प्रस, वीरगंज, ७ कात्तिक/
वीरगंज, घण्टाघरमा आयोजित चियापान समारोहमा ए. नेकपा माओवादी अध्यक्ष प्रचण्डले शान्ति र संविधानप्रति माओवादीलाई बढी माया रहेको बताएका छन्। उनले संविधानसभाका लागि माओवादीले जनयुद्ध गरेको र मधेसी, पहाडी, पूर्वेली, हिमाली, पश्चिमेली आम किसान, मजदुर र झुपडीमा बसेका नेपालीहरूको बलिदानबाट आएको हुँदा संविधानसभा र शान्ति प्रक्रियाप्रति माओवादी जति चिन्तित अरू हुन सक्दैनन् भनी बताए।
जसले जन्माउँछ ऊभन्दा अरूलाई बढी माया हुन्छ भन्नु मूर्खता हुने उनले बताए। उनले शान्ति र संविधान अन्तिम चरणमा रहेको चर्चा गर्दै एक महिनामा त्यसको टुङगो लगाउनेगरी खाका तयार गर्ने काम भइरहेको बताए। अध्यक्ष प्रचण्डले हिन्दू युवा सङ्घका अध्यक्ष काशी तिवारी हत्यामा संलग्न रहेको भनी प्रहरी प्रशासनले पूर्वाग्रही र कसैको बहकाउमा आएर माओवादीलाई बदनाम गर्ने षड्यन्त्र गर्न लागेको बताउँदै त्यस्तो नगर्न चेताएका थिए। माओवादी संविधानसभा र शान्ति प्रक्रियामा आएपछि भएका हत्याको कुनै खोजबिन नै नगरी माओवादीलाई मात्र बदनाम गर्ने कार्य भइरहे सरकारको नेतृत्व गरिरहेको पार्टी चुप नबस्ने उनले
बताए ।
ए. नेकपा माओवादीको भोजपुरा राज्य समितिले आयोजना गरेको चियापान समारोहमा सचिव सिपी गजुरेलले माओवादी पार्टी कुनैपनि हालतमा नफुट्ने दाबी गरे। उनीसँगै पोलिटब्युरो सदस्य गिरिराजमणि पोखरेलले पनि सोही कुरा दोहोर्याउँदै पार्टी नफुट्ने बताए। भोजपुरा राज्य समितिका इन्चार्ज भीमप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न चियापान समारोहमा सहइन्चार्ज प्रभु साहले स्वागत गरेका थिए भने विश्वनाथ साह, फोरम गणतान्त्रिकका सञ्जय यादव, सद्भावनाका विपिन यादवले मन्तव्य दिएको कार्यक्रमको सञ्चालन अन्जना बिशंखेले गरेकी थिइन्।