उमाशंकर द्विवेदी
२०६८ सालको दशैं विभिन्न आशङका, भय र त्रासको मध्यबाट गुज्रिएर कुशलतापूर्वक बित्यो। तिथिभङग भएर चौध दिनको पक्ष र भगवती माताको भयानक सवारी माथिको आगमनले पण्डितजीहरू दशैंमा केही अशुभ हुन्छ भन्ने आशङकाले त्रसित, आशङिकत तथा भयभीत रहेका भएपनि यसपालिको दशैंमा राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरमा त्यस्तो कुनै अशुभ घटना भएन। स्मरण रहोस् यसपालि दशैं दश दिनको र नवरात्रि नव दिनको हुनु पर्नेमा दशैं नव दिन र नवरात्र आठ दिनको मात्र थियो। यसको ठीकविपरीत यसपालिको दशैंले सम्पूर्ण देशवासीमाझ हर्षोल्लास, उमङग, तथा खुशियाली फिंजाएर गयो। दशैंभन्दा पहिले उत्तराषाढा नक्षत्र थियो भने अन्त्यमा हस्त नक्षत्र थियो। उत्तरा नक्षत्रमा व्यापक पानी परेकोले किसानहरूले लगाएको धान बालीको धेरै राम्रो असर पर्ने देखेर किसानहरू पनि यस वर्ष रमाएकै छन्। हुनत यसपालि हस्त नक्षत्र सुक्खा भइदिएको हुनाले धान बाली बिग्रन सक्ने आशङका रहेको थियो तर उत्तरा नक्षत्रमा परेको पर्याप्त पानीले नै किसानहरूको आँसु पुछिदिएको छ। धान बाली लहलहाउदो छ, धानको बाला राम्ररी निस्किसकेका छन्।
यसपालिको दशैं तराई क्षेत्रका गाउँहरूमा दशैं उत्सवभन्दा पनि धार्मिक पूजाको रूपमा बढी मान्यता पाएको देखियो। चोक–चोक र गल्लीहरूमा दुर्गा भवानीको पूजाको लागि विशाल पण्डाल सजाइएका देखिए जसमा भक्तहरूको ठूलो घुइँचो रहेको थियो। फूल टिप्नको निम्ति ससाना नानीहरू रातिको तेस्रो प्रहरदेखि नै गाउँमा भागमभाग गरिरहेका हुन्थे भने सद्य:किशोरीहरू प्रात:कालदेखि नै स्नान–शृङगार गरेर देवीको पण्डाल सम्म दर्शनको लागि लाम लागेका देखिन्थे । भवानीको पण्डालमा देशी विदेशी मूर्तिकारहरूद्वारा पराल र माटोको अत्यन्त कलापूर्ण मूर्तिहरू निर्माण भएका थिए। विविध आयुधधारिणी, अष्टादशभुजा,दशानना, अष्टभुजा विग्रह भएकी दुर्गा माताका साथै गौरी–गणेश, सिंह, कार्तिकेय तथा छिन्नग्रीवा महिष रूपधारण गरेको महिषासुरका प्रतिमाहरू यथास्थान स्थापित थिए।
रक्तवस्त्र धारण गरेका ब्रतालू भक्तहरू आठ दिनसम्म फलाहारी भएर सपत्नी पूजामा बसेका देखिन्थे। पूजा बिहान सुरु भएर बेलुकासम्म चल्दथ्यो। निश्चित सङ्ख्यामा रहेका पाठ–वाचक ब्राह्मणहरू सप्तशतीका अध्यायहरूका साथै विभिन्न स्तोत्र, स्तवन तथा आरती मधुर ध्वनिमा वाचन गायन गरिरहेका हुन्थे। धूप, अगरबत्ती तथा नाना परिमल द्रव्यको सुगन्धले पण्डाल वरिपरि दिव्य सौरभ व्याप्त रहेको पाइन्थ्यो। घीउको बत्ती तथा विभिन्न फूल र मेवा–मिष्टान्न माता भगवतीलाई अर्पित रहेको देखिन्थ्यो। रात्रि समयमा विभिन्न कलाकारहरूद्वारा भक्ति सङगीतको आयोजना भएको पनि पाइयो।
तराईका गाउँहरूमा अन्य वर्षझैं देवीपीठहरूमा मेला लागेको थियो। अष्टमीको दिन वीरगंजको गहवामाई, नवमीको दिन तुल्सी बर्वाको छिपहर माई, केहुनियाँको विन्ध्यवासिनी माई, दशमीको दिन बिरन्चीबर्वाको भवानी माई तथा गढी माईमा भव्य मेला लागेको थियो। मेलामा विभिन्न घरायसी सामानहरूको बाजार लागेको थियो भने केटाकेटीहरूको लागि खाने मिठाइ, मुर्ही, चना, सेव दालबूट तथा जिलेबी उपलब्ध रहेको थियो। विभिन्न खेल तमाशाहरूका साथै ठाउँ–ठाउँमा दङगल (कुश्ती) तथा भेंडाको लडाइँको आयोजना भएको पाइयो। यसपालिको दशैंमा पानी न परेकोले अन्य वर्षहरूझैं पानीको कारण मेला बिथोलिन पाएन। वीरगंजको गहवा माई, केहुनियाको विन्ध्यवासिनी माई तथा विभिन्न ठाउँका गढीमाईको स्थानमा विगत वर्षहरूझैं यस वर्ष पनि विभिन्न पशु पक्षीहरूको बलि व्यापक रूपमा दिइयो।
विगतका वर्षहरूभन्दा हालको दशैंमा निस्सन्देह धार्मिक चहलपहल तथा रौनक वृद्धि भइरहे पनि चन्दाको भरमा पूजा, धार्मिकताभन्दा खोक्रो आडम्बर र शक्ति प्रदर्शनले प्राथमिकता पाएको स्पष्ट छ। वीरगंजभन्दा पश्चिम पाँच किमिको दूरीमा तीनवटा भवानीका पण्डालहरू स्थापित थिए, जसमा एक अनुमान अनुसार सालाखाला रु. दश लाख खर्च भएको थियो। यसले भविष्यमा विभिन्न खाले विकृति र विसङगति न निम्त्याउला भन्न सकिंदैन। जे होस, यसपालिको दशैं रमाइलै बित्यो। मानिसलाई ज्ञान, भक्ति र आनन्द दिने दशैंलाई यस पालिको लागि सलाम, बाई..बाई..।