अनन्तकुमार लाल दास
बालबालिकाहरूमा पाइने कौतूहलता र जिज्ञासा दुई यस्ता प्रवृत्ति हुन् जसलाई रोकियो भने उनीहरू कुवाँको भ्यागुतो सरह बन्न पुग्छन्। यस्ता बालबालिकाको परिचय क्षेत्र सीमित र सङ्कुचित भएको हुनाले उनीहरूको मानसिक सोच पनि पङ्गु र अधूरो हुन्छ । यस्ता बालबालिकाहरू किताबी ज्ञानको दृष्टिकोणले बी.ए., एम.ए.को डिग्री हासिल गरे तापनि सामाजिक र व्यावहारिक जीवनमा पछाडि नै रहन्छन् र विषम परिस्थितिहरूको सामना गर्न सक्षम हुँदैनन्। यस्ता केटाकेटीहरू किताबी कीरा बनेर विद्यालयको परीक्षा राम्ररी उत्तीर्ण गर्न सफल भए तापनि जीवनको परीक्षामा अपवादबाहेक नराम्ररी फेल हुन्छन्। यसरी प्राप्त भएको असफलता र व्यावहारिक ज्ञानको कमीले जीवनमा उसलाई कहिल्यै अगाडि बढ्न दिंदैन। अझ स्पष्ट भन्नुपर्दा जीवनभरि हीनताबोधको शिकार भई भाग्य र अरूलाई दोष दिई राखेका कैयौं उदाहरण हाम्रै समाजमा विद्यमान छ।
छिमेकबारे जान्ने इच्छा, त्यसलाई प्रत्यक्ष हेर्ने जिज्ञासा हरेक केटाकेटीको मनमा स्वस्फूर्त उत्पन्न हुन्छ। वास्तवमा भन्ने हो भने छिमेकको प्रत्यक्ष दर्शन गरेर ऊ जति खुशी हुन्छ त्यतिकै बौद्धिकरूपले प्रसन्न, सन्तुष्ट र चिन्तनशील पनि बन्छ। उनीहरूले सुनेका तर हेर्ने मौका नपाएको क्षेत्रको भ्रमणले उनीहरूको मनभित्र रहेका अनेकौं प्रश्नहरूको उत्तर सजिलै प्राप्त हुन्छ र यसरी उनीहरूको ज्ञानको क्षेत्र पनि विकसित हुन्छ।
विकसित देशका मानिसहरू आफ्नो कामबाट केही समयका लागि बिदा लिएर परिवारसहित पर्यटन गरेर खर्च गर्न चाहन्छन्। यसका लागि उनीहरू केही बचत पनि गर्छन्। यसरी उनीहरू जलवायु परिवर्तन गर्न, आफूलाई आनन्द लाग्ने काम गर्न, अरूको जीवन पद्धति हेर्न र त्यसबाट केही ज्ञान र सीप आर्जन गर्न, कुनै प्रसिद्ध ठाउँको भ्रमण गर्न आफ्नो देशबाट अरू देशमा पनि जाने गर्छन्। तर हाम्रो देशको सन्दर्भमा भन्नुपर्दा दैनिक जीवनको समस्या समाधानमैं हाम्रो धेरै समय व्यतीत हुन्छ र अत्यधिक बेरोजगारी र आर्थिक सङकटले गर्दा पर्यटनका लागि बचत गर्ने सोच नै पलाउँदैन। यस प्रकारको सोचबाट बाहिर निस्कन पनि पर्यटन अति नै आवश्यक हुन सक्ने मेरो धारणा रहेको छ।
