– विश्वराज गौतम
२०६८ कात्तिक १५ गते म·लवार प्रतीक दैनिकमा शत्रुध्न नेपालद्वारा प्रकाशित ‘अस्पताल खाली, डाक्टरहरू क्लिनिक र नर्सि· होममा व्यस्त’ समाचारले मेरो ध्यान आकृष्ट भएको छ ।
समाचार एकदमै वास्तविक र सान्दर्भिक छ । अस्पतालको ओपिडीमा जाँच गराउन आएका बिरामीहरूलाई डाक्टरहरूले रगत, दिशा आदि जाँच गराउनुपर्छ भनी लेख्छन् र जाँच गर्न पठाउँछन्, सो जाँचको रिपोर्ट लिएर ओपिडी समयभित्रै आउँदा पनि, डाक्टरहरू बाहिर निस्किसकेका हुन्छन् ।
सीमित पैसाको व्यवस्था गरी सरकारी अस्पतालमा जाँच गराउन आएका ती गरीब निमुखाहरूसँग रोगी शरीर लिएर घर फर्कनुबाहेक अन्य विकल्प हुँदैन ।
वास्तवमा हाम्रो समाजमा डाक्टरहरूलाई विशिष्ट व्यक्ति भनी इज्जत र सम्मान गरिन्छ । सबैलाई
चाहिने अत्यावश्यक मर्यादित पेशा पनि हो । तर गरीबीको कारण सरकारी अस्पतालमा आउने बिरामीहरूसँग पनि पैसाको तृष्णाको लागि चिकित्सकीय मर्यादाको उल्लङ्घन गरेको देख्दा अत्यन्त दु:ख लागेको छ । मानवीय स्वभावविपरीत यस्ता कार्यहरू डाक्टरले गरेको हुनाले म आफ्ना छोराछोरीलाई डाक्टर पठाउन प्रयत्न र लगानी गर्दिनँ भनी यस पत्रिकामार्फत् पाठकहरूलाई विश्वस्त पार्न चाहन्छु ।