अधिवक्ता वीरेन्द्रप्रसाद यादव
प्रश्न: म ३० वर्षको भएँ। मेरो विवाह भएको ६ वर्ष भयो। करिब चार वर्षदेखि श्रीमती आफ्नो माइतीमा नै बसेकी छन्। प्राय: माइतीमैं बस्न चाहन्छिन्। न त उनी मसँग बसिरहेकी छिन्, न त म अर्को विवाह गर्न सकिरहेको छु। जति प्रयास गरे पनि श्रीमतीसँगै बस्न नआएकीले अब अर्को विवाह गर्नुको विकल्प छैन। म अर्को विवाह गर्न पाउँछु कि पाउँदिनँ। पाउन सकिन्छ भने के कस्तो कानुनी प्रक्रिया पूरा गर्नुपर्छ। के सम्बन्धविच्छेद गर्नुपर्छ ? सम्बन्धविच्छेद गर्नलाई मैले के गर्नुपर्छ।
–रौटहटका एकजना युवक
उत्तर: एउटा श्रीमती छँदै अर्कोसँग विवाह तब मात्र गर्न सकिन्छ जब सम्बन्धविच्छेद हुन्छ वा श्रीमती आफ्नो अंश लिएर अलग बसेकी हुन्छिन्। हाल तपाईंको श्रीमतीसँग सम्बन्धविच्छेद भएको वा तपाईंको श्रीमतीले तपाईंबाट आफनो अंश लिई भिन्दै बसेको कुरा जिज्ञासाबाट देखिंदैन। यस अवस्थामा सम्बन्धविच्छेद नगरी विवाह गर्नुहुँदैन। गरे बहुविवाहको अपराध लाग्छ। तपाईंलाई विवाह गर्नु छ भने पहिला सम्बन्धविच्छेद गर्नुस्। लोग्नेले स्वास्नीबाट सम्बन्धविच्छेद गर्नलाई निर्धारण गरेको कानुनी प्रक्रियाको सहारा लिनु नै उचित छ। लोग्ने र स्वास्नीको सम्बन्धविच्छेद गर्नलाई तीनवटा अवस्था कानुनले निर्धारण गरेको छ। पहिलो दुवैको मन्जुरी भएमा, दोस्रो लोग्नेले स्वास्नीसँग सम्बन्धविच्छेद गर्न पाउने अवस्था तथा तेस्रो स्वास्नीले लोग्नेसँग सम्बन्धविच्छेद गर्न पाउने अवस्था। लोग्ने र स्वास्नी दुवैजना सहमतिले सम्बन्धविच्छेद गर्न चाहन्छन् भने दुवैजनाले सम्बन्धित गाविस वा नगरपालिकामा निवेदन दिनुपर्छ। गाविस वा नगरपालिकाले निवेदन परेपछि सकभर मेलमिलाप गराइदिन एक वर्षसम्म प्रयास गर्छ। मेलमिलाप हुन नसके निवेदन परेको एक वर्षभित्रमा आफ्नो रायसहित निवेदन सम्बन्धित जिल्ला अदालतमा पठाइदिन्छ। लोग्नेले पनि स्वास्नीसित सम्बन्धविच्छेद गर्न चाहन्छ भने गाविस वा नगरपालिकामा नै निवेदन दिनुपर्छ। तपाईंले सम्बन्धविच्छेद गर्नलाई गाविस वा नगरपालिकामा पहिलो निवेदन दिनुपर्छ र माथिको प्रक्रिया पूरा गरेर सम्बन्धविच्छेद हुन्छ। स्वास्नीले लोग्नेसित सम्बन्धविच्छेद गर्नलाई सम्बन्धित जिल्ला अदालतमा मुद्दा दिनुपर्छ। लोग्नेले स्वास्नीसित सम्बन्धविच्छेद गर्न पाउने अवस्था निम्नानुसार छ।
(क) स्वास्नीले लोग्नेलाई निजको मन्जुरीबेगर लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि छोडी अलग बस्ने गरेमा,
(ख) लोग्नेको ज्यान जाने, अङगभङग हुने वा अरू कुनै ठूलो शारीरिक कष्ट हुने कुनै किसिमको काम वा जालप्रपञ्च गरेमा,
(ग) स्वास्नीलाई निको नहुने यौनसम्बन्धी कुनै रोग लागेमा,
(घ) स्वास्नीले परपुरुषसँग करणी गराएको ठहरेमा।
स्वास्नीसित सम्बन्धविच्छेद गर्दा स्वास्नीलाई अंश दिनुपर्छ।