वर्तमान नेपालमा देखा परेका समस्याहरूको मूल कारण एकअर्काको भावनासँग राम्ररी परिचित नहुनु पनि हो। हामी के बिर्संदै गइरहेका छौं भने एकअर्काको जीवनलाई सक्दो राम्रो बनाउनु हामी सबैको कर्तव्य हो किनभने प्रत्येक मानिसको शारीरिक बनोट फरक–फरक भए तापनि हामी सबैको आवश्यकता एउटै हो। मानिसबाट परिवार बन्छ। परिवारमा केटाकेटी जन्म लिन्छन् एकअर्काको सहयोगले ठूला हुन्छन्। परिवारले समाज बन्छ र त्यस समाजले एउटै प्रकारको वातावरण र समस्यासँग हातेमालो गर्छ । समाज–समाज मिलेर देशको बन्छ र देश– देश मिलेर विश्व बनेको छ। यस प्रकार यो विश्व अरूको होइन हाम्रै हो। यस प्रकारको सोच तब मात्र विकसित हुन्छ जब हामी एर्कालाई राम्ररी चिन्छौं र एकअर्कालाई राम्ररी चिन्ने तरिका पर्यटनबाट सजिलै सम्भव हुन्छ।
यस कारण बालबालिकाहरूलाई हाम्रो जस्तो समस्याग्रस्त मुलुकबाट पार पाउनका लागि पनि वर्षमा कम्तीमा एकपटक कुनै पर्यटन स्थलको भ्रमण गराउनु आवश्यक छ। यस्तो अवसर विद्यालयले उपलब्ध गराइदिए अझ बेस हुनेछ। खासगरी स्काउट क्याम्पमा जानु बालबालिकाहरूका लागि अति नै उपयोगी हुन्छ। यस प्रकारको भ्रमण वा पर्यटनले केटाकेटीहरू निडर, निर्भीक र आत्मनिर्भर बन्छन् भने बौद्धिक दृष्टिले जागरुक। क्याम्प जीवनबाट उनीहरूले एकअर्कालाई सहयोग गर्ने भावना सिक्छन् र यसरी उनीहरूमा आत्मीयता र सहयोगी भावना विकसित हुन्छ।
ठूला शहरहरूमा लाग्ने प्रदर्शनी, औद्योगिक मेला, उत्सव आदिसँग पनि बालबालिकालाई परिचय गराउन आवश्यक छ किनभने यसबाट उनीहरूले विभिन्न विषयमा सजिलै जानकारी प्राप्त गर्न सक्छन् र ठगिनबाट जोगिन्छन्। आफ्नै देशभित्रको अन्य ठाउँमा भ्रमण गर्न जाँदा त्यहाँको स्थानीय भाषा, खानपान, पोशाक, रीतिरिवाज आदि बारे जानकारी प्राप्त हुनुको साथै प्राकृतिक सौन्दर्य, वनस्पति आदिबारे पनि प्रत्यक्ष ज्ञान हासिल हुन्छ। यस प्रकार उनीहरूको जीवनमा पनि विविधता आउनुको साथै व्यावहारिक ज्ञानमा वृद्धि हुन्छ।
पर्यटनले कलिला मस्तिष्कमा रहेका अनेक किसिमका भ्रामक धारणाहरू स्वत: निर्मूल हुन्छ भने उनीहरूले त्यस सम्बन्धमा सुनेका गलत धारणाहरूमाथि विश्वास गर्दैनन्। आफ्नो आँखाले यथार्थ हेरेको हुनाले उनीहरूको मनमा भ्रामक धारणा उत्पन्न हुँदैन। यस प्रकार पर्यटनले बालबालिकाहरूको सोचलाई व्यापक बनाउन मदत पुर्याउँछ। पर्यटनद्वारा आर्जित ज्ञानबाट उनीहरूमा विषयप्रति रुचि विकसित हुन्छ र यसबाट उनीहरूले सफलताको लागि नयाँ आधार पनि प्राप्त गर्दछ।
पर्यटन पूर्व गरिने तयारीले बालबालिकालाई कुनै काम गर्दा कसरी योजना निर्माण गर्ने सम्बन्धमा ज्ञान प्राप्त हुन्छ। जस्तै त्यस ठाउँबारे जानकारी प्राप्त गर्ने, कहाँ बस्ने, के–के लिएर जाने, कुन–कुन ठाउँ घुम्ने, कुन–कुन सामग्री लिएर जाने आदि। वास्तवमा पर्यटनद्वारा प्राप्त ज्ञानले बालबालिकालाई रचनात्मक दृष्टिकोण प्रदान गर्छ। जसबाट उनीहरू आफूभित्र एउटा नयाँ जोश, उमङग र आशावादी सोच विकसित गर्न सक्षम हुन्छन्। यसै सोचले उनीहरूलाई आफ्ना अन्य साथीहरूभन्दा अगाडि बढ्ने प्रेरणा प्रदान गर्छ।
पर्यटनले उनीहरूलाई आफ्नो घर र छिमेक सफा राख्ने, अमर्यादित आचरण नगर्ने, अपरिचित मानिसले दिएका सामान नलिने वा नखाने, सङकटको बेला प्रहरी प्रशासनको सहयोग लिने र दिने जस्ता ज्ञान पनि दिन्छ। एकातर्फ पर्यटनले उनीहरूले हेरेको सपना पूरा गर्न उनीहरूलाई मानसिकरूपले तयार गर्छ भने अर्कोतर्फ उनीहरूले पर्यटनद्वारा आआफ्नो लक्ष्य समेत निर्धारण गर्छन्। विद्यालयका केटाकेटीहरूलाई जब हामीले मेडिकल कलेज, इन्जिनियरिङ कलेज वा कलकारखानको भ्रमणमा लिएर जान्छौं त्यसबेला उनीहरूले मनमनै लक्ष्य सम्म पुग्ने सोचको निर्माण गर्छन् र मनमनै सोच्छन्– “मैले पनि यहाँ पढ्ने मौका पाएको भए....।” त्यस दिनपछि उनीहरूको अध्ययन, मनन र चिन्तन गर्ने तरिका परिवर्तित हुन थाल्छ।
कुनै पनि देशको आर्थिक विकास तथा आपसी सम्बन्ध विस्तारका निम्ति पर्यटन अति नै आवश्यक हुन्छ। यस कारण पर्यटन स्वयंमा सबैभन्दा राम्रो व्यवसाय पनि हो। नेपालमा पर्यटनका अनेकौं सम्भावना भएको हुनाले पनि बालबालिकलाई यसबारे थाहा हुनु नितान्त आवश्यक छ। पर्यटनको माध्यमबाट एक आपसमा हुने अन्तक्र्रियाले पनि बालबालिकामा अनेकौं समभावनाहरू विकसित हुन्छ। पर्यटनले उनीहरूलाई आफ्नो क्षेत्रलाई कसरी पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्न सकिन्छ भन्ने ज्ञान प्राप्त हुन्छ र भविष्यमा आय आर्जनका अनेकौं ढोका खुल्न थाल्छन्।
नेपालमा पर्यटनका कैयौं क्षेत्रहरू जस्तै स्पोर्ट्स पर्यटन, कन्फ्रेन्स पर्यटन, देहाती पर्यटन, एडवेन्चर पर्यटन, पर्वतीय पर्यटन, इको पर्यटन, जङगल पर्यटन, धार्मिक पर्यटन, व्यावसायिक पर्यटन, कृषि पर्यटन, चाड पर्यटन, प्राकृतिक पर्यटन, ऐतिहासिक पर्यटन, भौगोलिक पर्यटन आदि भएको हुनाले नेपालका प्रत्येक अभिभावकले आफ्नो सन्तानलाई पर्यटनसँग जोड्नुपर्छ । पर्यटन क्षेत्र भविष्यमा बालबालिकाहरूका लाथि अर्थोपार्जन गर्ने उत्तम साधन बन्न सक्छ । यसका लागि उनीहरूको सोचलाई व्यापक बनाउनुपर्छ। पर्यटन सम्बन्धी अनुसन्धान र योजना बनाउन उनीहरूलाई प्रेरित गर्ने कार्यमा घरमा अभिभावक र विद्यालयमा शिक्षकले सघाउनुपर्छ किनभने प्रत्यक्ष दर्शन ज्ञानको स्थायी साधन हो। बालबालिकाको बैद्धिक र मानसिक सोचलाई व्यापक बनाउन उनीहरूलाई ज्ञानको सूत्रसँग प्रत्यक्ष जोड्नुपर्छ अनिमात्र उनीहरूले ज्ञानको प्रत्यक्ष र व्यावहारिक पक्ष हेर्न सक्छन् र जीवनमा कहिले पनि असफल हुँदैनन् ।