$type=ticker$count=12$cols=4$cate=0

नेपालमा एचआईभीको २३ वर्ष

SHARE:

शीतल महतो
    नेपालमा पहिलोपटक सन् १९८८ मा एकजना विदेशीलाई एचआईभी सङ्क्रमण भएको तथ्य फेला परेपछिको २३ वर्षमा यसको जोखिम झनै बढेर गएको छ। एचआईभी सङ्क्रमितहरूमध्ये अधिकांश गरिब नेपालीहरू रहेका छन्। त्यसैले नेपालमा गरिबी र विकाससँग गाँसिएको एउटा सशक्त मुद्दा हो, एचआईभी र एड्स। विश्वमा एचआईभी र एड्सको इतिहासलाई केलाएर हेर्ने हो भने गरिब मुलुकहरूमा यसको सङ्क्रमण दर बढ्दो छ। नेपालमा पनि एचआईभीको सङ्क्रमण दर बढ्नुका मुख्य कारण गरिबीलाई चित्रण गरिएको छ। एउटा सशक्त र महत्त्वपूर्ण कारण गरिबी रहे पनि यो मात्र एड्स उत्पत्तिको कारक भने होइन, नेपालको सामाजिक, आर्थिक परिस्थिति, स्रोतको केन्द्रीकरण, वैदेशिक रोजगारीमा जाने दरमा वृद्वि, जातीय, लैङिगक र आर्थिक विभेदका कारण शिक्षाबाट वञ्चित रहेको अवस्था, चेतनाको अभाव, असुरक्षित यौनसम्पर्क, छाला छेड्ने अप्रशोधित सिरिञ्जको अत्यधिक प्रयोग र द्वन्द्व यस सङ्क्रमणका प्रमुख कारक तत्त्वको रूपमा रहेका छन्।
    त्यस्तै पितृसतात्मक सामाजिक परिपाटीका कारण बालविवाह, बहुविवाह, घरेलु हिंसा, यौनजन्य यातना तथा बलात्कार र महिलामाथि हुने हिंसाहरूले पनि उनीहरू बाध्यात्मक देहव्यापार र परिवारभित्रै पनि एचआईभी सङ्क्रमणका जोखिममा छन् । त्यसैले एचआईभी र एड्सविरुद्धको अभियानमा सामाजिक संरचना र राज्यसित जोडिएका कारणहरूलाई पनि उपेक्षा गर्न सकिंदैन। नेपालमा एचआईभी सङ्क्रमणको अवस्थाको मूल्याङकन र विश्लेषण गर्ने हो भने सामाजिकरूपमा अपहेलित, उत्पीडित र उपेक्षित, आर्थिकरूपमा स्रोतसाधनबाट वञ्चित तथा शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच नभएका समुदायमा यसको सङ्क्रमणदर बढ्दो छ।
    एचआईभी र एड्ससम्बन्धी राष्ट्रिय नीतिमा सरकारले एचआईभी र एड्स तथा यौन रोग नियन्त्रणका लागि उच्च प्राथमिकता दिने र सोहीअनुरूप सरकारी तथा गैरसरकारी दुवै क्षेत्रबाट कार्यक्रमहरू प्राथमिकताका साथ कार्यान्वयन गरिने उल्लेख छ। अन्तरिम तीनवर्षे योजनाले समेत एचआईभी र एड्सलाई राष्ट्रिय विकासमा चौतर्फी प्रभाव पार्ने विषयको रूपमा पहिचान गरेको छ। सहस्राब्दी विकास लक्ष्यमा पनि एचआईभी र एड्सको सङ्क्रमण दरलाई न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ ।
