$type=ticker$count=12$cols=4$cate=0

लडाकूलाई स्वेच्छिक अवकाश र दीर्घकालीन द्वन्द्व- अधिवक्ता वीरेन्द्र प्रसाद यादव

SHARE:

    द्वन्द्वविद् डिडुउ र भानडर भिइटका अनुसार जब एक व्यक्ति वा समूह अर्को व्यक्ति वा समूहबाट नकारात्मकरूपले प्रभावित भएको महसुस गर्दछ तब द्वन्द्वको बिजारोपण हुन्छ। द्वन्द्व उत्पन्न गर्न सक्ने विभिन्न कारणहरू पनि हुन्छन्, जस्तै: मनोगत, व्यक्तिगत, संरचनागत, बाह्य आदि। मानिसको इच्छा र चाहनाबाट निर्देशित महत्त्वाकाङ्क्षाले सृजना गर्ने बेचैनी, आफूसँग अरूको उन्नति र प्रगतिको तुलना गर्दा त्यसले ल्याउने नैराश्यता, मूल्य, मान्यता र विश्वासमा पुगेको चोट, काम गर्ने शैली, बोली, व्यवहार, आचरण,  मानसिक तनाव, सूचनालाई ग्रहण गर्ने क्षमता, सूचनाको प्रभाव, सैद्धान्तिक सम्बन्धलगायतका अवस्थाहरूले मनोगत कारणको रूपधारण गरी द्वन्द्व सृजना गर्ने गर्छ। उपरोक्त सिद्धान्त र कारणबाट के देखिन्छ भने मानिसको मनभित्र एक अर्काप्रति रहेको नकारात्मक भावनाको अन्त्य नगरेसम्म द्वन्द्वको सम्भावना पूर्णरूपले अन्त्य हुँदैन। बार्‍ह वर्षको सशस्त्र द्वन्द्वलाई समाप्त पार्ने मार्गमा मुलुक लागिपरेको छ। यसैक्रममा लडाकू र हतियारलाई अलग गरी हतियार राज्यको नियन्त्रणमा राखिंदैछ भने लडाकूहरूलाई सामाजीकरण र समायोजन गरिंदैछ। अधिकांश लडाकू  युद्धकला र हतियारको मोह त्यागी समाजमा जाँदैछन्। यो धेरै नै सकारात्मक र स्वागतयोग्य कुरा हो तर यस प्रक्रियाभित्रका चुनौतीलाई नजरअन्दाज किमार्थ गर्नुहुँदैन। राज्यको सुरक्षा निकायमा समायोजन हुनेहरूको सन्दर्भमा खासै चुनौती र जटिलता नदेखिए पनि समाजमा फिर्ता हुनेको अगाडि पहाड जस्ता चुनौती र जटिल मार्ग छन्। युद्धकालीन पीडा र व्यवहारले द्वन्द्वको मनोगत कारणलाई मलजल दिन सक्ने सम्भावना छ। यसर्थ कमसेकम मनोगत कारणलाई हटाउनेतर्फ पनि ध्यान जानुपर्छ। द्वन्द्वकालमा व्यक्तिगतरूपमा हानिनोक्सानी उठाएका नागरिकले लडाकूप्रतिको नकारात्मक भावना त्यागेका छैनन्। लडाकू पनि पूर्णरूपले सन्तुष्ट भएर समाजमा फर्किरहेका छैनन् । लडाकू समाजमा गएपछि उनीहरूको सुरक्षा र उनीहरूभित्र रहेको युद्धकलाको व्यवस्थापन राज्यले गर्न सक्छ कि सक्दैन ? युद्धरत अवस्थादेखि जुन युद्धरत व्यवहार लडाकूहरूले अपनाएका छन्, त्यसलाई त्यागी सामाजिक व्यवहार आत्मसात् गरेका छन् कि छैनन् ? स्वेच्छिक अवकाश दिनुअघि राज्यले परीक्षण गर्न आवश्यक छ। युद्धकालमा लडाकूको आक्रमणले हानिनोक्सानी उठाएका समाजका पीडित नागरिकले दशकौंदेखि पालेका नकारात्मक भावना बिर्सेका छैनन्। अद्यापि बदलाको भावना मनमा छ। नेताहरूविरुद्ध अद्यापि पीडितले न्यायालयमा मुद्दा चलाइरहनु र सजाय माफी तथा मुद्दा फिर्ता गर्दा जोडतोडले विरोध हुनुबाट नकारात्मक मनोविज्ञानलाई पुष्टि गर्छ। साथै युद्धकालमा उठाएको नोक्सानीको भर्पाइ पीडितहरूले कतैबाट प्राप्त गर्न नसक्नुले पनि मनोविज्ञानलाई रूपान्तरण हुन दिइरहेको छैन। बेपता नागरिकको वास्तविकता सार्वजनिक भएको छैन भने कब्जा सम्पत्ति फिर्ता भएको छैन। सत्य–तथ्य तथा मेलमिलाप आयोगमार्फत् सङ्क्रमणकालीन न्याय प्रदान गरिएको छैन। दण्डहीनता अन्त्य भएको छैन भने विधिको शासन