाई आवश्यकता परेको हुनाले लिएर गए।” बूढीले सहजरूपमा त्यो कुरालाई स्वीकार गरिन्। उनको चेहरामा कुनै दु:ख पीडाको भाव थिएन।
उनी नष्टोमोहा स्मृतिर्लब्धा बनेकी थिइन्। उनी मेरो छोरा हो भन्ने भावनाबाट मुक्त बनेकी थिइन् र उनलाई यही स्मृति थियो कि ऊ त भगवान्को नासो थियो अब फेरि उनले नै लिएर गए अर्थात् मेरो छोरा भन्ने भावबाट मुक्त भएर भगवान्को भन्ने भावमा स्थित भएकी थिइन्। आफ्नो मुटुको टुकडा मरेर गए पनि उनलाई रत्तीभर कुनै सन्ताप थिएन। के हाम्रो पनि यस्तो स्थिति छ ? जुन चीज, वस्तु, व्यक्ति, वैभव, धन सम्पत्ति आदिलाई हामी मेरो–मेरो भनेर दिनका दिन रट लगाइरहेका छौं ती वस्तुहरू यदि मेरोबाट कसै अर्कोको नै भइदियो भने हाम्रो अवस्था के हुनेछ ? दिलमा हात राखेर आफैंले आफैंलाई नियाल्यौं। बाबा त हामीलाई बारबार यही शिक्षा दिनुहुन्छ कि मेरा प्यारा प्यारा बच्चाहरू यो शरीर पनि तिम्रो होइन, यो त सेवा अर्थ बाबाले तिमीलाई प्रदान गर्नुभएको हो। तसर्थ यसलाई बाबाको नासो सम्झेर सेवामा प्रयोग गर तर यसमा कुनै पनि प्रकारको मेरोपनको भावना नराख । यदि मेरो अहिले शरीर छुटेमा नष्टोमोहा बनेर उड्न सक्छु कि सक्दिनँ ? बाबा त हामीलाई बार–बार इशारा दिइरहनुभएको छ कि अन्त मते सो गते यदि बाबाबाहेक अन्य कुनैको पनि याद आएमा उच्चगति प्राप्त हुने छैन। अब समय आएको छ स्वयंले स्वयंमाथि दया गर्ने, स्वउपकारी बन्ने तब मात्र हामी परउपकारी बन्न सक्छौं । स्यवंप्रति सकारात्मक सोच, भाव र भावना, दृष्टि र दृष्टिकोण राख्नु, हरेक कर्म बाबाको श्रीमतअनुरूप गर्नु, साकारमा ब्रह्मा बाबाजस्तो यादमूर्त, ज्ञानमूर्त, गुणमूर्त, शक्तिमूर्त बनेर विश्वको अगाडि उदाहरणीयमूर्त बन्नु नै स्वउपकारी बन्नु हो। रुहानी नशा वा ज्ञान, योगको मस्तीमा आत्मा नाचिरहोस्। बस अब घर जानुछ यो स्मृति बार–बार मानसपटलमा आइरहोस् । जानुछ भने समेट्नुपर्यो र अवश्य पनि यदि हामीले मन बुद्धिलाई सबैतिरबाट समेटेर एक बाबामा टिकाउन सकेमा अन्त घडीमा नष्टोमोहा, स्मृतिर्लब्धाको स्थितिलाई प्राप्त गर्न सक्नेछौं ।
तसर्थ अन्तिम घडीमा पास विद अनर हुनका लागि सर्वप्रकारको आकर्षण र विकर्षणको स्थितिबाट मुक्त बनौं तब नै यो उच्चतम, महानतम स्थितिलाई प्राप्त गर्न सक्नेछौं।