    एचआईभी र एड्स राष्ट्रिय रणनीति (२००६–२०११)  लागू गरिएको छ। यो नीतिले रोकथाम, उपचार तथा स्याहारसुसार, वकालत, नीति तथा कानुनी सुधार, नेतृत्व तथा प्रबन्धन, सर्वेक्षण र अनुसन्धान, लगानी तथा स्रोत परिचालन र सन् २०११ सम्म सर्वव्यापी पहुँचको लक्ष्यजस्ता रणनीतिक बुँदाहरूमा विशेष जोड दिएको छ भने एचआईभी र एड्स तथा यौन रोग नियन्त्रण बोर्डसमेत गठन गरेको छ। तर पनि मानव स्वास्थ्यको अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको एचआईभी सङ्क्रमण दर नियन्त्रणमा ठूलो सफलता प्राप्त गर्न सकिएको छैन। दुई दशक लामो अथक प्रयासबाट पनि प्रतिदिन चार हजार मानिसको ज्यान जाने दिनसम्म आइपुग्दा विश्वका वैज्ञानिकहरू यसलाई निको पार्ने औषधि भेट्टाउन सकिरहेका छैनन्।
    यद्यपि यसको निराकरणका लागि भने यो विश्वका विभिन्न भागमा विविध उपायहरू डेढ दशकअघिदेखि नै अपनाउँदै आइएको छ। निको पार्ने नै औषधि पत्ता लगाउन नसके पनि सन् १९८८ मा पहिलोपटक देखापरेको यो सङ्क्रमण घटाउन वा नियन्त्रण गर्न अनेकखालका कार्यक्रमहरू सञ्चालित छन्। यसको पछिल्लो समयमा एचआईभी सङ्क्रमितहरूको जीवन लम्ब्याउने एन्टिरेट्रोभाइरल (एआरभी) नामक औषधिको उपयोग हुन थालेको छ, जुन एचआईभी सङ्क्रमितहरूका लागि ज्यादै ठूलो उपलब्धि र गौरवको विषय पनि हो।
    नेपालमा एचआईभी सङ्क्रमणको मुख्य कारण गरिबी, द्वन्द्व, अशिक्षा र चेतनाको अभाव नै हो। यसैका कारण स्वदेश र विदेशबाट यो सङ्क्रमण दिन प्रतिदिन बढिरहेको छ। आफ्नो गर्जो टार्न वा जीवन निर्वाहका लागि रोजगारीको खोजीमा भारत जानु नेपाली युवाहरूको धेरै पुरानो बाध्यता हो र अहिले पनि त्यो जारी नै छ। आफ्नो र परिवारको जीवन निर्वाहका लागि जस्तोसुकै गार्‍हो कामसमेत गर्न तयार भएर जाने यी निर्दोष नेपालीले जीवन धान्ने केही रकमसँगै एचआईभी र एड्स बोकेर पनि ल्याउने गरेका छन्। यससँगै आफ्ना श्रीमान् नै एचआईभी सङ्क्रमित भइसकेको बारेमा जानकार नहुँदा ती गृहिणीहरू र ती दम्पतीका बालबच्चाहरूसमेत सङ्क्रमित बनिराखेका छन्। यो भुसको आगो यसरी फैलँदो छ कि यसले आउने दिनमा कस्तो रूप लिने हो भन्ने राज्य र सरोकारवालाहरू अहिले नै सजग हुनु अति आवश्यक छ र त्यसैअनुरूपका कार्यक्रम, योजना र नीति बनाइ त्यसको पूर्ण र प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जरुरी पनि त्यतिकै छ। प्राप्त एक तथ्याङक अनुसार भारतको कोलकाता र मुम्बईमा रहेका नेपाली आप्रवासी कामदारहरूमध्ये झण्डै १२ प्रतिशतमा एचआईभी सङ्क्रमण पाइएको छ। त्यसैले एचआईभी र एड्सलाई विकासको बहस बनाउन जरुरी भइसकेको छ।
    नेपाली युवाको श्रम अहिले भारतमा मात्र सीमित छैन। खाडीलगायत विश्वका विभिन्न देशमा ज्यादै तल्लोस्तरको समेत श्रम गर्न नेपालका झण्डै पैतीस लाखको हाराहारीमा युवाहरू पुगेका छन्। देशका योजनाविद् एवं अर्थशास्त्रीहरू देशमा भित्रिने करिब खरबको रकमको रेमिट्यान्समा नै मख्ख छन्। तर ती युवाले स्वेदश फर्किंदा भित्र्याउन सक्ने एचआईभी सङ्क्रमणका बारेमा कसले सोची दिने ?
    त्यति मात्र नभएर नेपालमा एचआईभी सङ्क्रमण बढ्नुको अर्को कारण द्वन्द्वले बढाएको आन्तरिक विस्थापन पनि हो। यौनकर्मी महिलामा गरिएको एक सर्वेक्षण अनुसार यो पेसा अपनाएकामध्ये २० प्रतिशतले आफूहरू विस्थापित भएपछि ज्यान पाल्नका लागि बाध्य भएर यो पेसा अपनाएको बताएका छन्। नेपालमा एचआईभी सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि विशेषगरी युवा लक्षित कार्यक्रमहरूलाई सञ्चालन गर्नेतर्फ अब ढिलाइ गर्नुहुँदैन। नेपालको कुल जनसङ्ख्याको एक तिहाइ युवाहरू (१४ देखि २४ वर्ष) रहेका छन्। जसमध्ये २० वर्षसम्म उमेर समूहका किशोरकिशोरीहरूमध्ये झण्डै ६४ प्रतिशतले यौनसम्पर्क गरिसक्ने र तीमध्ये १५ प्रतिशतले मात्र आफ्नो पहिलो यौनसम्पर्कमा कन्डमको प्रयोग गर्ने गरेको तथ्याङक गतवर्ष नै सार्वजनिक भएको थियो।
    नेपालमा बर्सेनि एचआईभी सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा झण्डै ५६ हजार जनसङ्ख्या एचआईभी सङ्क्रमित रहेका छन्। तीमध्ये झण्डै आधाआधी जनसङ्ख्या युवावर्गकै देखिन्छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्याङक अनुसार १७ सेप्टेम्बर २०११ सम्म मुलुकमा रहेको १८ हजार ५ सय ३५ जना एचआईभी सङ्क्रमितहरूमध्ये महिलाको सङ्ख्या ६ हजार ५ सय ७१ छ। यसैगरी एचआईभी सङ्क्रमितहरूमध्ये उत्पादनशील उमेर समूहका (१५ देखि ४९ वर्ष) झण्डै १५ हजार छन्। तर यो तथ्याङकले निजी क्लिनिक, अस्पताल र नर्सिङ होममा गराइने जाँचको रेकर्डलाई समेट्न सकेको छैन। गैरसरकारी संस्थाले कन्डमको चेतना फैलाएर एचआईभी र एड्सलाई रोक्ने प्रयास गरे पनि त्यो पर्याप्त छैन।
    मजदुरीका लागि भारत र तेस्रो मुलुक जान बाध्य ग्रामीण क्षेत्रका युवा र निरक्षर गृहिणीको घरआँगनमा सुरक्षित यौन व्यवहार र कन्डम प्रयोगको पहुँच पुर्‍याउने काममा एड्स दिवसको कार्यक्रम केन्द्रित हुनु आवश्यक छ। गरिबी र आन्तरिक द्वन्द्वबाट विस्थापनमा परेकाहरूले ज्यान पाल्नैका लागि यौन पेसा अगाँल्न बाध्य महिला र सोख एवं रमाइलोका लागि यौनसम्पर्कमा आकर्षित देखिएका ठूलो सङ्ख्याका किशोरकिशोरीमा सुरक्षित यौन र व्यवहार परिवर्तनका कार्यक्रमलाई लक्षित गर्न सकेमा मात्र एड्स दिवस मनाउनुको सार्थक हुनेछ। विश्वका प्रायजसो सबै भूभाग एचआईभी सङ्क्रमणबाट अछुतो छैन। तर विभिन्न भूभाग एवं राष्ट्रमा एचआईभी सङ्क्रमणको एउटै कारण कदापि रहन सक्दैन। त्यसैले हामीले पनि हाम्रो देशको परिवेश र कारणमा मात्र केन्द्रित रहेर निराकरणका उपायहरू खोज्न सके मात्र हामीले सोचेको जस्तो प्रतिफल प्राप्त हुन्छ।
    हरेक वर्ष डिसेम्बर १ तारिखलाई विश्व एड्स दिवसको रूपमा मनाउने गरिन्छ। विश्वका अन्य मुलुकहरूजस्तै नेपालमा विश्वव्यापी नारालाई समातेर त्यसैलाई मात्र प्रमाणित गर्ने गरी शहरका विभिन्न भूभागमा झकिझकाउ र्‍याली निकाल्ने र छापा तथा विद्युतीय सञ्चारमाध्यममा दृश्य खिंचाएर प्रचारप्रसार गर्ने ढर्राले मात्र नेपालको एचआईभी सङ्क्रमणको बढ्दो दरलाई कहिल्यै निस्तेज पार्न सकिंदैन। एचआईभी र एड्स रोकथाम गर्ने एक मात्र सुरक्षित र भरपर्दो उपाय कन्डमको प्रयोग गर्नु हो भन्ने प्रचारबाजी पनि व्यापक छ। केही हदसम्म यो सत्य पनि हो। कन्डम नयाँ सङ्क्रमण रोक्न महत्त्वपूर्ण भए पनि गरिबी, राजनीतिक र सामाजिक भेदभाव तथा द्वन्द्व आदिले एचआईभी र एड्सलाई बढावा दिएको तथ्यलाई बिर्सन मिल्दैन। एचआईभी र एड्सको बहस एवं पैरबीलाई कन्डम, स्वास्थ्य र चेतना अभिवृद्धिभन्दा माथि गएर हेर्न नसकेको कारण नै यस क्षेत्रमा सोचे जस्तो परिवर्तन आउन नसकेको हो। त्यसैले यस विषयलाई गरिबी, विकास र सुशासनका दृष्टिले पनि हेर्नुपर्दछ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : नेपालमा एचआईभीको २३ वर्ष
नेपालमा एचआईभीको २३ वर्ष
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/11/blog-post_2632.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/11/blog-post_2632.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy