प्रस, वीरगंज, १२ कात्तिक/
प्रगतिशील युवा क्लब लक्षुमणवाद्वारा सञ्चालित वीरगंज कप डे–नाइट क्रिकेट प्रतियोगिताको उपाधि होली एञ्जल स्कूलले हात पारेको छ। नारायणी रङगशालाको क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा होली एन्जल स्कूलले पहिलो ब्याटिङग गरी ५ विकेटको नुकसानिमा १२७ रन जोडेको थियो। प्रतिउत्तरमा १२८रनको विजय लक्ष्य लिएर मैदानमा उतरिएको युनाइटेड क्रिकेट क्लब २० ओभरको खेलमा केवल ११८ रनमा सीमित भएपछि होली एन्जलले ९रनले विजय प्राप्त गरेको छ । आजको खेलमा म्यान अफ दी म्याच लौबिन गुरुङग घोषित भएको थिए। उनले ९ चौका र १ छक्काको मददले ६६ रन जोडेका थिए।
यसैगरी आज आयोजित समापन समारोहमा गुरुङगलाई नै म्यान अफ दी सीरीजको पनि उपाधि प्राप्त भएको छ । उत्कृष्ट बैट्समनमा अनिल बरहि, बेस्ट बौलरमा मनोज साह र बेस्ट कीपरमा दीलीप राज थापालाई सम्मानित गरिएको थियो।
समापन समारोहका प्रमुख अतिथी तमलोपाका नेता पुरुषोत्तम लाल झा, पर्साका प्रहरी उपरीक्षक रमेश खरेल, डा. प्रमोद सर्राफ र राजेश मान सिंहलगायथले विजयी, उपविजेथन र सर्वोत्कृष्ट खेलाडिहरूलाई नगद, सिल्ड र प्रमाण पत्रले सम्मानित गरेका थिए। समापन समारोह रमेश यादवको अध्यक्षतामा सम्पन्न भएको र जितेन्द्र पटेल, मनीष पौडेललगायत अतिथीहरूको सहभागीता रहेको बताइएको छ।