पूर्णरूपले लागू भएको छैन। यस अवस्थामा लडाकू स्वेच्छिक अवकाश लिई समाजमा जाँदा पीडित परिवार र तिनका आफन्तजनले सहजै पचाउने सक्ने देखिन्न। यस अवस्थामा लडाकूलाई बस्न कठिनाइ मात्र हुँदैन उसमाथि बदलाको भावनाले आक्रमणको सम्भावनालाई पनि नकार्न सकिन्न । पीडित र लडाकूबीचमा विवाद र द्वन्द्वको अवस्था छ। सामाजिक व्यवहारको तालिम नदिई समाजमा फिर्ता पठाउँदा लडाकूले पनि यस्ता नकारात्मक व्यवहारलाई सामान्यरूपले लिन सक्ने सम्भावना कम छ। उनीहरूसँग अरूउपर बल प्रयोग गर्ने एउटा विशेष ऊर्जा छ भने हतियारको दम्भयुक्त भावना अद्यापि छ। त्यो ऊर्जाको दुरुपयोग हुन सक्ने देखिन्छ। जसले समाजमा असुरक्षा बढ्नुको साथै द्वन्द्वको पनि सुरुवात हुने सम्भावना त्यतिकै छ। लडाकूले जनयुद्धमा बार्‍ह वर्ष ज्यानको बाजी लगाउनुमा मुख्यरूपमा दुई चाहना रहेको देखिन्छ। पहिलो चाहना हो मुलुकलाई रूपान्तरण गर्नु र दोस्रो चाहना हो आफ्नो व्यक्तिगत जीवनको पनि प्रगति गर्नु । अवकाश पाउनेको कुनै चाहना पूरा भएको देखिन्न। आफ्नै सहकर्मी केही सरकारी जागिरे हुने र केही विगतकै अभावमा फर्किने अवस्थाले असन्तुष्टि उत्पन्न गर्न सक्छ। जीवनको महत्त्वपूर्ण समय बिताए पनि खासै उपलब्धि हासिल गर्न सकेनन् । आफन्त र परिवारप्रतिको पनि जिम्मेवारी पूरा गर्नु कम मुस्किल छैन। उमेर घर्की सकेको र समयमा दक्षता हासिल गर्न शैक्षिक योग्यता पनि नभएकोले घर व्यवहार चलाउन कठिन मात्र हुँदैन व्यावसायिक प्रतिस्पर्धा गर्न पनि मुस्किल पर्छ। मुलुकको रूपान्तरणको लागि लडाकूले त्याग गरे पनि शान्ति र संविधानमा खासै प्रगति हुने सम्भावना अद्यापि कम छ। मुलुकभित्रको विभेद, दमन, शोषणको पनि खासै अन्त्य भएको छैन। यसले पनि द्वन्द्वतिर पुन: उत्साहित भइँदैन भन्ने मान्न सकिन्न। विचार गर्नु पर्ने कुरा के छ भने २०५२ सालतिर युद्धकला र हतियार चलाउने र बनाउने सीप भएका नागरिक एकदमै न्यून थिए । त्यसबेलामा सानो जमातले सुरुवात गरी बार्‍ह वर्ष युद्ध सञ्चालन मात्र गरेनन् मुलुकभरि नै युद्ध फैलायो। राज्यका सबै संरचनालाई हल्लाइ दियो। यतिखेर त कमसेकम सरकारी रेकर्ड अनुसार यस्ता ऊर्जा भएका करिब पच्चीस हजार जनशक्ति समाजमा देखिन्छन्। यसको दुरुपयोग हुन सक्दैन भनी ढुक्क हुनु घातक हुन सक्छ। अब प्रश्न उठ्छ, समाधानको लागि के गर्ने त ? समाधानको लागि सर्वप्रथम मनोगत कारणलाई समाप्त गर्ने काम हुनुपर्छ। सकभर लडाकूलाई सरकारी मानिस नै बनाइ राख्नुपर्छ। जसले गर्दा कमसेकम उनीहरूको व्यक्तिगत चाहना त पूरा हुन्छ। र सरकारी निगरानीमा रहेपछि उनीहरू दुरुपयोग हुन सक्दैनन्। समाजको नकारात्मक भावनाको सामना गर्नुपर्दैन । यो सम्भव छैन भने केही दिन अझ छुट्टै शिविरमा राखेर सामाजिक व्यवहारको तालिम दिनुपर्छ। रोजगारीको अवसर जुराउनुपर्छ। जसले गर्दा युद्धकला र दम्भ बिर्सन सकून्। यसका साथै पीडित पक्षलाई न्यायको अनुभूति हुने कार्य अविलम्ब गर्नुपर्छ। लडाकूप्रतिको व्यक्तिगत नकारात्मक भावना त्याग हुने किसिमको पीडित परिवार र तिनका आफन्तलाई पनि प्रशिक्षण दिन सक्नुपर्छ भने पीडकलाई सजाय भएको महसुस गराउन सक्नुपर्छ। लडाकूको सकारात्मक योगदानको फलस्वरूप मुलुक र जनताले उपलब्धि पाएका छन् भन्ने कुराको पनि आभास दिलाउन सक्नुपर्छ। द्वन्द्वकालका घटनालाई अनाहकमा उछालेर घाउलाई ताजा बनाउनुको साटो बिर्सने गरी मलहम लगाउने प्रयास चौतर्फी हुनुपर्छ । शान्ति र संविधाननिर्माणको कार्य सक्दो चाँडो पूरा गरी पीडितलगायत आमजनतालाई राहत र परिवर्तनको अनुभूति दिलाउन सक्नुपर्छ। पटक–पटक म्याद बढाउने तर उपलब्धि शून्य बनाउने कार्यले वितृष्णा मात्र उत्पन्न हुन्छ र द्वन्द्वरत मनोविज्ञानको बिजारोपण पनि हुन सक्छ । द्वन्द्व सृजना गर्न सक्ने महत्त्वपूर्ण मनोविज्ञानको अन्त्य गर्ने कार्य पार्टी र सरकारबाट पनि हुनुपर्छ, जस्तै– राजनीतिक अस्थिरता, राज्य सञ्चालनमा पार्टीकरण, भ्रष्टाचार, अराजकता, दण्डहीनता, कार्यकर्ता भर्ती केन्द्र, राज्यको साधनस्रोत पार्टीगत र निजीरूपमा प्रयोग तथा आमनागरिकको सरोकारलाई बेवास्ता गर्ने कार्य समाप्त हुनुपर्छ। विश्वको अनुभव हेर्दा द्वन्द्वका केही नयाँ कारणहरू पनि छन्। द्वन्द्व उत्पन्न गर्ने सबै कारणको समुचित सम्बोधन गर्न सक्नुपर्छ। द्वन्द्वका आधारभूत कारणको सम्बोधन गर्न नसक्दा थुप्रै मुलुक गृहयुद्ध र सशस्त्र द्वन्द्वमा फसेका छन्। सन् १९८९ देखि २००० बीचमा संसारमा ७४ स्थानमा चलेको १११ सशस्त्र द्वन्द्वहरूमध्ये ७ वटा मात्र अन्तर्देशीय थिए। बाँकी सबै देशभित्रकै द्वन्द्व थिए। साथै एउटा अर्को अनुभवले के देखाएको छ भने यस्ता द्वन्द्वहरूमध्ये ८ प्रतिशत मात्र जीत र हार भएर समाप्त भएका छन् भने बाँकी ९२ प्रतिशत द्वन्द्वहरू सहमतिमा अन्त्य भएका छन्। यसर्थ हामीले सहमतिलाई महत्त्व दिनै पर्छ। सहमति र सहकार्य नै ठूलो हो भन्ने सोची युद्धरत मनोविज्ञान त्याग्ने प्रयास सबैले गर्नै पर्छ । सहमतिको विरोध गर्नेहरूले पनि विचार गर्न आवश्यक छ । सहमतिबाट कसले के पायो र कसले के गुमायोभन्दा कति शक्ति सहमतिमा आयो त्यो नै महत्त्वपूर्ण छ। यदि कुनै गलतै कुरामा सबै शक्ति सहमत छन् भने त्यसले खासै बिगार गर्दैन तर कुनै राम्रै कुरामा केही सहमत र केही विरोधमा छन् भने त्यसले खासै उपलब्धि दिन सक्दैन। यसर्थ यतिखेर दलीय सहमतिको विकल्प खोज्नु कसैको निम्ति हितकर छैन। विरोध र विद्रोहले कसैको भविष्य सुरक्षित पार्न सक्दैन।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : लडाकूलाई स्वेच्छिक अवकाश र दीर्घकालीन द्वन्द्व- अधिवक्ता वीरेन्द्र प्रसाद यादव
लडाकूलाई स्वेच्छिक अवकाश र दीर्घकालीन द्वन्द्व- अधिवक्ता वीरेन्द्र प्रसाद यादव
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh-J8fyudsKc1MGxDfL6DEux0CGAElkfSvVtJXZ10e-fRcr9N35lJF8GxH4dl92VtUW7NMbQ-iN8OpIrwaF279Uwm3QVeiV3MDrAZK94awZ84Nuu42W2Nfke86NTyphinGntOoOS2rOYr9J/s200/birendra+yadav.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh-J8fyudsKc1MGxDfL6DEux0CGAElkfSvVtJXZ10e-fRcr9N35lJF8GxH4dl92VtUW7NMbQ-iN8OpIrwaF279Uwm3QVeiV3MDrAZK94awZ84Nuu42W2Nfke86NTyphinGntOoOS2rOYr9J/s72-c/birendra+yadav.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/11/blog-post_2515.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/11/blog-post_2515.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy