अधिवक्ता वीरेन्द्रप्रसाद यादव
प्रश्न:– कुनै पनि फौजदारी अपराध गरेको कुनै व्यक्ति उपर मुद्दा दर्ता भएमा सो व्यक्तिबारे अनुसन्धान गर्न कानुनी रीत पुर्याई पक्राउ गरी अनुसन्धान गर्नुपर्छ भन्ने सुनिन्छ त्यस्तो कानुन अनुसारको पक्राउ गर्न के प्रक्रिया पूरा गर्नुपर्छ ? कस्तो गिरफ्तारीलाई गैरकानुनी गिरफ्तारी मानिन्छ ?
–लालबाबु कुमार
उत्तर :– कुनै पनि व्यक्तिउपर फौजदारी अपराधको आरोप लगाई कसैले जाहेरी दर्ता गरेमा वा कुनै अपराधको सन्दर्भमा शङका लागी पक्राउ गर्न आवश्यक भयो भने पक्राउ गर्नुपूर्व फलानो अपराधमा अनुसन्धान गर्न पक्राउ गरिएको छ भनी अपराधको नाम तथा कारणसहितको पक्राउ पुर्जी दिएर पक्राउ गर्नुपर्छ। पक्राउ पुर्जीमा मिति, अपराधको नाम, कारण समेत स्पष्ट खुल्नेगरी उल्लेख भएको र सम्बन्धित अधिकारीले सही छाप गरेको हुनुपर्छ। सम्बन्धित कार्यालयको लेटर प्याड चलानी नम्बर पनि उल्लेख भएको पक्राउ पुर्जी कानुनको रित पुगेको मान्न सकिन्छ। यसरी पक्राउ गरिएको व्यक्तिलाई पक्राउ गर्नेले २४ घण्टाभित्र उक्त अपराधका मुद्दा हेर्ने न्यायिक अधिकारीसमक्ष उपस्थित गराउनुपर्छ। अनुसन्धानको निम्ति थप अवधि हिरासतमा राख्न आवश्यक छ भने सङकलित सबुत प्रमाण देखाई न्यायिक अधिकारीसँग अनुसन्धानकर्ताले म्याद थप माग्नुपर्छ। न्यायिक अधिकारीले म्याद थप गरेन भने त्यस अपराधमा हिरासतमा राख्न मिल्दैन। यसरी कानुन अनुसारको गिरफ्तारी हुन्छ। उपरोक्त कानुनको प्रक्रिया पूरा नगरी पक्राउ गरेमा २४ घण्टाभित्र न्यायिक अधिकारीसमक्ष उपस्थित नगराए गिरफ्तारी गैरकानुनी मानिन्छ।
प्रश्न:– मेरो गाविस भएर एउटा सार्वजनिक कुलो बगेको छ, जसलाई सर्वे नाप नक्सा हुँदा फिल्डबुक उतारमा सार्वजनिक कुलो लेखिएको छ। सो कुलो गाउँले सर्वसाधारणले परापूर्वकालदेखि सार्वजनिक रुपमा भोगचलन गर्दै आएका छन्। अहिले आएर एउटा कम्पनीले त्यो कुलो अतिक्रमण गरी माटोले पुरी आफ्नो निजी जग्गामा मिलाएको छ। अतिक्रमणमा परेको सो कुलो कसरी सार्वजनिक गराउन सकिन्छ ? गाविस कार्यालयले अतिक्रमण हटाउन सम्बन्धित निकायमा मुद्दा दिन सक्छ कि सक्दैन ?
–विजय बहुअरी बारा
उत्तर: विजयजी, फिल्डबुकमा सार्वजनिक लेखिएको र सार्वजनिकरूपमा भोग हुँदै आएको सम्पत्ति कुनै पनि व्यक्तिले निजी प्रयोजनको लागि अतिक्रमण गर्न सक्दैन । कब्जा खिचौला गरेपनि त्यसलाई हटाउन सक्ने कानुनी प्रावधान छ। सार्वजनिक कुलो, पैनी, जग्गा मरलहियालगायतको कब्जा, खिचौला छोडाउन उजुर गर्ने मुख्य दुईवटा निकाय छन्स अदालत र जिल्ला प्रशासन कार्यालय। यस्ता खिचौला छोडाउन गाविसलगायत जो सुकैले पनि मुद्दा दिन सक्छ। अदालतमा मुद्दा दिनुपर्यो भने अदालतको अनुमति लिएर मुद्दा दिनुपर्छ । सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने प्रमुख अधिकार स्थानीय प्रशासन ऐन २०२८ ले जिल्ला प्रशासन कार्यालयलाई दिएको हुँदा जिल्ला प्रशासन कार्यालयले आफैं पनि पहल गरेर त्यस्ता कुलोको अतिक्रमण हटाउन सक्छ । गाविस कार्यालयले पनि मुद्दा गरेर अतिक्रमण हटाउने कार्यवाही चलाउन सक्छ। सो सार्वजनिक कुलोको कब्जा खिचौला छोडाउन समबन्धित गाविस कार्यालयले अदालतमा फिराद दिन सक्छ वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन
सक्छ।