प्रस, वीरगंज १२ कात्तिक/
हिन्दूहरूको महान् पर्व बडादर्शैपछि तिहार पनि सकिएको छ भने तराईको महापर्व छठ सँघारमा छ। बडादशैं सरह तिहार पनि यस वर्ष अपेक्षाकृत शान्तपूर्ण वातावरणमा सम्पन्न भयो। गत वर्ष सरह यस वर्ष न पटाका पड्क्यो न जुवा–तास, कौडा नै भयो। पेशागतरूपमा हुने जुवा–कौडा बन्द भएपछि धेरै घर–परिवारको यस वर्ष ठूलो रकम जोगिन पुगेको छ। यसैगरी यमपञ्चककै दिनबाट हुने पटाका र विभिन्न खाले आतिशबाजी यसवर्ष मात्र दिपावली अर्थात् लक्ष्मीपूजाको दिन नगण्य रूपमा गरियो ।
बितेका वर्षहरूमा वीरगंजको दिपावली हेर्न शहर प्रवेश गर्नेहरूको अलखियामठबाटै पटाकालगायत आतिशबाजीबाट स्वागत गर्ने गरिन्थ्यो । यसवर्ष मेनरोडमा पड्काउने कसैले हिम्मत गरेन। तर पटाकालगायत आतिशबाजी गर्नेहरुलाई विस्फोटक पदार्थ ऐनअनुसार सजाय हुने प्रचार गरेको वडा प्रहरी कार्यालय बिर्ताको आकाशमा सबैभन्दा बढी पटाका पड्कँदा पनि त्यहाँ प्रहरी मुकदर्शक भएकोमा स्थानीय बासिन्दा चकित परेका थिए। हिजो दिदी–बहिनीहरूले दाजुभाईको दीर्घायुको कामना गर्दै भाइटीका गरेपछि यस वर्षको तिहार विधिवत् समाप्त भएको छ भने बजारमा छठपूजाको तयारी धुमधामले सुरु भएको छ। कात्तिक लागेपछि मांसाहार त्याग गरी
शाकाहारी भएका यहाँका मानिसहरू आजैबाट छठको समाग्री खरिददारी गर्न जुटेका छन्। छठपूजा अन्तर्गत भोलि नहाए–खाए अर्थात छठपूजा गर्ने भक्तहरूको घर–परिवारका सम्पूर्ण सदस्यहरूले स्नान गरी चोखो खानेकुरा खान्छन्। भोलिको नहाए खाए दिन लौकाको विशेष महत्त्व रहने गर्छ। व्रतालुहरूले अनिवार्य लौकाको तरकारी, तरुवा खाने हुँदा बजारमा लौकाको दाम पनि निकै बढ्ने गरेको छ । गत वर्ष नहाए–खाएको दिन लौका किलोको सय रुपियाँसम्म पुगेको थियो। यसपालि बजारमा लौका गोटाको ८०–१०० सम्म पुगेको छ। यसैगरी पर्सि रसियाव–रोटी अनि त्यसपछि सँझियाघाटमा अस्ताउँदो सूर्य र बिहानको उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि बुधवार छठ पनि समाप्त हुन्छ । यसैगरी मुस्लिम समुदायको इदउल जोहा अर्थात् बकरिद पनि आगामी सोमवार कात्तिक २१ गतेका दिन परेको छ। तीन दिनसम्म मनाइने इदउल जोहा
आगामी बुधवार समाप्त हुनेछ। मुस्लिम समुदाय बकरिदको तीव्र तयारीमा लागेका छन्।