आरके पटेल, वीरगंज, ६ कात्तिक/
चाडपर्वको बेला पर्साका कर्मचारीहरू बढी मर्कामा पर्ने गरेका छन्। दशैंलगत्तै आएको तिहार र छठका कारण चन्दा सहयोग माग्नेहरूको घुइँचोका कारण धेरै कर्मचारी अहिले कार्यालय आउन छाडेका छन् भने आएकाहरू पनि फाँटमा बस्दैनन् । भूमिगत सङगठनको फोन आतङकसँगै समाजसेवी, नेता, पत्रकार र क्लबहरूले चन्दा सहयोग मागेर हैरान पारेपछि अहिले कर्मचारीहरू कार्यालयमा बस्न छाडेका हुन्।
प्राप्त जानकारीअनुसार जिल्ला वन कार्यालय पर्सा, भूमिगत सिंचाइ, जिविस, मालपोत, भूमिसुधार, यातायात, नापी शाखा, वीउमनपालगायत कार्यालयहरूमा अहिले चन्दा आतङक सिर्जना भएको छ। जिल्ला वन कार्यालयले चन्दा दिंदादिंदा थाकेर चन्दा–सहयोग दिन असमर्थ रहेको सूचना टाँस्दा पनि मुक्ति नपाएको बताइन्छ । सो कार्यालयका एक कर्मचारीले चन्दा सहयोगका कारण कुनै काम नै गर्न नपाएको बताए। जिविस र वीउमनपाले चाडपर्वमा आर्थिक सहयोगको रकम पनि वितरण गर्दै आएको कारण त्यहाँ बढी भीड लाग्ने गरेको छ। त्यसैले जिविस र वीउमनपामा आजभोलि आर्थिक काम बिहान र बेलुकी कार्यालय बन्द रहेको बेला हुने गरेको स्रोतले बतायो । कार्यालय समयमा कामै गर्न पाइन्न। ठेक्कापट्टाको कामको भुक्तानीको चटारो अनि त्यसमा प्राय: दिनभरि कुनै न कुनै बहानामा चन्दा सहयोग माग्नेको ताँतीले गर्दा कार्यालय समयमा आर्थिक कारोबार गर्न नसकिएको कर्मचारीहरू बताउँछन्। यी दुई कार्यालयका प्रमुखहरू आजभोलि आफ्नो कार्यकक्षमा भेटिन छाडेका छन् । कुनै समय होटलमा बस्ने कार्यालय प्रमुखहरू आजभोलि आन्तरिक सुरक्षामा क्वार्टरमैं बसेपनि कक्षमा भने छिर्दैनन्। सरकारी कार्यालय सरहकै अवस्था ठूला उद्योगपति–व्यापारीको पनि छ। चाडपर्वमा चन्दा–सहयोग माग्नेहरूको भीड बढ्ने गरेको कारण उद्योगी व्यापारीहरू पनि आफ्नो कार्यालयमा बस्नुुभन्दा सञ्चार सुविधाको उपभोग गरेर काम गर्दैछन्।
पर्सा प्रहरीले भने चन्दा–सहयोगका कारण आउने धम्की पहिलेभन्दा कम भएको बताएको छ। जिप्रका पर्साले धम्की आउने गरेको गुनासाहरू आउने क्रम नरोकिएको बताउँदै यस्ता गतिविधि न्यून गर्न प्रयासरत रहेको बतायो। केहीलाई कानुनी दायरामा पनि ल्याइएको छ, केहीबारे अनुसन्धान चलिरहेको छ तर सबै धम्कीबारे सूचना नआउनाले काम गर्न अप्ठेरो भएको प्रहरीको भनाइ छ।